सर्लाही–२ बाट राजेन्द्र महतोको एकल नाम सिफारिस

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २५, २०८२
|
|
२८ पटक हेरिएको
Shares
सर्लाही–२ बाट राजेन्द्र महतोको एकल नाम सिफारिस

सारांश

  • आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर २ बाट राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोको नाम एकल रूपमा सिफारिस गरिएको छ।
  • बिहीबार मलंगवामा बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टी अध्यक्ष महतोलाई सर्लाही–२ का लागि औपचारिक रूपमा सिफारिस गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष गणेश यादवले जानकारी दिए।
  • उनले भने, “जिल्ला कार्यसमितिको सर्वसम्मत निर्णयअनुसार सर्लाही–२ बाट पार्टी अध्यक्ष महतोको नाम एकल रूपमा सिफारिस गरिएको हो।

 

२५ मंसिर, सर्लाही।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर २ बाट राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोको नाम एकल रूपमा सिफारिस गरिएको छ।

बिहीबार मलंगवामा बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टी अध्यक्ष महतोलाई सर्लाही–२ का लागि औपचारिक रूपमा सिफारिस गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष गणेश यादवले जानकारी दिए। उनले भने, “जिल्ला कार्यसमितिको सर्वसम्मत निर्णयअनुसार सर्लाही–२ बाट पार्टी अध्यक्ष महतोको नाम एकल रूपमा सिफारिस गरिएको हो।” जिल्लाका अन्य तीन निर्वाचन क्षेत्रका उम्मेदवारहरूको नाम भने आगामी बैठकमार्फत सिफारिस गरिने अध्यक्ष यादवले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?