सप्तरीमा मोटरसाइकलमा शव बोकेर भागिरहेका भारतीय नागरिक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ ३२, २०८३
|
|
३१२ पटक हेरिएको
Shares
सप्तरीमा मोटरसाइकलमा शव बोकेर भागिरहेका भारतीय नागरिक पक्राउ

सारांश

  • सप्तरीमा मोटरसाइकलमा शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
  • घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन्।
  •  जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार प्रारम्भिक अनुसन्धानमा बुधबार शम्भुनाथ नगरपालिका–६ कठौना बजारमा ठक्कर दिई एक किशोरको मृत्यु भएपछि शव मोटरसाइकलमा राखेर भागेको देखिएको छ।

३२ असार, सप्तरी ।

सप्तरीमा मोटरसाइकलमा शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार प्रारम्भिक अनुसन्धानमा बुधबार शम्भुनाथ नगरपालिका–६ कठौना बजारमा ठक्कर दिई एक किशोरको मृत्यु भएपछि शव मोटरसाइकलमा राखेर भागेको देखिएको छ। दुर्घटना वा हत्या हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए। मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका–५ मोहनपुर निवासी मोहम्मद सदामाका १४ वर्षीय छोरा मोहम्मद सादिक रहेका छन्। उनी सदामका एकलो छोरा थिए । प्रहरीले भारतको मधुवनी खतौनी पिपराहीका वर्ष २८ वर्षीय मो. सादर नटलाई पक्राउ गरेको छ ।

प्रहरी चौकी बिसनपुरका प्रहरी सहायक निरीक्षक हरेन्द्र यादवको नेतृत्वमा बिसनपुर–बोदेबरसाईन सडक खण्डमा खटिएको प्रहरी टोलीले शंका लागि मोटरसाइकल पछ्याएको थियो । त्यसक्रममा बीआर–३२ बी–९७६४ नम्बरको अपाचे मोटरसाइकलमा सवार दुई जनाले दुर्घटनास्थलबाट करिब ११ किलोमिटर पश्चिम–दक्षिणतर्फ बोदेबरसाईन नगरपालिका–२ हुदै खडक नगरपालिका – १ स्थित दिनाभद्री थान क्षेत्र नजिक शव फालेर भाग्न खोजेका थिए । सो क्रममा एक भारतीय नागरिकलाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

अर्का एक जना व्यक्ति भने फरार भएका छन्। घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी तथा घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्ति बोदेबरसाईन नगरपालिका- ५ स्थित सत्रुघ्न चोकमा सञ्चालनमा रहेको सोनु मिट हाउसका कामदार हुन् । आक्रोशित आफन्तजन तथा स्थानीयवासीले बिहीबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका ६ कठौनामा ३० मिनेट सडक अवरुद्ध गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड
२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड
दुई वटा संसदीय समितिको बैठक बस्दै
दुई वटा संसदीय समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गते प्रस्ताव
राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गते प्रस्ताव
नेपाल चेम्बर र श्रीलङकाको निर्यात चेम्बरबीच वाणिज्य सहकार्यको सम्झौता
नेपाल चेम्बर र श्रीलङकाको निर्यात चेम्बरबीच वाणिज्य सहकार्यको सम्झौता
चौतर्फी आलोचना पछि गृहमन्त्री लेखकले दिए राजीनामा
चौतर्फी आलोचना पछि गृहमन्त्री लेखकले दिए राजीनामा
बागमती नदीले सतर्कता तह पार गर्‍यो
बागमती नदीले सतर्कता तह पार गर्‍यो
आलेखः सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति
आलेखः सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति
महिलासँग जोडिने स्थानीय सरकारको अभियान, सुत्केरीसँग उपाध्यक्ष भेट कार्यक्रम
महिलासँग जोडिने स्थानीय सरकारको अभियान, सुत्केरीसँग उपाध्यक्ष भेट कार्यक्रम
महोत्तरीको रामगोपालपुरका वडाध्यक्ष मुकेश यादवको हत्या आरोपमा दुईजना पक्राउ
महोत्तरीको रामगोपालपुरका वडाध्यक्ष मुकेश यादवको हत्या आरोपमा दुईजना पक्राउ