पानीको प्रयोगबाटै देश समृद्ध बनाउने लक्ष्य लिएका छौं : ऊर्जामन्त्री खड्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ९, २०८१
|
|
२३ पटक हेरिएको
Shares
पानीको प्रयोगबाटै देश समृद्ध बनाउने लक्ष्य लिएका छौं : ऊर्जामन्त्री खड्का

सारांश

  • ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पानीको सही सदुपयोगबाट मुलुकले क्रान्तिकारी समृद्धि हासिल गर्नसक्ने बताएका छन् ।
  • काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पानीको सही सदुपयोगमा लाग्नु आजको आवश्यकता भएको उल्लेख गरे ।
  • पानी दैनिक जीवनको मात्र नभइ आर्थिक समृद्धिको वाहक भएको बताउँदै उनले पानीको प्रयोग गरेर देशलाई समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताए ।

९ चैत, काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पानीको सही सदुपयोगबाट मुलुकले क्रान्तिकारी समृद्धि हासिल गर्नसक्ने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पानीको सही सदुपयोगमा लाग्नु आजको आवश्यकता भएको उल्लेख गरे । पानी दैनिक जीवनको मात्र नभइ आर्थिक समृद्धिको वाहक भएको बताउँदै उनले पानीको प्रयोग गरेर देशलाई समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताए ।

‘पानीको सही सदुपयोगमा लाग्नु आजको आवश्यकता हो । यसको सही उपयोग गर्नु आजको आवश्यकता हो । यो एउटा स्रोत पनि हो । दैनिकी जीवनमा मात्रै होइन, मुलुकको आर्थिक समृद्धिका लागि पनि यो स्रोत अत्यन्त ठूलो अत्यन्त ठूलो उपयोगी छ,’ ऊर्जामन्त्री खड्काले भने, ‘खासगरी नेपालका लागि त क्रान्तिकारी आर्थिक समृद्धिकोतर्फ पानीको प्रयोग गरेर समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने लक्ष्य लिएर अघि बढिरहेका छौँ ।’

ऊर्जामन्त्री खड्काले जलस्रोतहरू नेपालको संस्कृति, सभ्यता र आर्थिक विकासको मेरुदण्ड भएको जिकिर गरे । मन्त्री खड्काले बेमौसमी वर्षाले कृषि क्षेत्रमा धेरै असर पुगेको र त्यसले जलस्रोत व्यवस्थापन र भविष्यको जल सुरक्षामा गम्भीर चुनौति उत्पन्न गरेको पनि बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेताहरूको मानसिकताले संघीयतामाथि प्रश्न उठ्यो: सञ्चारमन्त्री गुरुङ
नेताहरूको मानसिकताले संघीयतामाथि प्रश्न उठ्यो: सञ्चारमन्त्री गुरुङ
सर्लाहीबाट लागुऔषधसहित तीन जना पक्राउ
सर्लाहीबाट लागुऔषधसहित तीन जना पक्राउ
आलमलाई सफाइ दिने उच्चका दुई न्यायाधीशलाई झिकाउन न्याय परिषद्को सिफारिस
आलमलाई सफाइ दिने उच्चका दुई न्यायाधीशलाई झिकाउन न्याय परिषद्को सिफारिस
आर्मी हेडक्वार्टरअघि भेला भएका जेन जीबीच नै कुटाकुट
आर्मी हेडक्वार्टरअघि भेला भएका जेन जीबीच नै कुटाकुट
लुम्बिनीमा अन्तरराष्ट्रिय सांस्कृतिक ‘सेमिनार’ गरिने
लुम्बिनीमा अन्तरराष्ट्रिय सांस्कृतिक ‘सेमिनार’ गरिने
रास्वपा निर्णय : गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय आयोगको अडान यथावत् राख्ने
रास्वपा निर्णय : गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय आयोगको अडान यथावत् राख्ने
राष्ट्रिय मुक्ति पार्टी नेपालको घोषणापत्र सार्वजनिक
राष्ट्रिय मुक्ति पार्टी नेपालको घोषणापत्र सार्वजनिक
बम जस्तो देखिने शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज
बम जस्तो देखिने शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज
विपक्षी सांसदले संसद्‌मै मागे प्रधानमन्त्रीको राजीनामा
विपक्षी सांसदले संसद्‌मै मागे प्रधानमन्त्रीको राजीनामा
स्वास्थ्य मन्त्री निशा मेहताले गरिन् पदबहाली
स्वास्थ्य मन्त्री निशा मेहताले गरिन् पदबहाली