श्यामलालले पाँच दिनमा परिवारका तीन सदस्य गुमाए

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १८, २०८१
|
|
२४ पटक हेरिएको
Shares
श्यामलालले पाँच दिनमा परिवारका तीन सदस्य गुमाए

सारांश

  • घरमै निको होला भन्दाभन्दै दुई दिनपछि उनको निधन भयो।
  • श्यामलाल पासीको घरमा देखिएको झाडापखाला, ज्वरो र टाउको दुख्ने समस्या त्यत्तिमै रोकिएन।
  • यस्तै लक्षणबाट सङ्क्रमित भएकी ६५ वर्षीया शान्ति पासीको १४ भदौ र त्यसको दुई दिनपछि १६ भदौमा १२ महिनाकी नन्दनी पासीको पनि निधन भएपछि यतिबेला श्यामलाल विक्षिप्त छन्।

 

१८ भदौ , बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटास्थित गेगली गाउँ निवासी ३८ वर्षीया उषा पासी १० भदौमा बिरामी परिन्। घरमै निको होला भन्दाभन्दै दुई दिनपछि उनको निधन भयो। श्यामलाल पासीको घरमा देखिएको झाडापखाला, ज्वरो र टाउको दुख्ने समस्या त्यत्तिमै रोकिएन। यस्तै लक्षणबाट सङ्क्रमित भएकी ६५ वर्षीया शान्ति पासीको १४ भदौ र त्यसको दुई दिनपछि १६ भदौमा १२ महिनाकी नन्दनी पासीको पनि निधन भएपछि यतिबेला श्यामलाल विक्षिप्त छन्। पाँच दिनको अवधिमा बुहारी उषा, भाउजु शान्ति र नातिनी नन्दनीको निधन भएपछि उनी अहिले घरको बाहिरै टोलाएर बस्ने गर्छन्। ‘सोच्दै नसोचेको दुःख व्यहोर्नुपर्‍यो, घरमै ठीक होला भन्दाभन्दै भएन, अचानक पीडामाथि पीडा थपिएको छ,’ उनले भने, ‘स्वास्थ्य संस्थामा लैजान पनि नपाउँदै घरमै तीन जनाको निधन भयो।’ श्यामलालको एकै घरका तीन सदस्यसहित गेगली गाउँकै १० वर्षीय युसुफ शेखको पनि १२ भदौमा मृत्यु भएपछि गेगली गाउँवासी शोक र भयमा छन्। गाउँका अन्य नागरिकमा सङ्क्रमण फैलिन नदिन नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाले सोमबार बिहानैदेखि गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेपछि त्रास हट्दै गएको स्थानीय जाहिद अलि शेखले बताए।स्वास्थ्य शिविरमा श्यामलालले पनि स्वास्थ्य जाँच गरे। स्वास्थ्य अवस्था सामान्य रहेकाले स्वास्थ्यकर्मीले जीवनजल र पानी शुद्धीकरणका लागि पियुस उपलब्ध गराएको उनले बताए। अचानक झाडापखाला, पेट दुख्ने र ज्वरो आउने समस्या देखिनासाथ घरमा उपचार गर्दागर्दै परिवारका तीन सदस्यको मृत्यु भएपछि श्यामलालले बुढेसकालमा ठूलो दुःख व्यहोर्नुपरेको छ। श्यामलालको एकै घरको तीन जनासहित गेगली गाउँमा एक हप्ताको बीचमा चार जनाको मृत्यु भएपछि सोमबार बिहानदेखि नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाबाट खटिएको स्वास्थ्य टोलीले स्थानीय मन्दिर प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो। तीन सय ६५ नागरिकको स्वास्थ्य जाँच गर्दा अहिले गाउँका तीन जनामा मात्रै झाडापखालाको समस्या देखिएकाले अवस्था सामान्य रहेको कालाफाँटा स्वास्थ्यचौकीका प्रमुख मोहम्मद तैयब राइनले जानकारी दिए। ‘झाडापखालाको जोखिमको जानकारी पाउनासाथ हामी यहीँ छौँ, अहिले अवस्था सामान्य छ,’ उनले भने, ‘स्वास्थ्य जाँचका क्रममा झाडापखाला देखिएका तीन जनामध्ये दुई जना अहिले उपचारपछि घर फर्किनुभएको छ भने एक जनालाई भेरी अस्पतालमा पठाइएको छ।’ भारतीय सीमासँग जोडिएको गेगली गाउँमा झाडापखालाबाट १२ भदौमा स्थानीय ३८ वर्षीया उषा पासी र १२ वर्षीय युसुप शेखको निधन भएको थियो। 

१४ भदौमा ६५ वर्षीया शान्ति पासी र १६ भदौमा १२ महिनाकी बालिका नन्दनी पासीको मृत्यु भएको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले बताए।   उनले मृत्यु भएकामध्ये उषा, नन्दनी र शान्तिमा विषाक्त खानाको असरका कारण झाडापखालाको आशंका गरिएको बताए। युसुपमा ज्वरो आउने समस्या देखिएकाले झाडापखालाबाटै मृत्यु भएको भन्न सकिने अवस्था नरहेको स्वास्थ्य शाखा प्रमुख साहको भनाइ छ। झाडापखाला फैलिएको सूचना आएपछि गाउँपालिका स्वास्थ्य शाखाले सोमबार बिहानैदेखि गेगली गाउँमा खुला स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। शिविरमा जाँचका लागि आएका तीन सय ६५ नागरिकलाई स्वास्थ्य अवस्थाअनुसार जीवनजललगायत औषधि वितरण गरिएको उनले जानकारी दिए। स्थानीय ताज मोहम्मद खानले अझै पनि गाउँका मानिस बेलैमा उपचार गर्न स्वास्थ्य संस्था नगई घरेलु विधि अपनाउँदा अकालमै ज्यान जाने अवस्था रहेको बताए। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरमा आगलागीबाट २ करोडको क्षति, आगो निभाउने क्रममा घरधनी घाइते
मकवानपुरमा आगलागीबाट २ करोडको क्षति, आगो निभाउने क्रममा घरधनी घाइते
उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन
उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
७ सदस्यीय संसदीय छानबिन समिति गठन
७ सदस्यीय संसदीय छानबिन समिति गठन
आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चितवनमा रवि लामिछानेसहित १४ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता हुँदै
चितवनमा रवि लामिछानेसहित १४ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता हुँदै
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयले जारी गर्‍यो तीन बुँदे निर्देशन
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयले जारी गर्‍यो तीन बुँदे निर्देशन
कर्णालीमा कांग्रेसले शक्ति प्रदर्शन गर्दै
कर्णालीमा कांग्रेसले शक्ति प्रदर्शन गर्दै
कप्तान अनिलको अविजित अर्धशतकमा मधेशले बागमतीलाई हरायो
कप्तान अनिलको अविजित अर्धशतकमा मधेशले बागमतीलाई हरायो
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक