मामा-माइजूको हत्या आरोपमा २२ वर्षपछि पक्राउ परे केदारसिंह थापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ २६, २०८२
|
|
३५ पटक हेरिएको
Shares
मामा-माइजूको हत्या आरोपमा २२ वर्षपछि पक्राउ परे केदारसिंह थापा

सारांश

  • सिन्धुलीमा आफ्नै मामामाइजूको विभत्स हत्या गरेर फरार भएको आरोपमा एक जना व्यक्ति २२ वर्षपछि पक्राउ परेका छन् ।
  • दुधौली नगरपालिका-१३ का एक दम्पतीको हत्या गरेर फरार भएको आरोपमा लागेका केदारसिंह थापालाई प्रहरीले पक्राउ गरेको हो ।
  • थापाले २०६० साल पुस ६ गते राति धारिलो हतियार प्रयोग गरी ४५ वर्षका रत्नबहादुर कार्की र दुर्गामाया कार्कीको हत्या गरी फरार भएको आरोप छ ।

२६ असार, काभ्रेपलाञ्चोक ।

सिन्धुलीमा आफ्नै मामामाइजूको विभत्स हत्या गरेर फरार भएको आरोपमा एक जना व्यक्ति २२ वर्षपछि पक्राउ परेका छन् । दुधौली नगरपालिका-१३ का एक दम्पतीको हत्या गरेर फरार भएको आरोपमा लागेका केदारसिंह थापालाई प्रहरीले पक्राउ गरेको हो । थापाले २०६० साल पुस ६ गते राति धारिलो हतियार प्रयोग गरी ४५ वर्षका रत्नबहादुर कार्की र दुर्गामाया कार्कीको हत्या गरी फरार भएको आरोप छ । थापाको घर उदयपुरको कटारी हो ।

थापालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले दाङको लमही नगरपालिका-९ जलकुण्डीबाट पक्राउ गरेको हो । हत्यापछि विभिन्न ठाउँमा लुकेर बसेका उनलाई नेपाल प्रहरीले विशेष सूचनाका आधारमा गत असार २३ गते पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार प्रहरीको निरन्तर अनुसन्धानपश्चात् घटनामा संलग्न भनिएका प्रतिवादी थापालाई लुकिछिपि बस्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । ‘यो हत्या प्रकरण सिन्धुली प्रहरीको लागि मात्र होइन, सम्पूर्ण प्रहरी संगठनका लागि चुनौतीपूर्ण अनुसन्धान थिय’, उनले अघि भने, ‘फरार अभियुक्तलाई २२ वर्षपछि पक्राउ गर्न सफल हुनु हाम्रो लागि ठूलो उपलब्धि हो। अब पीडित परिवारले न्याय पाउने मार्ग खुलेको छ।’

कार्की दम्पती थापाका कान्छो मामामाइजू हहुन् । घटनापछि मृतकका छोरा दुर्गाबहादुर कार्कीले थापाविरुद्ध किटानी जाहेरी दिएका थिए । मामा-भान्जाबीचको आर्थिक लेनदेनको विषयले हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । थापा केही वर्ष विदेशमा बसेर आएका थिए । मामा-भान्जाबीचमा जग्गा किन्ने विषयमा आर्थिक लेनदेन भएको थियो तर पछि मामाले जग्गा पास गर्न नमानेपछि हत्या भएको प्रहरीको भनाइ छ । अभियुक्त थापालाई जिल्ला अदालत सिन्धुलीबाट म्याद गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘उपसचिव हुँ’ भन्दै ठगी गर्ने महिला पक्राउ
‘उपसचिव हुँ’ भन्दै ठगी गर्ने महिला पक्राउ
घुसकाण्डमा जोडिएका पूर्वमन्त्री गुप्तालाई अख्तियारले बोलायो
घुसकाण्डमा जोडिएका पूर्वमन्त्री गुप्तालाई अख्तियारले बोलायो
सिंहदरबार प्रवेश गर्न अघि बढेका सहकारी पीडितमाथि लाठी प्रहार
सिंहदरबार प्रवेश गर्न अघि बढेका सहकारी पीडितमाथि लाठी प्रहार
सुन्धारा कारागारबाट भागेका कैदी मकवानपुरबाट पक्राउ
सुन्धारा कारागारबाट भागेका कैदी मकवानपुरबाट पक्राउ
दुई करोड १० लाखमा दुई कल्भर्ट निर्माण
दुई करोड १० लाखमा दुई कल्भर्ट निर्माण
नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन :  प्रधानमन्त्री
नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन : प्रधानमन्त्री
लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
बढ्यो हेलिकप्टरको भाडा, अब कहाँ जान कति लाग्छ ? (सुचीसहित)
बढ्यो हेलिकप्टरको भाडा, अब कहाँ जान कति लाग्छ ? (सुचीसहित)
संघीय संसदको बैठक बस्दै, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
संघीय संसदको बैठक बस्दै, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
हिमपातले सडक अवरुद्ध भएपछि हेलिकप्टरबाट पठाइयो निर्वाचन सामग्री र कर्मचारी
हिमपातले सडक अवरुद्ध भएपछि हेलिकप्टरबाट पठाइयो निर्वाचन सामग्री र कर्मचारी