भारतीय उद्योगपति रतन टाटाको निधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २४, २०८१
|
|
९८ पटक हेरिएको
Shares
भारतीय उद्योगपति रतन टाटाको निधन

सारांश

  • टाटा सन्सका भूतपूर्व अध्यक्ष रतन टाटाको बुधबार साँझ निधन भएको छ ।
  • उनको मुम्बईस्थित क्यान्डी अस्पतालमा ८६ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।
  • टाटालाई वृद्धावस्थासँगै देखिने कमजोर स्वास्थ्य अवस्थाका कारण अस्पताल भर्ना गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

 

२४ असोज, काठमाडौं । टाटा सन्सका भूतपूर्व अध्यक्ष रतन टाटाको बुधबार साँझ निधन भएको छ । उनको मुम्बईस्थित क्यान्डी अस्पतालमा ८६ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।

टाटालाई वृद्धावस्थासँगै देखिने कमजोर स्वास्थ्य अवस्थाका कारण अस्पताल भर्ना गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ । अस्पताल स्रोतका अनुसार उहाँलाई उच्च रक्तचापको समस्या थियो । सन् १९३७ डिसेम्बर २८ मा मुम्बईमा जन्मिएका टाटा रतन टाटा ट्रस्ट र दोराबजी टाटा ट्रस्टका अध्यक्ष हुनुभएको थियो । उहाँ सन् १९९१ देखि सन् २०१२ मा सेवानिवृत्त हुनुअघिसम्म टाटा समूहको ‘होल्डिङ कम्पनी’ टाटा सन्सको अध्यक्ष बनेका थिए । सन् २००८ मा उहाँलाई देशको दोस्रो सर्वोच्च नागरिक पुरस्कार पद्म विभूषणबाट सम्मानित गरिएको थियो । उनको निधनप्रति राष्ट्रपति द्रोपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखर, प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी दलका नेता राहुल गान्धी, विभिन्न राज्यका मुख्यमन्त्रीलगायतले दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।राष्ट्रपति मुर्मूले भने, ‘रतन टाटाको दुःखद निधनमा भारतले एक आइकन गुमाएको छ । उहाँले कर्पोरेट विकासलाई राष्ट्र निर्माणसँग र उत्कृष्टतालाई नैतिकतासँग जोडेको छ ।’ राष्ट्रपति मुर्मूले परोपकार र परोपकारमा टाटाको योगदानलाई ‘अमूल्य’ भन्दै प्रशंसा गरेका छन् । उपराष्ट्रपति वीपी धनखड़ले एक्समा एक पोष्ट गर्दै उदोगपति टाटाको सम्झना गरेका छन् ।‘रतन टाटाको निधनले मलाई स्तब्ध पारेको छ । भारतीय उद्योगको क्षेत्रमा उहाँ एउटा अविस्मरणीय व्यक्तित्व हुनुहुन्थ्यो ।

टाटामा उहाँको नेतृत्व आत्मनिर्भर भारत निर्माणको लागि योगदान थियो र भारत र बाहिरका उद्यमीहरूको लागि उहाँ सधैं प्रेरणादायी उद्यमी हुनुहुन्थ्यो,’ उनले भने । त्यसैगरी प्रधानमन्त्री नरेन्द्र मोदीले टाटाको निधनप्रति शोक व्यक्त गर्दै एक्समा लेखेका छन्, ‘रतन टाटाजी एक दूरदर्शी व्यापारिक नेता, एक दयालु आत्मा र एक असाधारण मानव हुनुहुन्थ्यो ।’ प्रधानमन्त्री मोदीले आफ्नो पोष्टमा भने, ‘उहाँले भारतको सबैभन्दा पुरानो र सबैभन्दा प्रतिष्ठित व्यापारिक घरानालाई स्थिर नेतृत्व प्रदान गर्नुभयो ।

उहाँको योगदान ‘बोर्डरूम’ भन्दा धेरै टाढा गयो। उहाँले आफ्नो विनम्रता, दया र हाम्रो समाजलाई अझ राम्रो बनाउने अटूट प्रतिबद्धताका कारण धेरै मानिसहरू उहाँलाई मन पराउने गर्थे ।’ त्यसैगरी, भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीले एक्समा जारी एक पोस्टमा भने, ‘रतन टाटा भिजन भएका व्यक्ति हुनुहुन्थ्यो । उहाँले व्यवसाय र परोपकार दुवैमा चिरस्थायी छाप छोड्नुभएको थियो । उनको परिवार र टाटा समुदायप्रति मेरो समवेदना छ ।’‘एक्स’मा एक पोस्ट लेख्दै काङ्ग्रेस अध्यक्ष खड़गेले टाटाको निधनमा भारतले एक ‘अमूल्य छोरा’ गुमाएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुम्सी मार्ने क्रममा प्वालमा फसेका पुरुषको सकुशल उद्धार
दुम्सी मार्ने क्रममा प्वालमा फसेका पुरुषको सकुशल उद्धार
रौतहटमा चुनावी परिणामको अर्को पाटो : १२८ उम्मेदवारको जमानत जफत, राज्य कोषमा १२ लाखभन्दा बढी जम्मा
रौतहटमा चुनावी परिणामको अर्को पाटो : १२८ उम्मेदवारको जमानत जफत, राज्य कोषमा १२ लाखभन्दा बढी जम्मा
श्रीमतीले मृत्यु घोषणा माग गरेका श्रीमान जीवितै भेटिए
श्रीमतीले मृत्यु घोषणा माग गरेका श्रीमान जीवितै भेटिए
डिआइजी पोखरेलको खातामा शंकास्पद रकम ! एक बिचौलिया पक्राउ, १० प्रहरी हेडक्वार्टर तानिए
डिआइजी पोखरेलको खातामा शंकास्पद रकम ! एक बिचौलिया पक्राउ, १० प्रहरी हेडक्वार्टर तानिए
आर्थिक वर्ष सकिन ४५ दिन बाँकी रहँदा बजेट खर्च ६४ प्रतिशत मात्र
आर्थिक वर्ष सकिन ४५ दिन बाँकी रहँदा बजेट खर्च ६४ प्रतिशत मात्र
सप्तरीमा मोटरसाइकलमा शव बोकेर भागिरहेका भारतीय नागरिक पक्राउ
सप्तरीमा मोटरसाइकलमा शव बोकेर भागिरहेका भारतीय नागरिक पक्राउ
प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा ५० लाख धरौटीमा रिहा
सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा ५० लाख धरौटीमा रिहा
चाडपर्व लक्षित बजार अनुगमन गर्दै काठमाडौं महानगरपालिका
चाडपर्व लक्षित बजार अनुगमन गर्दै काठमाडौं महानगरपालिका
काठमाडौं महानगरले अनधिकृत प्रचार सामग्री टाँस्ने तीन जनालाई तिरायो जरिवाना
काठमाडौं महानगरले अनधिकृत प्रचार सामग्री टाँस्ने तीन जनालाई तिरायो जरिवाना