बढ्यो हेलिकप्टरको भाडा, अब कहाँ जान कति लाग्छ ? (सुचीसहित)

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २३, २०८१
|
|
२६ पटक हेरिएको
Shares
बढ्यो हेलिकप्टरको भाडा, अब कहाँ जान कति लाग्छ ? (सुचीसहित)

सारांश

  • आगामी असोज १५ (अक्टोबर १) बाट लागू हुने गरी कम्पनीहरूले विभिन्न गन्तव्यका लागि भाडा बढाउने सहमति गरेका हुन् ।
  • हेलिकप्टर कम्पनीहरु एयर डाइनेष्टी, अल्टिट्युड, फिस्टेल, हेलि एयरभेष्ट, कैलास, मनाङ, प्रभु, श्री र सिम्रिक एयरका प्रतिनिधिले गत जेठ २१ गते गरेको सहमतिअनुसार काठमाडौँबाट हुने उडानसहित विभिन्न गन्तव्यको भाडा वृद्धि हुने भएको हो ।
  • सहमतिअनुसार काठमाडौँबाट हुने उडानसहित विभिन्न गन्तव्यको भाडामा ४ देखि ५ प्रतिशतसम्म वृद्धि भएको बताएका छन्।

 

२३ साउन, काठमाडौँहेलिकप्टर कम्पनीहरुले हेलिकप्टर चार्टर गर्दा लिने भाडा बढाएका छन् ।

आगामी असोज १५ (अक्टोबर १) बाट लागू हुने गरी कम्पनीहरूले विभिन्न गन्तव्यका लागि भाडा बढाउने सहमति गरेका हुन् ।हेलिकप्टर कम्पनीहरु एयर डाइनेष्टी, अल्टिट्युड, फिस्टेल, हेलि एयरभेष्ट, कैलास, मनाङ, प्रभु, श्री र सिम्रिक एयरका प्रतिनिधिले गत जेठ २१ गते गरेको सहमतिअनुसार काठमाडौँबाट हुने उडानसहित विभिन्न गन्तव्यको भाडा वृद्धि हुने भएको हो । सहमतिअनुसार काठमाडौँबाट हुने उडानसहित विभिन्न गन्तव्यको भाडामा ४ देखि ५ प्रतिशतसम्म वृद्धि भएको बताएका छन्।

भाडादरको सूचीअनुसार नेपालीहरूका लागि सबैभन्दा कम शुल्क काठमाडौँबाट गोसाइकुण्डको रहेको छ। यहाँ जानआउन दुईतर्फी यात्राका लागि डेढ लाख रूपैयाँ तिर्नुपर्छ। त्यस्तै सबैभन्दा बढी भाडा काठमाडौँ–दार्चुलाको १४ लाख रहेको छ।

कहाँ जान कति लाग्छ भाडा ?

काठमाडौँ-गोसाइँकुण्ड-काठमाडौँ : १ लाख ५० हजार रूपैयाँ।
काठमाडौँ-वीरगन्ज-काठमाडौँ : २ लाख २० हजार रूपैयाँ।
काठमाडौँ-जनकपुर-काठमाडौँ : ३ लाख रूपैयाँ।
काठमाडौँ-ओखलढुंगा-काठमाडौँ : २ लाख २० हजार रूपैयाँ।
काठमाडौँ-पोखरा-काठमाडौँ : ३ लाख ३० हजार रूपैयाँ।
काठमाडौँ-फाप्लु-काठमाडौँ : ३ लाख रूपैयाँ।
काठमाडौँ-खोटाङ-काठमाडौँ : ३ लाख रूपैयाँ।
काठमाडौँ-मुक्तिनाथ-काठमाडौँ : ५ लाख २५ हजार रूपैयाँ।
काठमाडौँ-धरान-काठमाडौँ : ४ लाख ४० हजार रूपैयाँ।
काठमाडौँ-भैरहवा/बुटवल-काठमाडौँ : ४ लाख २५ हजार रूपैयाँ।
काठमाडौँ-भोजपुर-काठमाडौँ : ३ लाख ९० हजार रूपैयाँ।
काठमाडौँ-ताप्लेजुङ-काठमाडौँ : ४ लाख ९० हजार रूपैयाँ।
काठमाडौँ-विराटनगर-काठमाडौँ : ४ लाख ८० हजार रूपैयाँ।
काठमाडौँ-पाथीभरा-काठमाडौँ : ५ लाख २५ हजार रूपैयाँ।
काठमाडौँ-दाङ-काठमाडौँ : ६ लाख २५ हजार रूपैयाँ।
काठमाडौँ-चन्द्रगढी-काठमाडौँ : ५ लाख ७५ हजार रूपैयाँ।
काठमाडौँ-नेपालगञ्ज-काठमाडौँ : ७ लाख ५० हजार रूपैयाँ।
काठमाडौँ-सुर्खेत-काठमाडौँ : ७ लाख ५० हजार रूपैयाँ।
काठमाडौँ-धनगढी-काठमाडौँ : ११ लाख रूपैयाँ।
काठमाडौँ-रारा-काठमाडौँ : ११ लाख रूपैयाँ।
काठमाडौँ-डडेलधुरा-काठमाडौँ : १२ लाख ७५ हजार रूपैयाँ।
काठमाडौँ-सिमीकोट-काठमाडौँ : १२ लाख ७५ रूपैयाँ।

त्यस्तै पर्यटकका लागि गरिने हिमाली क्षेत्रको उडानका लागि पनि भाडा बढेको छ। नयाँ भाडा अनुसार लुक्लाबाट सगरमाथा र मकालु क्षेत्र जानका लागि सबैभन्दा कम फाक्दिङका लागि ४०० डलर रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सस्तोमा ल्यापटप मिलाइदिने भन्दै  २७ लाखभन्दा बढी ठगी गर्ने  व्यक्तिहरु पक्राउ
सस्तोमा ल्यापटप मिलाइदिने भन्दै २७ लाखभन्दा बढी ठगी गर्ने व्यक्तिहरु पक्राउ
तराई–मधेसको सिंचाई र खानेपानीको समस्याप्रति सरकार गम्भीर छैनः सांसद यादव
तराई–मधेसको सिंचाई र खानेपानीको समस्याप्रति सरकार गम्भीर छैनः सांसद यादव
उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द, बैङ्क खाता रोक्का
उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द, बैङ्क खाता रोक्का
सवारी दुर्घटनामा ६ जनाको मृत्यु
सवारी दुर्घटनामा ६ जनाको मृत्यु
भ्रष्टाचारमा लिप्त मान्छेलाई ऊर्जामन्त्री बनाइएको छ – प्रचण्ड
भ्रष्टाचारमा लिप्त मान्छेलाई ऊर्जामन्त्री बनाइएको छ – प्रचण्ड
धरहराबाट एनपीएलको ट्रफी अनावरण
धरहराबाट एनपीएलको ट्रफी अनावरण
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो, आदेश आउन बाँकी
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो, आदेश आउन बाँकी
भारतमा माओवादी नेता मारिएपछि काठमाडौंमा विरोध प्रदर्शन (तस्वीरहरू)
भारतमा माओवादी नेता मारिएपछि काठमाडौंमा विरोध प्रदर्शन (तस्वीरहरू)
फरार सूचीमा रहेका विद्यार्थी नेता यादव धरौटीमा रिहा
फरार सूचीमा रहेका विद्यार्थी नेता यादव धरौटीमा रिहा
बढी नाफाको लोभ देखाउँदै ‘नेप्से एआई’ एपबाट ठगी धन्दा, सतर्क रहन आग्रह
बढी नाफाको लोभ देखाउँदै ‘नेप्से एआई’ एपबाट ठगी धन्दा, सतर्क रहन आग्रह