एनपिएलको मार्की तय, खेलाडीले जनही २० लाख पाउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २९, २०८१
|
|
३४ पटक हेरिएको
Shares
एनपिएलको मार्की तय, खेलाडीले जनही २० लाख पाउने

सारांश

  • उक्त एनपिएलमा खेल्ने आठ फ्रेन्चाइज टोलीका मार्की खेलाडी २० लाख रुपैयाँ पाउने भएका हुन् ।
  • क्यानले शनिवार काठमाडौंमा आयोजना गरेको मार्की खेलाडी छनोट गर्ने कार्यक्रममा उनीहरूले पाउने पारिश्रमिकबारे जानकारी दिएको हो ।
  • शनिवार गोलाप्रथाबाट नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल लुम्बिनी र पूर्वकप्तान सन्दीप लामिछाने विराटनगरको मार्की खेलाडी तय भएका छन् ।

२९ भदौ,  काठमाडौं  आगामी मंसिरको तेस्रो सातादेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) का मार्की खेलाडी २० लाख रुपैयाँ पाउने भएका छन्नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी मंसिर १५ देखि पुस ६ सम्म हुने तय छ । उक्त एनपिएलमा खेल्ने आठ फ्रेन्चाइज टोलीका मार्की खेलाडी २० लाख रुपैयाँ पाउने भएका हुन् । क्यानले शनिवार काठमाडौंमा आयोजना गरेको मार्की खेलाडी छनोट गर्ने कार्यक्रममा उनीहरूले पाउने पारिश्रमिकबारे जानकारी दिएको हो । शनिवार गोलाप्रथाबाट नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल लुम्बिनी र पूर्वकप्तान सन्दीप लामिछाने विराटनगरको मार्की खेलाडी तय भएका छन् । काठमाडौंले तिब्र गतिका अनुभवी बलर करण केसीलाई मार्की खेलाडीको रूपमा पाएको छ ।त्यस्तै ओपनर कुशल भुर्तेल पोखरा र अलराउण्डर कुशल मल्ल चितवनको मार्की तय भएका छन् । अर्का ओपनर आसिफ शेख जनकपुर, अनुभवी बलर सोमपाल कामी कर्णाली र दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिमका मार्की खेलाडीका रूपमा छनोट भएका छन् । पोखराको स्वामित्व नेपाल टी–२० प्राली, काठमाडौंको स्वामित्व कान्तिपुर पब्लिकेशन र चितवनको स्वामित्व चितवन मेडिकल कलेजले खरिद गरेको हो । लुम्बिनीको स्वामित्व फच्र्युना हेल्थ केयर, जनकपुरको ड्रिम्स स्पोर्ट्स र कर्णालीको स्वामित्व हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सले खरिद गरेको हो ।
इम्पायर स्पोर्ट्स म्यानेजमेन्टको स्वामित्वमा सुदूरपश्चिम छ । एमएडी ड्रिम स्पोटर््सले विराटनगर दुई करोड पाँच लाख खरिद गरेको थियो । पोखराका लागि सबैभन्दा बढी तीन करोड ५७ लाख मूल्यमा खरिद भएको हो । कर्णाली सबैभन्दा कम एक करोड ११ लाखमा हिमालयनले फ्रेन्चाइजी पाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्यमन्त्रीको दुखेसो : नेताकै दबाबमा चिकित्सकको सरुवा अड्कियो
स्वास्थ्यमन्त्रीको दुखेसो : नेताकै दबाबमा चिकित्सकको सरुवा अड्कियो
भीपीएन के हो ? जोखिम के छ ?
भीपीएन के हो ? जोखिम के छ ?
मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा डा. सुनिल रंजन सिंह नियुक्त
मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा डा. सुनिल रंजन सिंह नियुक्त
मधेश झर्दै प्रधानमन्त्री, भन्छन्– किसानका कुरा सुनौं भन्ने लागेको छ
मधेश झर्दै प्रधानमन्त्री, भन्छन्– किसानका कुरा सुनौं भन्ने लागेको छ
कक्षा १२ को नतिजा सार्वजनिक
कक्षा १२ को नतिजा सार्वजनिक
सकुम्बासीको न्यायका लागि संघर्ष समितिद्वारा देशव्यापी आन्दोलनको घोषणा, नेपाल बन्दसम्म
सकुम्बासीको न्यायका लागि संघर्ष समितिद्वारा देशव्यापी आन्दोलनको घोषणा, नेपाल बन्दसम्म
देशभर अपाङ्गता सेवामा पहुँच कमजोर, निःशुल्क ह्वीलचेयर पनि उपलब्ध छैन : मन्त्री खरेल
देशभर अपाङ्गता सेवामा पहुँच कमजोर, निःशुल्क ह्वीलचेयर पनि उपलब्ध छैन : मन्त्री खरेल
पाँचवटा संसदीय समितिको बैठक बस्दै, निगमको इन्धन भण्डारण सम्बन्धमा छलफल हुने
पाँचवटा संसदीय समितिको बैठक बस्दै, निगमको इन्धन भण्डारण सम्बन्धमा छलफल हुने
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार
कैलालीका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ
कैलालीका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ