Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

गृहमन्त्री अर्यालले गरे थानकोट प्रहरी वृत्त र नागढुंगा प्रभागको निरीक्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २९, २०८२
|
|
३३ पटक हेरिएको
Shares
गृहमन्त्री अर्यालले गरे थानकोट प्रहरी वृत्त र नागढुंगा प्रभागको निरीक्षण

सारांश

  • गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग नागढुंगाको निरीक्षण गरेका छन् ।
  • शनिबार मन्त्री अर्यालले जेनजी प्रदर्शनमा आगजनी पछि पुनर्स्थापित दुवै कार्यालयको निरीक्षण गरेका हुन् ।
  • प्रदर्शनको क्रममा भदौ २४ मा उच्छृङ्खल समूहले थानकोट र नागढुंगाको प्रहरी कार्यालय भवन आगजनी गरेका थिए ।

२९ कात्तिक, काठमाडौँ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग नागढुंगाको निरीक्षण गरेका छन् । शनिबार मन्त्री अर्यालले जेनजी प्रदर्शनमा आगजनी पछि पुनर्स्थापित दुवै कार्यालयको निरीक्षण गरेका हुन् । प्रदर्शनको क्रममा भदौ २४ मा उच्छृङ्खल समूहले थानकोट र नागढुंगाको प्रहरी कार्यालय भवन आगजनी गरेका थिए । मर्मत र रंगरोगनपछि प्रहरीले त्यहीँबाट सेवा सुचारु गरेको छ । थानकोट वृत्तको नवनिर्मित भवन उद्घाटन भएको ९ औँ दिनमा नै आन्दोलनकारीले आगजनी गरेका हुन् । तत्कालीन एआईजी टेकबहादुर तामाङले भदौ १६ मा नवनिर्मित भवनको उद्घाटन गरेका थिए । निरीक्षणमा उपत्यका प्रहरी कार्यालयका डीआईजी ओम अधिकारी र काठमाडौँका एसएसपी रमेश थापा पनि सहभागी थिए ।

प्रहरी वृत्त थानकोटकी डीएसपी एलिजा गिरीले प्रदर्शनमा आफ्नो टिमले हातहतियार, गोलीगठ्ठा र सवारीसाधन क्षति हुन नदिएको ब्रिफिङ गरेकी छन् । गृहमन्त्री अर्यालले प्रहरी कर्मचारीको रासन सुविधा अन्य सुरक्षा निकायको स्तरमा लैजाने गरी अन्तिम तयारी भएको बताए । उनले भने– ‘अरू सुरक्षा निकायले पाउँदै आएको सरह प्रहरी कर्मचारीलाई पनि रासन सुविधा वृद्धि गर्ने प्रयास अन्तिम चरणमा पुगेको छ ।’ आन्दोलनमा प्रहरी कर्मचारीको क्षति भएको व्यक्तिगत सामग्रीलाई कसरी पूर्ति गर्ने भन्नेबारे छलफल भइरहेको मन्त्री अर्यालले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वभर प्रेस स्वतन्त्रता दिवसको अबसरमा माइतिघरमा ऐक्यवद्धता र्याली (तस्बिरसहित)
विश्वभर प्रेस स्वतन्त्रता दिवसको अबसरमा माइतिघरमा ऐक्यवद्धता र्याली (तस्बिरसहित)
सरकारबाट बाहिरियो जसपा, स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
सरकारबाट बाहिरियो जसपा, स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
देश जटिल मोडमा छः अध्यक्ष दाहाल
देश जटिल मोडमा छः अध्यक्ष दाहाल
परिक्रमाका यात्रीको स्वागतका निम्ति मटिहानीमा सार्वजनिक बिदा
परिक्रमाका यात्रीको स्वागतका निम्ति मटिहानीमा सार्वजनिक बिदा
बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह
बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह
प्रधानमन्त्रीको सन्देश : प्रत्यक्ष निर्वाचित कार्यकारी अहिले हुन्न, मुख्य लक्ष्य चुनाव
प्रधानमन्त्रीको सन्देश : प्रत्यक्ष निर्वाचित कार्यकारी अहिले हुन्न, मुख्य लक्ष्य चुनाव
एमालेको जागरण सभालाई सम्बोधन गर्न बुटवल जाँदै प्रधानमन्त्री ओली
एमालेको जागरण सभालाई सम्बोधन गर्न बुटवल जाँदै प्रधानमन्त्री ओली
गाजामा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ५६ हजार नाघ्यो
गाजामा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ५६ हजार नाघ्यो
अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य बुझ्न प्रधानमन्त्री कीर्तिपुर अस्पतालमा
अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य बुझ्न प्रधानमन्त्री कीर्तिपुर अस्पतालमा