बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेष्टहाउस सञ्चालक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक २, २०८१
|
|
३१ पटक हेरिएको
Shares
बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेष्टहाउस सञ्चालक पक्राउ

सारांश

  • बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक गेष्टहाउस सञ्चालक पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–६ घर भइ काठमाडौंको नयाँ बसपार्कस्थित नीमा गेष्टहाउस सञ्चालन गर्दै आएका २९ वर्षीय सुजन तामाङ छन् ।
  • उनलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

 

२ कात्तिक, काठमाडौं। बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक गेष्टहाउस सञ्चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–६ घर भइ काठमाडौंको नयाँ बसपार्कस्थित नीमा गेष्टहाउस सञ्चालन गर्दै आएका २९ वर्षीय सुजन तामाङ छन् । उनलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । nउनले बालिकालाई ललाइफकाई आर्थिक प्रलोभनमा पारेर यौन व्यवसायमा लगाएको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए । प्रति ग्राहक १ घण्टादेखि २ घण्टासम्म यौन सम्पर्क गरे वापत उनले २ देखि ३ हजार रुपैयाँ बुझ्ने गरेको एसपी मिश्रले बताए ।

पीडित बालिकालाई उनले एक महिनादेखि गेष्टहाउसबाट बाहिर निस्कन समेत नदिई यौन व्यवसायमा लगाएको आरोप छ । बालिका बिरामी हुँदा समेत उपचार गर्नुका साटो यौन व्यवसायमा लगाएको पाइएको ब्यूरोले जनाएको छ । बिहीबार गेष्टहाउसबाटै पक्राउ परेका तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?