प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ताे छ कार्यसूची
सारांश
- प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
- बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।
- आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल हुने छ ।
३१ वैशाख, काठमाडौं ।
प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल हुने छ । सदनको आजको सम्भावित कार्यसूचीमा छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने सम्भावित कार्यसूची रहेको छ ।

नीति तथा कार्यक्रमलाई आजै निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३÷८४ को बजेटसमेत प्रस्तुत हुनेछ । नीति तथा कार्यक्रम पेस गर्न प्रधानमन्त्री बालेन शाह नआएपछि प्रतिपक्षी सांसदहरूले बुधबार सदन अवरुद्ध गरेका थिए ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया