सहकारीमा ५ अर्ब ११ करोड रुपैयाँ ठगी, ४८ वटा मुद्दा दर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ४, २०८१
|
|
३१ पटक हेरिएको
Shares
सहकारीमा ५ अर्ब ११ करोड रुपैयाँ ठगी, ४८ वटा मुद्दा दर्ता

सारांश

  • प्रतिनिधिसभा बैठकमा आइतबार सांसदहरूले उठाएको प्रश्नको जबाफ दिँदै उक्त कुरा बताएका छन्।
  • उनले भने, ‘पहिले देखिएका समस्या बिस्तारै समाधान उन्मुख छन्।
  • ’ उनले सहकारी ठगीमा चालु आर्थिक वर्षमा ५ अर्ब ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा ४८ वटा मुद्दा दर्ता भइसकेको जानकारी दिए।

 

४ फागुन, काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत, संस्थागत र व्यवस्थापकीय सुधारका कार्य गरिरहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा आइतबार सांसदहरूले उठाएको प्रश्नको जबाफ दिँदै उक्त कुरा बताएका छन्। उनले भने, ‘पहिले देखिएका समस्या बिस्तारै समाधान उन्मुख छन्।’

उनले सहकारी ठगीमा चालु आर्थिक वर्षमा ५ अर्ब ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा ४८ वटा मुद्दा दर्ता भइसकेको जानकारी दिए।यसैगरी उनले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ जारी गरेको जानकारी दिए। उनले भने, ‘जुन यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि कोसेढुंगा साबित हुनेछ।’ बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारीहरूको नियमनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको गठन गरी कार्यसम्पादन भइरहेको जानकारी प्रधानमन्त्री ओलीले दिए।

प्रधानमन्त्री ओलीले अनुचित लेनदेन (मिटर ब्याज) पीडितलाई न्याय र राहत दिने समस्याका सम्बन्धमा दीर्घकालीन समाधान गर्नका लागि जाँचबुझ गरी राय/सुझावसहितको प्रतिवेदन पेस गर्न गठन भएको आयोगमा दर्ता भएकामध्ये ५ हजार २ सय उजुरी फर्स्योट भइसकेको जानकारी दिए। उखु किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाएको र दुग्ध किसानको बाँकी रकम भुक्तानी हुन नसकेको विषयमा सरकारको ध्यानाकर्षण भएको प्रधानमन्त्रीको भनाइ छ।

ओलीले भने, ‘उखु किसानले आफ्नो उत्पादनको उचित मूल्य पाऊन् भन्ने उद्देश्यले उखु क्रसिङ हुनुपूर्व नै नेपाल सरकारले उखुको खरिद मूल्य तोक्ने गरेको छ। सरकारले निर्धारण गरेको खरिद मूल्यमा कृषकबाट उखु खरिद गरी तुरुन्तै भुक्तानी दिन उखु मिलहरूलाई निर्देशन दिइएको छ।’ चालु आर्थिक वर्षका लागि मंसिरमै उखुको खरिद मूल्य ५ सय ८५ रुपैयाँ प्रतिक्विन्टल तोकिएको जानकारी प्रधानमन्त्रीले दिए। उनले भने, ‘गत वर्ष आफूले उत्पादन गरेको उखुलाई मिलमा क्रसिङ गराएका ८ जिल्लाका करिब ६५ हजार कृषकलाई सम्बन्धित

उखु मिलले दिने खरिद मूल्यका साथै नेपाल सरकारले ७० रुपैयाँ प्रतिक्विन्टलका दरले १ अर्ब ४४ करोड ९२ लाख रकम अनुदान प्रवाह गरेको छ।’ दुग्ध किसानको भुक्तानी सम्बन्धमा दुग्ध विकास संस्थानले हालसम्म २ अर्ब ४ करोड रकम भुक्तानी दिइसकेको जानकारी प्रधानमन्त्रीले दिए। यसैगरी उनले दुग्ध विकास संस्थानलाई दूध विक्री गर्ने सबै कृषकको भदौ मसान्तसम्मको बाँकी रकम भुक्तानी भइसकेको र बाँकी रकम पनि भुक्तानीको प्रक्रियाका लागि अघि बढाइएको जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?