सहज बन्दै देवानगन्ज, कर्फ्यु भने कायमै
सारांश
- सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएपछि उत्पन्न तनाव मंगलबार बिहान केही सहज बनेको छ।
- सोमबार दिनभर कर्फ्यु उल्लंघन गर्दै विभिन्न स्थानमा प्रदर्शन भएपछि प्रशासनले सेना परिचालनसमेत गरेको थियो।
- मंगलबार बिहानसम्म प्रदर्शनकारी सडकमा नआए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिएको प्रहरीले जनाएको छ।
सुनसरी। सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएपछि उत्पन्न तनाव मंगलबार बिहान केही सहज बनेको छ। सोमबार दिनभर कर्फ्यु उल्लंघन गर्दै विभिन्न स्थानमा प्रदर्शन भएपछि प्रशासनले सेना परिचालनसमेत गरेको थियो।
मंगलबार बिहानसम्म प्रदर्शनकारी सडकमा नआए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिएको प्रहरीले जनाएको छ। घटनामा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने कम्तीमा २१ जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर छ।

घटनापछि सरकारले सुनसरीका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका केही उच्च अधिकारीलाई फिर्ता बोलाएको छ। घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ।

प्रतिक्रिया