इलामका ८ पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २२, २०८२
|
|
६७ पटक हेरिएको
Shares
इलामका ८ पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

सारांश

  • कोशी प्रदेश सरकार विपद् व्यवस्थापन समितिले असोज १८, १९ र २० गतेको अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट पूर्ण रूपमा घर क्षति भएका पीडितहरूको घर पुनर्निर्माण गरिदिने निर्णय गरेको छ ।
  • यस्तै विपद् व्यवस्थापन समितिले सबैभन्दा बढी प्रभावित इलाम जिल्लाका ८ वटा स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
  • प्राकृतिक विपत्तिपछिको अवस्थाबारे छलफल गर्न बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बसेको बैठकले उद्धार, राहत र पुनर्निर्माणलाई तीव्रता दिने उद्देश्यले विभिन्न निर्णय गरेको हो ।

२२ असोज, विराटनगर ।

कोशी प्रदेश सरकार विपद् व्यवस्थापन समितिले असोज १८, १९ र २० गतेको अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट पूर्ण रूपमा घर क्षति भएका पीडितहरूको घर पुनर्निर्माण गरिदिने निर्णय गरेको छ । यस्तै विपद् व्यवस्थापन समितिले सबैभन्दा बढी प्रभावित इलाम जिल्लाका ८ वटा स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

प्राकृतिक विपत्तिपछिको अवस्थाबारे छलफल गर्न बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बसेको बैठकले उद्धार, राहत र पुनर्निर्माणलाई तीव्रता दिने उद्देश्यले विभिन्न निर्णय गरेको हो । बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की, मन्त्रीहरू, प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर आङ्बो, प्रदेश सचिवहरू, सुरक्षा निकायका प्रमुखहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति थियो । प्रदेश सरकारले विपद् पीडित नागरिकको तत्कालको आवश्यकतादेखि दीर्घकालीन पुनस्र्थापनासम्मका लागि ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

‘पूर्ण रूपमा भत्किएका घरहरूको पुनर्निर्माणको जिम्मा प्रदेश सरकारले लिने निर्णय भएको छ,’ बैठकपछि कुरा गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले भने, ‘त्यसका लागि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले १५ दिनभित्र क्षतिको यथार्थ विवरण सङ्कलन गरी पुनर्निर्माणको प्रक्रिया अघि बढाउनेछन् ।’ प्रदेश सरकारले नै क्षतिग्रस्त घर बनाइदिने भन्दै आफ्नो मुख्य दायित्वका रूपमा लिएको छ ।

बैठकबाट राहत, पुनर्निर्माण र अत्यावश्यक सेवा सञ्चालनलाई तत्काल प्रभावकारी बनाउन ३ सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरिएको छ । कार्यदलमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राई र आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारी छन् । कार्यदलले तत्कालै आफ्नो कार्ययोजना बनाएर काम थाल्ने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री नियुक्ति भ्रष्ट बचाउने खेल भयो : राष्ट्रिय मातृभूमी पार्टी
प्रधानमन्त्री नियुक्ति भ्रष्ट बचाउने खेल भयो : राष्ट्रिय मातृभूमी पार्टी
पूर्वराजालाई नेपालको सुझावः आँट भए चुनाव जितेर प्रधानमन्त्री बन्नुहोस्
पूर्वराजालाई नेपालको सुझावः आँट भए चुनाव जितेर प्रधानमन्त्री बन्नुहोस्
चन्द्रागिरिका तीन वडा पहिरो उच्च जोखिममा
चन्द्रागिरिका तीन वडा पहिरो उच्च जोखिममा
आज यी पाँच प्रदेशमा चट्याङसहित वर्षा हुने सम्भावना
आज यी पाँच प्रदेशमा चट्याङसहित वर्षा हुने सम्भावना
बारामा यौनिक अल्पसंख्यकहरुको अर्धनग्न प्रदर्शन, स्थिति नियन्त्रणमा लिन लाठीचार्ज
बारामा यौनिक अल्पसंख्यकहरुको अर्धनग्न प्रदर्शन, स्थिति नियन्त्रणमा लिन लाठीचार्ज
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य
हाथवे इन्भेष्टमेन्टको आइपिओ बाँडफाँट
हाथवे इन्भेष्टमेन्टको आइपिओ बाँडफाँट
स्नो रिभर्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
स्नो रिभर्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
विद्युत् चुहावट आधा घट्दा वर्षको थप १२ अर्ब आम्दानी
विद्युत् चुहावट आधा घट्दा वर्षको थप १२ अर्ब आम्दानी