भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १५, २०८२
|
|
३९ पटक हेरिएको
Shares
भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने घोषणा गर्नुभएको छ ।
  • बिहीवार फिफा फुटबल फर स्कुल कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले अब छिटै नै भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार क्षमताको रंगशाला बनाउने घोषणा गर्नुभएको हो ।
  • दशरथ रंगशालाको क्षमता १५ हजार रहेको र नेपाली फुटबलप्रेमीहरुका लागि अब साँघुरो हुँदै गएकाले अब ठूलो नयाँ रंगशाला निर्माण कार्यमा सरकार जुटेको बताउनु भयो ।

१५ साउन, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने घोषणा गर्नुभएको छ । बिहीवार फिफा फुटबल फर स्कुल कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले अब छिटै नै भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार क्षमताको रंगशाला बनाउने घोषणा गर्नुभएको हो ।

दशरथ रंगशालाको क्षमता १५ हजार रहेको र नेपाली फुटबलप्रेमीहरुका लागि अब साँघुरो हुँदै गएकाले अब ठूलो नयाँ रंगशाला निर्माण कार्यमा सरकार जुटेको बताउनु भयो । दशरथ रंगशालालाई स्तरोन्नति गर्ने पनि प्रधानमन्त्रीको भनाइ छ । कीर्तिपुरमा क्रिकेट मैदानको स्तरोन्नति कार्य सम्पन्न हुने चरणमा रहेको पनि जानकारी दिनुभयो । अब खेल सिक्नको लागि खेल मैदानहरुको कमी नहुने पनि प्रतिवद्धता जनाउनु भयो । खेलकुद क्षेत्रका पूर्वाधार तयार सरकारले निर्माण गरिरहेको र महिला फुटबलरहरुका लागि अभ्यास गर्ने ठाउँहरुको निर्माण पनि गरिरहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी रंगशालाहरु निर्माण गरिरहेका छौँ । अब यो भन्दा दोब्बर दर्शकले हेर्नसक्ने क्षमता भएको रंगशाला निर्माण गर्ने काममा हामी लागेका छौँ ।

कीर्तिपुरमा क्रिकेट रंगशाला गत वर्ष निर्माण कार्य शुरु गरेका थियौँ । अहिले पूरा हुनै लागेको छ । अबको क्रिकेट खेलको सिजनमा हामी यही रंग्शालबाट खेलकुद अघि बढाउनेछौँ । यो रंगशाला ऐतिहासिक रंगशाला हो । यसलाई मर्मतसम्भार गर्नेगरी अघि बढाइएको छ । धनुषा र झापामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउँदैछौँ । अब खेल सिक्नको लागि खेल मैदानहरुको कमी हुनेछैन । खेलकुद क्षेत्रका पूर्वाधार तयार गरिरहेका छौँ । महिला फुटबलका लागि अभ्यास गर्ने ठाउँ, रंगशाला हामी तयार गरिरहेका छौँ । अब छिटै नै हामी भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार क्षमताको रंगशाला बनाउँछौँ । यो (दशरथ)रंगशाला भनेको १५ हजार दर्शक अटाउने रंगशाला हो । अब हामी भक्तपुरमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने तयारीमा लागिरहेका छौँ ।’प्रधानमन्त्री ओलीले कीर्तिपुरस्थित क्रिकेट रंग्शालाको अधिकतम सदुपयोग हुने बताउनु भयो । भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने घोषणा गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्, मेयर बालेन शाह
देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्, मेयर बालेन शाह
नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह
नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीको माग
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीको माग
कर्णाली राजमार्ग जुम्ला खण्डमा सुख्खा पहिरो, तीन घण्टा देखि यातायात सेवा ठप्प
कर्णाली राजमार्ग जुम्ला खण्डमा सुख्खा पहिरो, तीन घण्टा देखि यातायात सेवा ठप्प
मन्त्रालयबाट हराएको गाडी चिठी लेखेको दुई दिनपछि श्रम मन्त्रालयमा आइपुग्यो,कस्ले लगेकाे थियाे ?
मन्त्रालयबाट हराएको गाडी चिठी लेखेको दुई दिनपछि श्रम मन्त्रालयमा आइपुग्यो,कस्ले लगेकाे थियाे ?
७ दिनका लागि ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
७ दिनका लागि ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
सोवितालाई कानुन मन्त्रालयको जिम्मेवारी
सोवितालाई कानुन मन्त्रालयको जिम्मेवारी
नेपाल एयरलाइन्सले घटायो हवाई भाडा
नेपाल एयरलाइन्सले घटायो हवाई भाडा
तीन बालकको पोखरीमा डुबेर मृत्यु
तीन बालकको पोखरीमा डुबेर मृत्यु
पहिलोपटक नेपालबाट बंगलादेशमा विद्युत निर्यात हुन थालेको खबरले हर्षित बनाएको छ : प्रचण्ड
पहिलोपटक नेपालबाट बंगलादेशमा विद्युत निर्यात हुन थालेको खबरले हर्षित बनाएको छ : प्रचण्ड