Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राजु पाण्डेको निलम्बन, उच्च अदालतद्वारा रिट खारेज

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक १३, २०८२
|
|
३७ पटक हेरिएको
Shares
राजु पाण्डेको निलम्बन, उच्च अदालतद्वारा रिट खारेज

सारांश

  • उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन नगर्न भनी जारी गरेको आदेश खारेज गरेको छ ।
  • न्यायाधीशहरू डालकुमार खड्का र दिपक खनालको इजलासले नगर प्रहरी बलका प्रमुख पाण्डेको रिट निवेदन खारेज गरेको हो ।
  • निवेदन खारेज भएसँगै पाण्डेलाई निलम्बन गर्ने प्रमुख प्रशासकिय अधिकृतको निर्णय कार्यान्वयनमा रोक लगाउने अन्तरिम आदेश समेत निष्कृय भएको छ ।

१३ कात्तिक, काठमाडौं ।

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन नगर्न भनी जारी गरेको आदेश खारेज गरेको छ । न्यायाधीशहरू डालकुमार खड्का र दिपक खनालको इजलासले नगर प्रहरी बलका प्रमुख पाण्डेको रिट निवेदन खारेज गरेको हो ।

निवेदन खारेज भएसँगै पाण्डेलाई निलम्बन गर्ने प्रमुख प्रशासकिय अधिकृतको निर्णय कार्यान्वयनमा रोक लगाउने अन्तरिम आदेश समेत निष्कृय भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अनियमितताको आरोप लगाउदै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई कार्यकक्षमा प्रवेश गर्न रोक लगाउनुभएको थियो ।

गुरागाईंको साटो अर्को प्रमुख प्रशासकीय अधिकृत पठाउन बालेनले गरेको आग्रहलाई तत्कालिन सरकारले अस्वीकार गर्दै आएको थियो । उपमेयर सुनिता डंगोल र अरु वडाध्यक्षहरुको सहयोगमा गुरागाई आफ्नो कार्यकक्षमा जानु भएको थियो । त्यसक्रममा नगर प्रहरी बल र गुरागाई पक्षधरबीच घम्साघम्सी भएको थियो ।

आफ्नो कार्यकक्षमा पुगेर काम थालेपछि प्रमुख प्रशासकिय अधिकृत गुरागाईंले पदीय आचरण विपरीत काम गरेको भनी नगर प्रहरी बलका प्रमुख पाण्डेलाई निलम्बन गर्नुभएको थियो ।

आफूलाई गैरकानूनी रुपमा निलम्बन गरेको भनी पाण्डेले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गर्नुभएको थियो । त्यही निवेदनमा उच्च अदालतले अन्तरिम आदेश दिएपछि उहाँ काममा फर्किनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमण ,33 जनाको मृत्युः हमास
गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमण ,33 जनाको मृत्युः हमास
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष ओली
संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष ओली
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
पानीको प्रयोगबाटै देश समृद्ध बनाउने लक्ष्य लिएका छौं : ऊर्जामन्त्री खड्का
पानीको प्रयोगबाटै देश समृद्ध बनाउने लक्ष्य लिएका छौं : ऊर्जामन्त्री खड्का
सुनसरी घटनाको प्रभाव : सिरहामा राजमार्ग अवरुद्ध, विराटनगरका विद्यालय बन्द
सुनसरी घटनाको प्रभाव : सिरहामा राजमार्ग अवरुद्ध, विराटनगरका विद्यालय बन्द
वीरगञ्जको कपडा गोदाममा छापा हान्दा सशस्त्रमाथि आक्रमण ३ जना घाइते
वीरगञ्जको कपडा गोदाममा छापा हान्दा सशस्त्रमाथि आक्रमण ३ जना घाइते
मधेश प्रदेशका आठवटै पूर्वाधार कार्यालयसंग कागजात माग
मधेश प्रदेशका आठवटै पूर्वाधार कार्यालयसंग कागजात माग
मध्यपूर्वको युद्धप्रति ओलीको चिन्ताः ‘नेपालमा मिसाइलको धुँवा कहिल्यै नआओस्’
मध्यपूर्वको युद्धप्रति ओलीको चिन्ताः ‘नेपालमा मिसाइलको धुँवा कहिल्यै नआओस्’
जसपाको सर्लाही जिल्ला कार्यसमिति गठन
जसपाको सर्लाही जिल्ला कार्यसमिति गठन