Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जनशक्ति अभाव हुँदा गुठी संस्थानको सेवा प्रवाहमा समस्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ८, २०८२
|
|
४२ पटक हेरिएको
Shares
जनशक्ति अभाव हुँदा गुठी संस्थानको सेवा प्रवाहमा समस्या

सारांश

  •   गुठी संस्थानमा स्वीकृत जनशक्तिको आधाभन्दा कम कर्मचारी कार्यरत हुँदा सेवा प्रवाहमा समस्या हुन थालेको छ ।
  • संस्थानमा एक सय ९६ जनाको दरबन्दी स्वीकृत भएकामा हाल ९४ जना मात्र कार्यरत हुँदा सेवा प्रवाहमा समस्या भएको हो ।
  • हाल करार सेवामा समेत गरी ९४ जना कार्यरत कर्मचारी रहेका संस्थानका सूचना अधिकारी जनक पोखरेलले राससलाई जानकारी दिनुभयो ।

८ जेठ, काठमाडौँ । 

गुठी संस्थानमा स्वीकृत जनशक्तिको आधाभन्दा कम कर्मचारी कार्यरत हुँदा सेवा प्रवाहमा समस्या हुन थालेको छ । संस्थानमा एक सय ९६ जनाको दरबन्दी स्वीकृत भएकामा हाल ९४ जना मात्र कार्यरत हुँदा सेवा प्रवाहमा समस्या भएको हो । हाल करार सेवामा समेत गरी ९४ जना कार्यरत कर्मचारी रहेका संस्थानका सूचना अधिकारी जनक पोखरेलले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार तीमध्ये ५४ स्थायी र ४० जना सेवा करारमा छन् । प्रधान कार्यालयसहित ११ वटा कार्यालय रहेको संस्थानमा जनशक्ति कम भएकाले धर्म, संस्कृति क्षेत्रको संरक्षण, संवर्द्धन एवं प्रवर्द्धनमा संस्थानले गर्ने काम प्रभावित हुने गरेका छ । संस्थानमा विसं २०७२ पछि पदपूर्ति हुन नसक्दा कर्मचारी अभाव देखिएको सूचना अधिकारी पोखरेलले बताउनुभयो । उहाँका अनुसार पदपूर्ति गर्नेगरी विसं २०७५ मा जारी भएको विनियम सर्वोच्च अदालतको आदेशमा खारेज भएपछि कर्मचारी पदपूर्ति हुन नसकेको हो । पछिल्लोपटक गत फागुन १९ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले संस्थानको विनियमावली स्वीकृत गर्नुभएको छ ।

संस्थानले ‘ओएनएम सर्वे’ गरी विनियमावली स्वीकृतिका लागि मन्त्रालयमा पठाएको प्रशासक शैलेशराज कुँवरले जानकारी दिनुभयो । मन्त्रालयबाट स्वीकृत भएर आउने वित्तिकै पदपूर्ति प्रक्रिया सुरु गरिने उहाँले बताउनुभयो । यसपटक दुई सहसचिव, १५ उपसचिव र १० जना शाखा अधिकृत खुलाउने तयारी भइरहेको संस्थानले जनाएको छ । यसैबीच, गत वैशाख २० गते बसेको संस्थान सञ्चालक समितिको बैठकले सङ्घीय संरचनाअनुसार कोशी र लुम्बिनी प्रदेशमा प्रदेश कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते
बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते
कारको ठक्करबाट बालकको मृ*त्यु
कारको ठक्करबाट बालकको मृ*त्यु
राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता आज
राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता आज
हङकङ : कार्यस्थलमा बेहोस भएका कामदारको मृत्यु
हङकङ : कार्यस्थलमा बेहोस भएका कामदारको मृत्यु
अन्तर्राष्ट्रिय रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम
अन्तर्राष्ट्रिय रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम
शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्‍मा लैजाने भनेको प्रस्ताव पनि शिक्षकको हितमा छैन : महासंघ
शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्‍मा लैजाने भनेको प्रस्ताव पनि शिक्षकको हितमा छैन : महासंघ
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
प्रचण्डलाई लिङ्देनको जवाफ- आफैंले पैसा तिरेर मान्छे ल्याएको सम्झनुभएछ
प्रचण्डलाई लिङ्देनको जवाफ- आफैंले पैसा तिरेर मान्छे ल्याएको सम्झनुभएछ
टिकटक अकाउन्टको निहुँमा पाकिस्तानमा एक बुबाले गरे छोरीको ह*त्या: प्रहरी
टिकटक अकाउन्टको निहुँमा पाकिस्तानमा एक बुबाले गरे छोरीको ह*त्या: प्रहरी
तोकिएकै मितिमा निर्वाचन गराउनेगरी क्रियाशील छौं : काबा आयुक्त भण्डारी
तोकिएकै मितिमा निर्वाचन गराउनेगरी क्रियाशील छौं : काबा आयुक्त भण्डारी