प्रधानमन्त्रीको सन्देश : प्रत्यक्ष निर्वाचित कार्यकारी अहिले हुन्न, मुख्य लक्ष्य चुनाव

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ९, २०८२
|
|
७१ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको सन्देश : प्रत्यक्ष निर्वाचित कार्यकारी अहिले हुन्न, मुख्य लक्ष्य चुनाव

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेको चुनाव नै सरकारको मूल लक्ष्य भएको स्पष्ट सन्देश दिएकी छन् ।
  • त्यसका लागि उनले राजनीतिक दलसहित सबैलाई चुनावमा भाग लिन र सहयोग गर्न अह्वान गरेकी छन् ।
  • उनले जेनजीका केही अगुवाहरु लगायतले मागेको प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था र संविधान संशोधन लगायतको माग अहिले पुरा नहुने स्पष्ट उल्लेख गरेकी छन् ।

९ असोज, काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेको चुनाव नै सरकारको मूल लक्ष्य भएको स्पष्ट सन्देश दिएकी छन् । त्यसका लागि उनले राजनीतिक दलसहित सबैलाई चुनावमा भाग लिन र सहयोग गर्न अह्वान गरेकी छन् । उनले जेनजीका केही अगुवाहरु लगायतले मागेको प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था र संविधान संशोधन लगायतको माग अहिले पुरा नहुने स्पष्ट उल्लेख गरेकी छन् । अब संविधान संशोधनको आवश्यक परे चुनावपछि मात्र नयाँ बन्ने संसद्ले गर्न सक्ने उनले स्पष्ट पारिन् ।‘शासकीय प्रणालीको संशोधन विषय वर्तमान सरकारको कार्यक्षेत्र भन्दा बाहिर भएकालेले संवैधानिक प्रक्रियाबाटै संविधान संशोधनको गर्न आह्वान गर्दछु’ उनले भनेकी छन् ।

सरकार बनेपछि करिब दुई सातासम्म राजनीतिक दलहरुसँग दूरी रहिरहेका बेला प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनमा दलहरुलाई पनि  चुनावका लागि औपचारिक आह्वान गरिन् । चुनावका मुख्य सरोकारवाला राजनीतिक दलहरु हुन् । उनीहरुलाई संवादमा नल्याइकन चुनावको राजनीतिक प्रक्रिया अघि बढ्दैन । त्यसैले आजको सम्बोधनमा उनले चुनावलाई जोड दिएकी छन् । ‘फागुन २१ गते चुनाव सम्पन्न गर्न सरकारले आवश्यक जनतक्ति सुरक्षा कानुनी व्यवस्थाका लागि प्रारम्भिक काम सुरु गरिसकेको छ,’ उनले भनिन्,’ युवा पुस्ताको आकांक्षाको प्रतिनिधित्व गर्दै चुनावमा भाग लिन र चुनावलाई सहयोग गर्ने राजनीतिक दलसहित सबैलाई आह्वान गर्छु,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

देश बाहिर रहेका नेपालीलाई मतदाता गर्नेबारे पनि छलफल भइरहेको उनले बताइन् । उनले छोटो समयमै विगतमा भएका भ्रष्टाचारबारे प्रष्ट जानकारी पाएको बताएकी छिन् ।  उनले नेताका घरमा भेटिएका पैसा लगायतका विषयमा अनुसन्धान भइरहेको पनि जानकारी दिइन् । भ्रष्टाचारका विषयमा आवश्यक छानबिन गरेर दोषीलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइने समेत उनले बताइन् । ‘वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका सन्दर्भमा यो छोटो समयमा प्रष्ट जानकारी पाइसकेको छ । यसको आवश्यक छानबिन गरी दोषीलाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउनेछ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाँकेमा दुई मोटरसाइकल आपसमा ठोकिँदा घाइते भएका अर्का शिक्षकको पनि मृत्यु
बाँकेमा दुई मोटरसाइकल आपसमा ठोकिँदा घाइते भएका अर्का शिक्षकको पनि मृत्यु
प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना पक्राउ
प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना पक्राउ
स्थानीय तह बजेट : ग्रामथानमा एमाले– माओवादीबीच झगडा
स्थानीय तह बजेट : ग्रामथानमा एमाले– माओवादीबीच झगडा
मोटरसाइकलबाट लडेर महिलाको मृ*त्यु, चालक फरार
मोटरसाइकलबाट लडेर महिलाको मृ*त्यु, चालक फरार
सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने
सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने
तुर्कमेनिस्तान जाँदै प्रधानमन्त्री, कोको छन् भ्रमण टोलीमा ?
तुर्कमेनिस्तान जाँदै प्रधानमन्त्री, कोको छन् भ्रमण टोलीमा ?
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत जाँदै
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत जाँदै
६६६ बिचौलियालाई नियन्त्रणमा, ४६५ सुकुमवासीलाई राहत
६६६ बिचौलियालाई नियन्त्रणमा, ४६५ सुकुमवासीलाई राहत
पत्रकार महासंघको निर्वाचन स्थगित
पत्रकार महासंघको निर्वाचन स्थगित
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै