सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ३०, २०८१
|
|
३२ पटक हेरिएको
Shares
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सारांश

  • गत असार २० गते कांग्रेस-एमालेको समर्थनमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
  • मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहले आज विश्वासको मत लिन लागेका हुन्।
  • कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री भएका शाहले आफ्नो सरकारमा नागरिक उन्मुक्ति पार्टीलाई पनि सहभागी गराइसकेका छन्।

३० साउन, गोदावरी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदैछन्।

गत असार २० गते कांग्रेस-एमालेको समर्थनमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहले आज विश्वासको मत लिन लागेका हुन्।

कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री भएका शाहले आफ्नो सरकारमा नागरिक उन्मुक्ति पार्टीलाई पनि सहभागी गराइसकेका छन्। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। सत्तारुढ दल कांग्रेसका १८, एमालेका ११ सांसदकै समर्थनमा पनि शाहको विश्वासको मत पुग्छ। नागरिक उन्मुक्ति पार्टीले पनि शाहलाई विश्वासको मत दिने जनाएको छ। नागरिक उन्मुक्ति पार्टीका ७ सांसद सबैले उनलाई विश्वासको मत दिए ३६ पुग्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनमतका निलम्बित कोषाध्यक्षलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
जनमतका निलम्बित कोषाध्यक्षलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
इलामका ८ पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस
इलामका ८ पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस
निर्वाचनका लागि सरकारले शान्ति सुरक्षा र स्रोतसाधनको सुनिश्चितता गर्नुपर्छ : आयुक्त
निर्वाचनका लागि सरकारले शान्ति सुरक्षा र स्रोतसाधनको सुनिश्चितता गर्नुपर्छ : आयुक्त
: नेपालीको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न
: नेपालीको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न
सिनामंगलमा असईले गरे ४ महिने छोराको ह*त्या, प्रहरी जवान श्रीमती पनि घाइते
सिनामंगलमा असईले गरे ४ महिने छोराको ह*त्या, प्रहरी जवान श्रीमती पनि घाइते
तेहरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट
तेहरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट
मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग
मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
कांग्रेसको पदाधिकारी बैठक जारी
कांग्रेसको पदाधिकारी बैठक जारी
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला