एनपीएल खेल्न काठमाडौँ आइपुगे बंगलादेशका अरिफुल र अकबर

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक ७, २०८३
|
|
८० पटक हेरिएको
Shares
एनपीएल खेल्न काठमाडौँ आइपुगे बंगलादेशका अरिफुल र अकबर

सारांश

  • तेस्रो एनपीएल खेल्न दुई खेलाडी नेपाल आइपुगेको क्लबले जनाएको छ।
  •   उनीहरूलाई काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका प्रतिनिधिले स्वागत गरे।
  • बंगलादेशको यू-१९ टोलीबाट विश्वकप खेलिसकेका अरिफुलले अस्ट्रेलियामा आयोजित टप इन्ड टी–२० सिरिजमा सानदार प्रदर्शन गरेका थिए।

कर्णाली याक्समा अनुबन्धित दुई बंगलादेशी क्रिकेटर अरिफुल इस्लाम र अकबर अली नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन्।

तेस्रो एनपीएल खेल्न दुई खेलाडी नेपाल आइपुगेको क्लबले जनाएको छ।

उनीहरूलाई काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका प्रतिनिधिले स्वागत गरे।

बंगलादेशको यू-१९ टोलीबाट विश्वकप खेलिसकेका अरिफुलले अस्ट्रेलियामा आयोजित टप इन्ड टी–२० सिरिजमा सानदार प्रदर्शन गरेका थिए।

उनले ७ खेलमा २१९ रन बनाएका थिए। दुई अर्धशतक प्रहार गरेका उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा तेस्रो स्थानमा थिए।

उनले अघिल्लो संस्करण बंगलादेश प्रिमियर लिगमा सिल्हेट स्ट्राइकर्सबाट खेलेका थिए।

त्यस्तै २४ वर्षीय अकबर अली सन् २०२० मा बंगलादेशले पहिलोपटक आइसिसी यू-१९ विश्वकप जित्दाका कप्तान हुन्।

दक्षिण अफ्रिकामा भएको उक्त प्रतियोगिताको फाइनलमा भारतलाई तीन विकेटले पराजित गर्दै बंगलादेशले उपाधि जितेको थियो।

कर्णालीले दुई बंगलादेशका खेलाडीसहित कूल चार खेलाडी अनुबन्ध गरिसकेको छ।

कर्णालीमा यसपटक पुनः स्कटल्यान्डका मार्क वाट देखिँदै छन्। यस्तै पाकिस्तानका अलराउन्डर हुसैन तलात पनि अनुबन्ध भएका छन्।

कात्तिक ९ बाट सुरु हुने एनपिएलको लागि कर्णालीको मार्कीमा सोमपाल कामी छन्।

यस्तै, राष्ट्रिय टिमबाट खेलिरहेका अलराउन्डर गुल्शन झा र बलर नन्दन यादव पनि कर्णालीमै छन्।

टोलीमा विपिन शर्मा, युनिस विक्रम सिंह र  दीपेन्द्र रावतसँगै पवन सरार्फ, युवराज खत्री, दीपक डुम्रे, सुर्य तामाङ, दिवान पुन, सचिन शर्मा र शिवम तिवारीलाई अनुबन्ध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी बैठकबाट पार्टी एकताको एजेन्डा पारित
माओवादी बैठकबाट पार्टी एकताको एजेन्डा पारित
पत्रकार महासंघको आन्दोलन घोषणा, अनलाइन मिडिया दर्ता खुलाउन माग
पत्रकार महासंघको आन्दोलन घोषणा, अनलाइन मिडिया दर्ता खुलाउन माग
मनोहरा सुकुमवासी बस्तीका सबै ८१० घरटहरा भत्काइयो
मनोहरा सुकुमवासी बस्तीका सबै ८१० घरटहरा भत्काइयो
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
यस्तो छ, आइतबार विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आइतबार विदेशी मुद्राको विनिमयदर
चितवन निकुञ्ज वरपर चोरीसिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान
चितवन निकुञ्ज वरपर चोरीसिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान
स्वास्थ्य सचिवलाई प्रधानमन्त्रीको निर्देशन- नर्सको समस्या तत्काल समाधान गर्नू
स्वास्थ्य सचिवलाई प्रधानमन्त्रीको निर्देशन- नर्सको समस्या तत्काल समाधान गर्नू
डिआइजी पोखरेलको खातामा शंकास्पद रकम ! एक बिचौलिया पक्राउ, १० प्रहरी हेडक्वार्टर तानिए
डिआइजी पोखरेलको खातामा शंकास्पद रकम ! एक बिचौलिया पक्राउ, १० प्रहरी हेडक्वार्टर तानिए
काठमाडौं उपत्यकाका नदी करिडोरमा साँझ ६ बजेदेखि सवारी आवागमनमा रोक
काठमाडौं उपत्यकाका नदी करिडोरमा साँझ ६ बजेदेखि सवारी आवागमनमा रोक
धनुषामा महिलाको ह*त्या र लुटपाट प्रकरणमा एक महिला पक्राउ
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...