राष्ट्र बैंकले स्थापना गर्‍यो ‘डिजिटल फाइनान्स इन्नोभेसन हब’

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १४, २०८१
|
|
२२ पटक हेरिएको
Shares
राष्ट्र बैंकले स्थापना गर्‍यो ‘डिजिटल फाइनान्स इन्नोभेसन हब’

सारांश

  • नेपाल राष्ट्र बैंकले ‘डिजिटल फाइनान्स इन्नोभेशन हब’ स्थापना गरेको छ ।
  • बैंकिङ तथा भुक्तानी प्रणालीमा नवीनतम प्रविधि अपनाउँदै वित्तीय सेवा प्रवर्द्धन गर्न यस्तो हब स्थापना गरिएको राष्ट्र बैंकले बिहीबार जारी सूचनामा उल्लेख गरेको छ ।
  • राष्ट्र बैंकका अनुसार नयाँ प्रविधिहरूलाई विश्वसनीय नीति र नियमनका आधारमा कार्यान्वयन गर्न तथा वित्तीय क्षेत्रका नवीन योजनाहरूलाई व्यवस्थितरूपमा अगाडि बढाउन यो हब स्थापित गरिएको हो ।

१४ चैत, काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले ‘डिजिटल फाइनान्स इन्नोभेशन हब’ स्थापना गरेको छ । बैंकिङ तथा भुक्तानी प्रणालीमा नवीनतम प्रविधि अपनाउँदै वित्तीय सेवा प्रवर्द्धन गर्न यस्तो हब स्थापना गरिएको राष्ट्र बैंकले बिहीबार जारी सूचनामा उल्लेख गरेको छ ।

राष्ट्र बैंकका अनुसार नयाँ प्रविधिहरूलाई विश्वसनीय नीति र नियमनका आधारमा कार्यान्वयन गर्न तथा वित्तीय क्षेत्रका नवीन योजनाहरूलाई व्यवस्थितरूपमा अगाडि बढाउन यो हब स्थापित गरिएको हो । बैंकिङ तथा भुक्तानी प्रणालीका क्षेत्रमा आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्ने सन्दर्भमा यस क्षेत्रमा कार्य गर्ने वित्तीय नवप्रवर्तकहरुलाई विद्यमान नीतिगत एव‌ं नियामकीय व्यवस्थाबारे जानकारी गराउन हब स्थापना गरिएको उल्लेख छ ।

सरोकारवालाबाट प्राप्त हुने वित्तीय क्षेत्रका नवप्रवर्तनकारी प्रस्ताव र तिनले ल्याउन सक्ने अवसर एव‌ं चुनौतीको विश्लेषण गर्दै नियामकीय दृष्टिकोण, नन-बाइन्डिङ गाइडलाइन्स, परामर्श एवं सुझाव प्रदान गर्ने र नियामकसँगको सहज पहुँच विस्तार गरी नवप्रवर्तनलाई थप उत्प्रेरित गर्ने उद्देश्य राखिएको छ । अन्य नियामक तथा सरोकारवाला निकाय र निजी क्षेत्रको समेत सहभागिता हुन सक्ने व्यवस्थासहित यस बैंकमा डिजिटल फाइनान्स इन्नोभेसन हब स्थापना भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनमा नजाने ओलीको घोषणाप्रति राष्ट्रपति असन्तुष्ट
निर्वाचनमा नजाने ओलीको घोषणाप्रति राष्ट्रपति असन्तुष्ट
‘खाद्यान्न आयात अन्त्यका निम्ति कृषिको आधुनिकीकरण अपरिहार्य’
‘खाद्यान्न आयात अन्त्यका निम्ति कृषिको आधुनिकीकरण अपरिहार्य’
विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै सकियो : विमलेन्द्र निधि
विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै सकियो : विमलेन्द्र निधि
एन्फाको बजेट १ अर्ब ५६ करोड पारित
एन्फाको बजेट १ अर्ब ५६ करोड पारित
एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा दुई जना पक्राउ
कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा दुई जना पक्राउ
क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रङ्गशाला बनाइँदै
क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रङ्गशाला बनाइँदै
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद
त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद
मेरो सदस्यता नवीकरण भइसकेको छ : विद्यादेवी भण्डारी
मेरो सदस्यता नवीकरण भइसकेको छ : विद्यादेवी भण्डारी