Press 4K
शुक्रबार, १४ कार्तिक २०८३
Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २३, २०८२
|
|
२०५ पटक हेरिएको
Shares
नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह

सारांश

  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका केही संस्थागत विद्यालयले शिक्षा विनियमावली र सर्वोच्च अदालतको आदशेको उलङ्घन गरी शैक्षिक सत्र २०८३ प्रारम्भ हुनु पूर्व नै विद्यार्थी भर्ना गर्ने र भारी शुल्क असुली गरेको सप्रमाण तथ्यहरू बाहिरिएका सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
  • मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै सबै विद्यालयबाट उल्लेखित कानुनी व्यवस्था तथा सर्वोच्च अदालतको आदशेक अनुसार नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न गराउन आग्रह गरेको छ ।
  • साथै संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ द्वारा निर्धारित बाहेक अन्य शुल्क सङ्कलन नगर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

 

२३ चैत,काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका केही संस्थागत विद्यालयले शिक्षा विनियमावली र सर्वोच्च अदालतको आदशेको उलङ्घन गरी शैक्षिक सत्र २०८३ प्रारम्भ हुनु पूर्व नै विद्यार्थी भर्ना गर्ने र भारी शुल्क असुली गरेको सप्रमाण तथ्यहरू बाहिरिएका सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै सबै विद्यालयबाट उल्लेखित कानुनी व्यवस्था तथा सर्वोच्च अदालतको आदशेक अनुसार नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न गराउन आग्रह गरेको छ । साथै संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ द्वारा निर्धारित बाहेक अन्य शुल्क सङ्कलन नगर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

मन्त्रालयले कुनै पनि विद्यालयबाट यस्ता गैर कानुनी काम हुन नदिई अभिभावबाट कानुन विपरीत ढङ्गले असुल गरिएको भर्ना शुल्क रकम सम्बन्धितलाई फिर्ता गराने कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित सबै स्थानीय तहहरूलाई अनुरोध पनि गरेको छ ।‘देशका विभिन्न जिल्लाका केही संस्थागत विद्यालयहरूले शिक्षा विनियमावली, अन्तर्गतको कानुनी व्यवस्था तथा सम्मानित सर्वोच्च अदालतको यही चैत २० गतेको आदेश उल्लङ्घन गरी शैक्षिक सत्र २०८३ प्रारम्भ हुनु पूर्व नै विद्यार्थी भर्ना गर्ने र भारी शुल्क असुली गर्ने गरेको सप्रमाण तथ्यहरू बाहिरिएका सम्बन्धमा यस मन्त्रालयको गम्भीर ध्यान आकर्षित भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

तोकिएको समयभित्र शुल्क फिर्ता नगर्ने विद्यालयलाई शिक्षा ऐन लगायत अन्य प्रचलित कानुन बमोजिम कारबाही हुनसक्नेतर्फ समेत मन्त्रालयले सचेत गराएको छ । मन्त्रालयले विद्यालय सञ्चालन जस्तो गरिमामय र जिम्म्वार प्रणालीमा यस्ता गैर कानुनी कार्यहरू अशोभनीय हुने मात्र नभई दण्डनीय समेत हुनेतर्फ विद्यालयहरू स्वयम् सजक हुनुपर्ने ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षक सेवा आयोगको दुई सदस्य नियुक्तिका लागि दरखास्त आह्वान
शिक्षक सेवा आयोगको दुई सदस्य नियुक्तिका लागि दरखास्त आह्वान
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
रास्वपाले एकतर्फि रुपमा सहमति भंग गर्यो : कुलमान
रास्वपाले एकतर्फि रुपमा सहमति भंग गर्यो : कुलमान
नयाँ बजेटका लागि अर्थ मन्त्रालयले माग्यो सुझाव
नयाँ बजेटका लागि अर्थ मन्त्रालयले माग्यो सुझाव
राष्ट्र बैंकले स्थापना गर्‍यो ‘डिजिटल फाइनान्स इन्नोभेसन हब’
राष्ट्र बैंकले स्थापना गर्‍यो ‘डिजिटल फाइनान्स इन्नोभेसन हब’
वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै ५८ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै ५८ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बारामा टिपरको ठक्करबाट बालिकाको मृ*त्यु
बारामा टिपरको ठक्करबाट बालिकाको मृ*त्यु
पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता
पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता
बञ्चरेडाँडाका स्थानियसँग जनाइएका प्रतिबद्धता कार्यान्वयन गर्दै सरकार, फोहोर व्यवस्थापनमा अवरोध नगर्न मन्त्री घिसिङको आग्रह
बञ्चरेडाँडाका स्थानियसँग जनाइएका प्रतिबद्धता कार्यान्वयन गर्दै सरकार, फोहोर व्यवस्थापनमा अवरोध नगर्न मन्त्री घिसिङको आग्रह

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...