राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १४, २०८३
|
|
३६५ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँस्थित चुँदीरम्घामा आज (सोमबार) भानु साहित्य उद्यानको शिलान्यास गरेका छन् ।
  • भानु साहित्य उद्यानको अवधारणामा भानुभक्तको जीवनी, व्यक्तित्व, कृतित्व र योगदानलाई मूर्त रूप दिने चिन्तन समेटिएको छ ।
  • रम्घाको शिखरमा गोलघरमाथि भानुभक्तको विशाल प्रतिमा स्थापना, त्यसको भित्री भागमा भानुभक्तको जीवनीको झलक, उपयुक्त स्थानमा भानुभक्तसहित नेपालका विविध भाषाका आदिकवि र प्रमुख स्रष्टाहरूका मूर्ति स्थापना भानुभक्तको साहित्यिक व्यक्तित्वलाई चिनाउने अवधारणा समावेश छ ।

१४ वैशाख, दमौली ।

राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँस्थित चुँदीरम्घामा आज (सोमबार) भानु साहित्य उद्यानको शिलान्यास गरेका छन् । भानु साहित्य उद्यानको अवधारणामा भानुभक्तको जीवनी, व्यक्तित्व, कृतित्व र योगदानलाई मूर्त रूप दिने चिन्तन समेटिएको छ । रम्घाको शिखरमा गोलघरमाथि भानुभक्तको विशाल प्रतिमा स्थापना, त्यसको भित्री भागमा भानुभक्तको जीवनीको झलक, उपयुक्त स्थानमा भानुभक्तसहित नेपालका विविध भाषाका आदिकवि र प्रमुख स्रष्टाहरूका मूर्ति स्थापना भानुभक्तको साहित्यिक व्यक्तित्वलाई चिनाउने अवधारणा समावेश छ ।

रामायण मन्दिर निर्माण गरी भानुभक्तको कृतित्वलाई मूर्त रूप दिने अवधारणा पनि छ । त्यसैगरी, साहित्य ग्राम, प्रज्ञा भवन, वनस्पति उद्यान र मनोरञ्जन उद्यान निर्माण गर्नु र भानुभक्तकालीन बस्ती र बजार क्षेत्र विकास गर्ने अवधारणा योजनामा छन् । उद्यानको अर्को प्रमुख अवधारणा सप्तधाम निर्माण गर्ने रहेको छ । यो अवधारणा वर्तमान नेपालको सङ्घीय संरचनाअन्तर्गत रहेका सातै प्रदेश र प्रमुख सांस्कृतिक स्थलका लघु संरचना निर्माण गरी नेपालको राष्ट्रिय स्वरूपलाई झल्काउनु र राष्ट्रिय एकताको केन्द्रका रूपमा यसलाई विकसित गरे । यसअन्तर्गत नेपालको सात प्रदेशका सात प्रसिद्ध धाम निर्माण गरिने छ । पहिलो चरणमा कोसीको वराहक्षेत्र दाम, मधेसको जनकपुरधाम, बाग्मतीको पशुपतिनाथधाम, गण्डकीको मुक्तिनाथ धाम, लुम्बिनीको लुम्बिनीधाम, कर्णालीको चन्दननाथधाम र सुदूरपश्चिमको वैद्यनाथधाम समेटिएका छन् । यस क्षेत्रमा तत् तत् क्षेत्रका सबै जात जातिका सांस्कृतिक पहिचानलाई थप्दै लैजाने योजना रहेको छ ।

उद्यानको शिलान्यास गर्दै राष्ट्रपति पौडेलले स्रष्टा मुलुकको पुँजी र पहिचान भएकाले स्रष्टाको सम्मान गरी भाषा, साहित्यको विकासमा सरकार तथा सम्बद्ध सबै पक्षले ध्यान केन्द्रित गर्न जरुरी रहेको धारणा व्यक्त गरे । ‘आज हामी भानुभक्तको जन्मस्थलमा उभिएका छौँ, भानुभक्तले यही भूमिमा हुर्के–वढेर काव्यकृतिहरू सिर्जना गरे, त्यसैले, हामीले भानुभक्तप्रति गर्ने सच्चा श्रद्धाञ्जली भनेको उनको जन्मभूमिलाई नेपाली भाषा, साहित्य र संस्कतिको त्रिवेणीका रूपमा विकास गर्नु हो, यस्तो प्रयास निकैअघिदेखि प्रारम्भ हुँदै आएको पनि छ’, राष्ट्रपति पौडेलले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू
गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू
दोस्रो दिन पनि महानगरविरूद्ध न्यूरोडका व्यवसायीको प्रदर्शन (तस्वीरहरू)
दोस्रो दिन पनि महानगरविरूद्ध न्यूरोडका व्यवसायीको प्रदर्शन (तस्वीरहरू)
सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
३ हजार नाघेर झर्‍यो सेयर बजार, साढे २६ अर्बको कारोबार
३ हजार नाघेर झर्‍यो सेयर बजार, साढे २६ अर्बको कारोबार
रास्वपा र राप्रपाले आज पनि गर्‍यो संसद बैठक बहिस्कार
रास्वपा र राप्रपाले आज पनि गर्‍यो संसद बैठक बहिस्कार
देश विकासका लागि युवा एकतामा जोड
देश विकासका लागि युवा एकतामा जोड
संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने
संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने
सुवास नेम्वाङ निधनको शोकमा बिहीबार देशभर सार्वजनिक बिदा
सुवास नेम्वाङ निधनको शोकमा बिहीबार देशभर सार्वजनिक बिदा
बीमा रकम हत्याउन भारतीयसँग मिलेर श्रीमानको हत्या
बीमा रकम हत्याउन भारतीयसँग मिलेर श्रीमानको हत्या
रौतहटमा चुनावी परिणामको अर्को पाटो : १२८ उम्मेदवारको जमानत जफत, राज्य कोषमा १२ लाखभन्दा बढी जम्मा
रौतहटमा चुनावी परिणामको अर्को पाटो : १२८ उम्मेदवारको जमानत जफत, राज्य कोषमा १२ लाखभन्दा बढी जम्मा