Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर ३, २०८१
|
|
३४ पटक हेरिएको
Shares
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

सारांश

  • यस्तो छ आजको राशिफल: मेष : दिन राम्रो छ।
  • आफ्ना मान्छेको साथ मिल्नेछ।
  • उपचारमा भए स्वास्थ्य लाभ गर्ने दिन छ।

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष : दिन राम्रो छ। आफ्ना मान्छेको साथ मिल्नेछ। उपचारमा भए स्वास्थ्य लाभ गर्ने दिन छ। राज्यको तर्फबाट भय हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

वृष : तपाईंको मनमा शान्ति मिल्नेछ। वैदेशिक क्षेत्रमा भन्दा स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएर मन शान्त पार्न सकिने छ। परिवारको व्यवस्थापन हुन नसक्दा खटपटी बढ्नसक्छ। खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ।

मिथुन : सञ्चित धन खर्च हुनेछ। खर्च कटौती गर्नु राम्रो हुनेछ। परोपकार गर्नेक्रममा राज्यले तपाईंमाथि शंका गर्ने खतरा छ। परिवारसँगै बसेर रमाउने दिन छ।

कर्कट : खराब बोलीले साथी टाढा हुनेछन्। लगानीको तर्फबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। शनिको प्रभावले हरेक कुरामा अवरोध हुनसक्छ। बिहान गणेशको पूजा गरेमा दिन सहज बन्नेछ।

सिंह : दिन सहज छ। लगानीका क्षेत्रमा उत्साह बढ्नेछ। परिवारमा भने खटपटी हुने जोखिम छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। निजी क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। रोगबाट मुक्त हुने दिन छ।

कन्या : दिन राम्रो छ। देशको भन्दा विदेशको रमझमले मन तान्नेछ। लगानी गर्न हिम्मत गर्नुपर्ने दिन छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। विपक्षी शान्त भएकाले तपाईंको काम बन्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने योग छ।

तुला : आज तपाईंका आफन्त टाढिने जोखिम छ। बोल्दा सचेत बन्नु राम्रो हुनेछ। बन्धुसँगको सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा तपाईंका विरोधी सक्रिय छन्। स्वास्थ्यको पर्खाइमा भए सफलता मिल्नेछ।

वृश्चिक : दिन सहज छ। आफन्तले साथ दिनेछन्। आम्दानीको स्रोत बलियो छ। परिवारमा भने सानो कुराले झन्झट आइपर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा भने डर बढ्नेछ।

धनु : दिन राम्रो छ। तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। परोपकार गर्नु उचित हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। विदेशमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको साथमा दिन बित्नेछ।

मकर : सञ्चित धन खर्च हुनसक्छ। खर्च कटौती गर्नुपर्ने दिन छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। आदेश पालना गर्दा सचेत बन्नुपर्ने दिन छ। साथीले साथ दिनेछन्। व्यापारको सुरुवात गरेको भए प्रगति हुनेछ। परिवारको साथ मिल्नेछ।

कुम्भ : शुभग्रहको बहुमत छ। सोचेका काम बन्नेछन्। बिहान शिवको दर्शन गर्नाले दिन सहज बन्नेछ। तपाईंको काममा साथीको साथ मिल्नेछ। पे्रम सम्बन्ध सुमधुर बन्ने योग छ। बोल्नु अगाडि एक पटक सोच्नु राम्रो हुनेछ।

मीन : साथीभाइबाट असहयोग हुनसक्छ। थोरै बोलेर अगाडि बढ्नु फाइदा हुनेछ। प्राविधिको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा हात नलगाउनु राम्रो हुन्छ। परिवारले संकटमा साथ दिनेछन्।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
भागिरहेका थुनुवालाई समात्न खोज्दा भिरबाट लडेका प्रहरीको मृत्यु
भागिरहेका थुनुवालाई समात्न खोज्दा भिरबाट लडेका प्रहरीको मृत्यु
विद्युत् सेवा पटकपटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
विद्युत् सेवा पटकपटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
सर्लाही–२ बाट राजेन्द्र महतोको एकल नाम सिफारिस
सर्लाही–२ बाट राजेन्द्र महतोको एकल नाम सिफारिस
प्रहरीका भान्सेको हत्या प्रकरण : अनुसन्धान विभागका इन्स्पेक्टरसहित तीन जना पक्राउ
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
लिपुलेकको भूभाग फिर्ताको पहल गर्नुपर्छ : समाजवादी मोर्चाले
लिपुलेकको भूभाग फिर्ताको पहल गर्नुपर्छ : समाजवादी मोर्चाले
साढे ५ महिनामा विराटनगरको आन्तरिक आम्दानी २३ करोड ३५ लाख
साढे ५ महिनामा विराटनगरको आन्तरिक आम्दानी २३ करोड ३५ लाख
शिक्षकहरुको भावनाप्रती नेपाल सरकारको परेड
शिक्षकहरुको भावनाप्रती नेपाल सरकारको परेड