झापा अपडेट : क्षेत्र नं–५ मा बालेन र क्षेत्र नं–२ मा इन्दिराको अग्रता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २२, २०८२
|
|
२८ पटक हेरिएको
Shares
झापा अपडेट : क्षेत्र नं–५ मा बालेन र क्षेत्र नं–२ मा इन्दिराको अग्रता

सारांश

  • झापामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत केही निर्वाचन क्षेत्रमा मतगणना सुरु भएसँगै सुरुवाती नतिजा सार्वजनिक हुन थालेको छ ।
  • हालसम्म झापाका पाँच निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रको मतगणना सुरु भएको निर्वाचन आयोगले बताएका छन् ।
  • सुरुवाती परिणामअनुसार दुई क्षेत्रमा रवि लामछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिएका छन् ।

२३ फागुन, झापा ।

झापामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत केही निर्वाचन क्षेत्रमा मतगणना सुरु भएसँगै सुरुवाती नतिजा सार्वजनिक हुन थालेको छ । हालसम्म झापाका पाँच निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रको मतगणना सुरु भएको निर्वाचन आयोगले बताएका छन् । सुरुवाती परिणामअनुसार दुई क्षेत्रमा रवि लामछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिएका छन् ।

झापा क्षेत्र नं. ५ मा रास्वपाका बालेनले उल्लेखनीय अग्रता बनाएका छन् । २३०३ मत गणना हुँदा उनले १४७८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३८५ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसकी मन्धरा चिमरियाले ४२, नेकपाका रञ्जित तामाङले ६१ र श्रम संस्कृति पार्टीका शिवन मगरले १४९ मत प्राप्त गरेका छन्। झापा–५ मा कुल १ लाख ६३ हजार ३७९ मतदाता रहेकोमा १ लाख ६ हजार ३७२ मत खसेको थियो । त्यस्तै, झापा क्षेत्र नं. २ मा पनि रास्वपाकी उम्मेदवार इन्दिरा राणा मगरले सुरुवाती अग्रता लिएकी छन् । २४१२ मत गणना हुँदा निवर्तमान उपसभामुखसमेत रहेकी उनले १५९९ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देवराज घिमिरेले २७५ मत ल्याएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बानेश्वरमा झडपको स्थिति, प्रहरीद्वारा लाठीचार्ज
बानेश्वरमा झडपको स्थिति, प्रहरीद्वारा लाठीचार्ज
आज ६९ औँ राष्ट्रिय सहकारी दिवस मनाइँदै
आज ६९ औँ राष्ट्रिय सहकारी दिवस मनाइँदै
बाफलमा स्टिकर तथा मेडल गोदाममा आगलागी, डेढ घण्टामा नियन्त्रण
बाफलमा स्टिकर तथा मेडल गोदाममा आगलागी, डेढ घण्टामा नियन्त्रण
सुनका धनी प्रधानमन्त्रीका करोडपति मन्त्री, कोसँग कति छ सम्पत्ति
सुनका धनी प्रधानमन्त्रीका करोडपति मन्त्री, कोसँग कति छ सम्पत्ति
सुनको मूल्य एकैदिन तोलामा ३१ सयले बढेर हालसम्मकै उच्च
सुनको मूल्य एकैदिन तोलामा ३१ सयले बढेर हालसम्मकै उच्च
गृहमन्त्री लेखकले न्यायाधीशमा भाग खोज्दै हिँडेको रास्वपाको आरोप
गृहमन्त्री लेखकले न्यायाधीशमा भाग खोज्दै हिँडेको रास्वपाको आरोप
थाइल्यान्डको औपचारिक भ्रमणबाट स्वदेश फर्किए प्रधानमन्त्री
थाइल्यान्डको औपचारिक भ्रमणबाट स्वदेश फर्किए प्रधानमन्त्री
प्रि ओपन सेसनमा नेप्से परिसूचक २६ अंकले बढ्यो
प्रि ओपन सेसनमा नेप्से परिसूचक २६ अंकले बढ्यो
विद्युत प्राधिकरण घाटामा रहेको तथ्यांक सार्वजनिक गरेपछि ऊर्जामन्त्रीसँग मागियो सदनमा जवाफ
विद्युत प्राधिकरण घाटामा रहेको तथ्यांक सार्वजनिक गरेपछि ऊर्जामन्त्रीसँग मागियो सदनमा जवाफ
कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने
कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने