देशभर अपाङ्गता सेवामा पहुँच कमजोर, निःशुल्क ह्वीलचेयर पनि उपलब्ध छैन : मन्त्री खरेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १७, २०८२
|
|
२८ पटक हेरिएको
Shares
देशभर अपाङ्गता सेवामा पहुँच कमजोर, निःशुल्क ह्वीलचेयर पनि उपलब्ध छैन : मन्त्री खरेल

सारांश

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका अपाङ्गता भएका व्यक्तिहरू अझै पनि सेवासुविधाबाट वञ्चित रहेको बताएका छन् ।
  • अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री खरेलले समाज र राज्य दुवैले अपाङ्गता भएका व्यक्तिहरूप्रति देखाउनुपर्ने संवेदनशीलता पर्याप्त रूपमा विकास नभएको उल्लेख गरेका हुन् ।
  • उनले भने, ‘हामी हरेक व्यक्तिहरू चिन्तित हुन्छौं, खुसी हुन्छौं, सुख–दुःख भोग्छौं ।

१७ मंसिर, काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका अपाङ्गता भएका व्यक्तिहरू अझै पनि सेवासुविधाबाट वञ्चित रहेको बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री खरेलले समाज र राज्य दुवैले अपाङ्गता भएका व्यक्तिहरूप्रति देखाउनुपर्ने संवेदनशीलता पर्याप्त रूपमा विकास नभएको उल्लेख गरेका हुन् ।

उनले भने, ‘हामी हरेक व्यक्तिहरू चिन्तित हुन्छौं, खुसी हुन्छौं, सुख–दुःख भोग्छौं । तर जब हामी अपाङ्गता भएका व्यक्तिहरूलाई भेट्छौं, तब जीवनको असली परिभाषा तपाईंहरूभित्र देख्छौं । विभेद अन्त्यका अनेक प्रयास भए पनि अपाङ्गता भएका व्यक्तिमाथिको विभेद अझै समाप्त भएको छैन ।’ सरकारी तथ्याङ्कलाई आधार मान्दा देशभर करिब साँढे ६ लाख अपाङ्गता भएका व्यक्तिहरू रहेको उल्लेख गर्दै उनले तीमध्ये झण्डै डेढ लाख गम्भीर अवस्थामा रहेको बताए । ‘गम्भीर अपाङ्गता भएकामध्ये धेरैको जीवन विछ्यौनामै बितिरहेको छ । उनीहरूको जीवनमा राज्य र समाजले कति ध्यान दिएको छ भन्ने प्रश्न उठेको छ,’उनले भने ।

प्रदेशदेखि स्थानीय तहसम्म आवश्यक सेवा प्राप्त गर्न कठिनाइ अत्यधिक रहेको उल्लेख गर्दै मन्त्री खरेलले ह्वीलचेयरजस्ता आधारभूत सहायक सामाग्रीसमेत सहज र निःशुल्क रूपमा उपलब्ध हुन नसकेको तथ्य उजागर गरे । उनले भने, ‘दार्चुला, बैतडी, सोलुखुम्बु, रौतहट वा सातै प्रदेशका कुनै पनि ठाउँमा रहेको शारीरिक अपाङ्गता भएका व्यक्तिले के उनी आफ्नो जिल्लामै सहज र निःशुल्क रूपमा ह्वीलचेयर पाउँछन् त ? यो अझै सुनिश्चित छैन ।’ मन्त्री खरेलले विभेद अन्त्य र पहुँचयोग्य सेवा सुनिश्चितताका लागि तीनै तहका सरकार तथा समाज सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्यामलालले पाँच दिनमा परिवारका तीन सदस्य गुमाए
श्यामलालले पाँच दिनमा परिवारका तीन सदस्य गुमाए
म्यानमारका भूकम्पपीडितलाई राहत बोकेर उड्यो नेपाली सेनाको टोली
म्यानमारका भूकम्पपीडितलाई राहत बोकेर उड्यो नेपाली सेनाको टोली
१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी
१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी
संघीयता भनेको अधिकार र अवसरको न्यायोचित वितरण हो : प्रदेश प्रमुख सुरेन्द्र लाभ
संघीयता भनेको अधिकार र अवसरको न्यायोचित वितरण हो : प्रदेश प्रमुख सुरेन्द्र लाभ
सर्लाहीमा सडेको अवस्थामा पुरुषको श*व फेला
सर्लाहीमा सडेको अवस्थामा पुरुषको श*व फेला
मेस्सीको ह्याट्रिकसँगै अल्जेरिया विरुद्ध अर्जेन्टिनाको सानदार जित
मेस्सीको ह्याट्रिकसँगै अल्जेरिया विरुद्ध अर्जेन्टिनाको सानदार जित
चितवनका विकास योजना लिएर कांग्रेस-एमालेले भेटे प्रधानमन्त्रीलाई
चितवनका विकास योजना लिएर कांग्रेस-एमालेले भेटे प्रधानमन्त्रीलाई
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
सातै प्रदेशमा मतदान जारी
सातै प्रदेशमा मतदान जारी
‘हमासले सात इजरायली बन्धकहरूलाई रेडक्रसलाई हस्तान्तरण गर्‍यो’
‘हमासले सात इजरायली बन्धकहरूलाई रेडक्रसलाई हस्तान्तरण गर्‍यो’