Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

३० विगाह क्षेत्रफलमा लगाइएको गाँजा र अफिम खेती नष्ट

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १५, २०८२
|
|
३६ पटक हेरिएको
Shares
३० विगाह क्षेत्रफलमा लगाइएको गाँजा र अफिम खेती नष्ट

सारांश

  • मकवानपुरमा अवैध रूपमा गरिएको लागूऔषध गाँजा तथा अफिम खेतीविरुद्ध प्रहरीले व्यापक फडानी अभियान सञ्चालन गरी ३० विगाह क्षेत्रफलमा फैलिएको खेती नष्ट गरेको छ ।
  • गत पौष ११ गतेदेखि पौष १४ गतेसम्म तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, बागमती प्रदेश प्रहरी गण हेटौंडा, विपद् व्यवस्थापन गुल्म हेटौंडा तथा मातहतका प्रहरी कार्यालयहरूबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उक्त अभियान सञ्चालन गरेको हो ।
  • अभियानका क्रममा मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने राक्सीराङ गाउँपालिका अन्तर्गत वडा नं.

हेटौंडा ।

मकवानपुरमा अवैध रूपमा गरिएको लागूऔषध गाँजा तथा अफिम खेतीविरुद्ध प्रहरीले व्यापक फडानी अभियान सञ्चालन गरी ३० विगाह क्षेत्रफलमा फैलिएको खेती नष्ट गरेको छ । गत पौष ११ गतेदेखि पौष १४ गतेसम्म तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, बागमती प्रदेश प्रहरी गण हेटौंडा, विपद् व्यवस्थापन गुल्म हेटौंडा तथा मातहतका प्रहरी कार्यालयहरूबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उक्त अभियान सञ्चालन गरेको हो ।

अभियानका क्रममा मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने राक्सीराङ गाउँपालिका अन्तर्गत वडा नं. १, ६, ७ र ८ तथा कैलाश गाउँपालिका अन्तर्गत वडा नं. १, २, ३, ५, ६ र ९ का विभिन्न स्थानहरूमा अवैध रूपमा लगाइएको लागूऔषध गाँजा करिब २१ बिगाह र अफिम करिब ९ बिगहा गरी जम्मा ३० बिगाह क्षेत्रफलको खेती फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (एसपी) सुभाष चन्द्र बोहराका अनुसार लागूऔषध नियन्त्रण तथा न्यूनीकरणका लागि जिल्लाका दुर्गम तथा जोखिमयुक्त क्षेत्रहरूमा समेत निगरानी बढाउँदै यस्तो अभियानलाई निरन्तरता दिइनेछ । उनले अवैध लागूऔषध खेती, ओसारपसार तथा कारोबारमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारे । प्रहरीले स्थानीय तह, जनप्रतिनिधि तथा समुदायसँग समन्वय गरी आगामी दिनमा पनि लागूऔषधविरुद्ध कडा कदम चाल्ने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिहार विधानसभा निर्वाचन अपडेट, मतगणनामा नीतिश-भाजपा गठवन्धनको अग्रता
बिहार विधानसभा निर्वाचन अपडेट, मतगणनामा नीतिश-भाजपा गठवन्धनको अग्रता
धरान उपमहानगर: २ अर्बको बजेट सिलिङ पारित, भोलि बोलाइयो नगरसभा
धरान उपमहानगर: २ अर्बको बजेट सिलिङ पारित, भोलि बोलाइयो नगरसभा
तनहुँमा बस दुर्घटना: चालकको मृत्यु, यी हुन् घाइते
तनहुँमा बस दुर्घटना: चालकको मृत्यु, यी हुन् घाइते
मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन, प्रहरी सहित १२० जना घाइते
मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन, प्रहरी सहित १२० जना घाइते
राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठ मनोनीत
राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठ मनोनीत
बर्दियामा बाघको आक्रमणबाट १२ वर्षीय बालकको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट १२ वर्षीय बालकको मृत्यु
२०८१ को एसईई परीक्षा तालिका सार्वजनिक
२०८१ को एसईई परीक्षा तालिका सार्वजनिक
राष्ट्रियसभ बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभ बैठक बस्दै, यस्तो छ कार्यसूची
१२ दिनमा १३ लाख किशोरीले लगाए एचपीभी खोप
१२ दिनमा १३ लाख किशोरीले लगाए एचपीभी खोप
मधेश सरकारबाट बाहिरियो एमाले, मन्त्रीहरुले बुझाए राजीनामा
मधेश सरकारबाट बाहिरियो एमाले, मन्त्रीहरुले बुझाए राजीनामा