कोशी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ६, २०८२
|
|
२५ पटक हेरिएको
Shares
कोशी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल

सारांश

  • कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङ्गले हिजो प्रस्तुत गर्नु भएको वार्षिक नीति तथा कार्यक्रम माथि छलफल सुरु भएको छ ।
  • छलफलका क्रममा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र¬) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गर्नुभयो ।
  • उहाँले आफूहरु प्रतिपक्षको भूमिकामा रहेपनि सरकारलाई रचनात्मक सहयोग गर्ने बताउनुभयो ।

 ६ जेठ, विराटनगर ।

कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङ्गले हिजो प्रस्तुत गर्नु भएको वार्षिक नीति तथा कार्यक्रम माथि छलफल सुरु भएको छ । छलफलका क्रममा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र¬) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गर्नुभयो ।

उहाँले आफूहरु प्रतिपक्षको भूमिकामा रहेपनि सरकारलाई रचनात्मक सहयोग गर्ने बताउनुभयो । नेता आङ्बोले सरकारले नीति तथा कार्यक्रममा कुनै क्षेत्रलाई प्राथमिकतामा नराखेकाले सरकारले बनाउने बजेट वितरणमुखी हुने सम्भावना बढेको बताउनुभयो । उहाँले गरिबी निवारण, रोजगारी सिर्जना, बसाइँसराइका विषयमा राम्रो अवधारणा नआएको बताउनुभयो । कोशी प्रदेशसभा सदस्य इस्राइल मन्सुरी, किशोरचन्द्र दुलाल र खिनु लङ्वा लिम्बूले नीति तथा कार्यक्रमको समर्थन गर्दै सरकार जनताप्रति उत्तरदायी रहेको, प्रदेशप्रति जनताको आस्था बढ्ने र नीति तथा कार्यक्रम सन्तुलित रहेकाले प्रदेशको उत्रति हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

छलफलमा भाग लिँदै गीता तिमिल्सिना र प्रेमराज थाम्साङले नीति तथा कार्यक्रमको आलोचनात्मक टिप्पणी गर्नुभयो । शून्य समय बैठकको शून्य समयमा मुलुकको समसामयिक विषयमा सबीना बजगाँइ, गोपालबहादुर विश्वकर्मा, खगेश्वरी पौडेल, मीना श्रेष्ठ, इन्द्रमणि पराजुली, शीलादीक्षित कार्की, रमेशकुमार बस्नेत, शोभा चेम्जोङ र कमलप्रसाद जबेगुले बोल्नु भएको थियो । प्रदेशसभाको अर्को बैठक यही जेठ ७ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्य तोलामा ४६ सयले घट्यो
सुनको मूल्य तोलामा ४६ सयले घट्यो
अपाङ्गता भएकी महिलालाई करणी गरेको आरोपमा ६३ वर्षीय पुरुष पक्राउ
अपाङ्गता भएकी महिलालाई करणी गरेको आरोपमा ६३ वर्षीय पुरुष पक्राउ
रुबी साहको हत्या आरोपमा पक्राउ परेका पासवानको मृत्यु
रुबी साहको हत्या आरोपमा पक्राउ परेका पासवानको मृत्यु
सिद्धार्थ राजमार्ग सुधार गर्न २ मिलियन अमेरकी डलर अनुदान
सिद्धार्थ राजमार्ग सुधार गर्न २ मिलियन अमेरकी डलर अनुदान
हाम्रा युवामा घमण्ड छैन, कसैले पिट्न आए ओम शान्ति पनि भन्दैनन् : प्रधानमन्त्री
हाम्रा युवामा घमण्ड छैन, कसैले पिट्न आए ओम शान्ति पनि भन्दैनन् : प्रधानमन्त्री
सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना
सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना
आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै
आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते
सवारी दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते
आजको मौसम: कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
आजको मौसम: कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना