नक्कली शरणार्थी प्रकरणमा शीर्ष नेताले ‘डिस्टर्ब’ नगर्ने सहमति: प्रधानमन्त्री प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २७, २०८०
|
|
३६ पटक हेरिएको
Shares
नक्कली शरणार्थी प्रकरणमा शीर्ष नेताले ‘डिस्टर्ब’ नगर्ने सहमति: प्रधानमन्त्री प्रचण्ड

सारांश

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रचण्डले कसैले पनि प्रहरीलाई दबाब दिन नुहने निचोडमा पुगेको बताएका हुन्।
  • ‘प्रहरीले यो विषयमा जसरी अनुसन्धान गरिरहेको त्यसमा कसैले पनि डिस्टर्ब गर्नुहुन्न भन्ने हाम्रो सहमति छ,’ सिंहदरवारको भेटपछि प्रचण्डले भने।
  • संसदका विभिन्न समिति र तिनको नेतृत्वका बारेमा पनि भेटमा छलफल भएको प्रचण्डको भनाइ छ।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानमा शीर्ष नेताले बाधा नपुर्‍याउने सहमति भएको दाबी गरेका छन्।

https://press4k.com/

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रचण्डले कसैले पनि प्रहरीलाई दबाब दिन नुहने निचोडमा पुगेको बताएका हुन्।

https://press4k.com/

‘प्रहरीले यो विषयमा जसरी अनुसन्धान गरिरहेको त्यसमा कसैले पनि डिस्टर्ब गर्नुहुन्न भन्ने हाम्रो सहमति छ,’ सिंहदरवारको भेटपछि प्रचण्डले भने। संसदका विभिन्न समिति र तिनको नेतृत्वका बारेमा पनि भेटमा छलफल भएको प्रचण्डको भनाइ छ।

https://press4k.com/

‘हामीहरूको भेट बढी सदनलाई कसरी सञ्चालन गर्ने, समिति बनाउने विषयमा छलफल भएको हो,’ प्रचण्डले भने। प्रचण्डले अहिले भइरहेको अनुसन्धानमा आशंका गर्न नहुने बताए। निर्दोष नफस्ने र दोषी उम्कन नपाउने गरि प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाइ थियो। ‘हामीले प्रष्ट भाषामा भनेका छौँ, दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस्, प्रहरीले आफ्नो काम ठिक ढङ्गले गरोस् भनेर हामीले आदेश दिएका छौँ,’ प्रचण्डले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादीको १० वर्षे हिंसाको राजनीतिको नेपालमा काम गर्ने वातावरण बनेन् : शंकर पोखरेल
माओवादीको १० वर्षे हिंसाको राजनीतिको नेपालमा काम गर्ने वातावरण बनेन् : शंकर पोखरेल
यू-१९ महिला विश्‍वकप : ३० रन जोड्दा नेपालले  ५ विकेट गुमाए
यू-१९ महिला विश्‍वकप : ३० रन जोड्दा नेपालले ५ विकेट गुमाए
काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना, चालक किसिम राईको ज*लेर मृ*त्यु
काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना, चालक किसिम राईको ज*लेर मृ*त्यु
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त
प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त
मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला
सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला
काठमाडौं र ललितपुरका यी स्थानमा आज तीन घण्टा विद्युत अवरूद्ध हुने
काठमाडौं र ललितपुरका यी स्थानमा आज तीन घण्टा विद्युत अवरूद्ध हुने
यू-१९ महिला विश्‍वकप : स्कटल्यान्डविरूद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै
यू-१९ महिला विश्‍वकप : स्कटल्यान्डविरूद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै
भोलि बस्ने प्रतिनिधि सभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने
भोलि बस्ने प्रतिनिधि सभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने