सप्तरीमा मोटरसाइकलमा शव बोकेर भागिरहेका भारतीय नागरिक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ ३२, २०८३
|
|
३२१ पटक हेरिएको
Shares
सप्तरीमा मोटरसाइकलमा शव बोकेर भागिरहेका भारतीय नागरिक पक्राउ

सारांश

  • सप्तरीमा मोटरसाइकलमा शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
  • घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन्।
  •  जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार प्रारम्भिक अनुसन्धानमा बुधबार शम्भुनाथ नगरपालिका–६ कठौना बजारमा ठक्कर दिई एक किशोरको मृत्यु भएपछि शव मोटरसाइकलमा राखेर भागेको देखिएको छ।

३२ असार, सप्तरी ।

सप्तरीमा मोटरसाइकलमा शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार प्रारम्भिक अनुसन्धानमा बुधबार शम्भुनाथ नगरपालिका–६ कठौना बजारमा ठक्कर दिई एक किशोरको मृत्यु भएपछि शव मोटरसाइकलमा राखेर भागेको देखिएको छ। दुर्घटना वा हत्या हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए। मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका–५ मोहनपुर निवासी मोहम्मद सदामाका १४ वर्षीय छोरा मोहम्मद सादिक रहेका छन्। उनी सदामका एकलो छोरा थिए । प्रहरीले भारतको मधुवनी खतौनी पिपराहीका वर्ष २८ वर्षीय मो. सादर नटलाई पक्राउ गरेको छ ।

प्रहरी चौकी बिसनपुरका प्रहरी सहायक निरीक्षक हरेन्द्र यादवको नेतृत्वमा बिसनपुर–बोदेबरसाईन सडक खण्डमा खटिएको प्रहरी टोलीले शंका लागि मोटरसाइकल पछ्याएको थियो । त्यसक्रममा बीआर–३२ बी–९७६४ नम्बरको अपाचे मोटरसाइकलमा सवार दुई जनाले दुर्घटनास्थलबाट करिब ११ किलोमिटर पश्चिम–दक्षिणतर्फ बोदेबरसाईन नगरपालिका–२ हुदै खडक नगरपालिका – १ स्थित दिनाभद्री थान क्षेत्र नजिक शव फालेर भाग्न खोजेका थिए । सो क्रममा एक भारतीय नागरिकलाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

अर्का एक जना व्यक्ति भने फरार भएका छन्। घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी तथा घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्ति बोदेबरसाईन नगरपालिका- ५ स्थित सत्रुघ्न चोकमा सञ्चालनमा रहेको सोनु मिट हाउसका कामदार हुन् । आक्रोशित आफन्तजन तथा स्थानीयवासीले बिहीबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका ६ कठौनामा ३० मिनेट सडक अवरुद्ध गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला
ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला
भारतका पूर्वगृहमन्त्री शिवराज पाटिलको निधन
भारतका पूर्वगृहमन्त्री शिवराज पाटिलको निधन
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
मधेशका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने
मधेशका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत
रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत
लाखौँ जनता सडकमा आए ,गणतन्त्र एकै दिनमा समाप्त हुन्छ, राजेन्द्र लिङ्देन
लाखौँ जनता सडकमा आए ,गणतन्त्र एकै दिनमा समाप्त हुन्छ, राजेन्द्र लिङ्देन
जेनजी आन्दोलन गरेर द्वन्द्वकालको माओवादीले भन्दा हिंसात्मक बाटो रोजियो
जेनजी आन्दोलन गरेर द्वन्द्वकालको माओवादीले भन्दा हिंसात्मक बाटो रोजियो
वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध
वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी, मुख्यमन्त्रीलाई शेखर-गगन समूहको चेतावनी
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी, मुख्यमन्त्रीलाई शेखर-गगन समूहको चेतावनी
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...