मंसिर ५ गते सहकारी पीडित फेरि सडकमा उत्रिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक ९, २०८१
|
|
४७ पटक हेरिएको
Shares
मंसिर ५ गते सहकारी पीडित फेरि सडकमा उत्रिँदै

सारांश

  • सरकारले आफूहरुलाई बेवास्ता गर्दै माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितले फेरि वृहत राष्ट्रिय आन्दोलनको घोषणा गरेका छन् ।
  • सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले आज एक विज्ञप्ति जारी गरी सरकारले बचत फिर्ताको जिम्मा नलिएसम्म आफूहरूको रकम फिर्ता हुने अवस्था नदेखिएकोले आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएको हो ।
  • ‘सहकारी बचतकर्ताको बचत फिर्ता गर्न सरकारले जिम्मा नलिएसम्म बचतकर्ताको रकम फिर्ता हुने देखिँदैन, त्यसैले सरकारले यस विषयमा गम्भीरतापूर्वक लाग्नुपर्नेछ’, अभियानका अध्यक्ष कुशलब केसीले भनेका छन्, ‘त्यसैले हाम्रो निर्णायक आन्दोलन मंसिर ५ मा हो ।

९ कात्तिक, काठमाडौं । सरकारले आफूहरुलाई बेवास्ता गर्दै माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितले फेरि वृहत राष्ट्रिय आन्दोलनको घोषणा गरेका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले आज एक विज्ञप्ति जारी गरी सरकारले बचत फिर्ताको जिम्मा नलिएसम्म आफूहरूको रकम फिर्ता हुने अवस्था नदेखिएकोले आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएको हो ।

‘सहकारी बचतकर्ताको बचत फिर्ता गर्न सरकारले जिम्मा नलिएसम्म बचतकर्ताको रकम फिर्ता हुने देखिँदैन, त्यसैले सरकारले यस विषयमा गम्भीरतापूर्वक लाग्नुपर्नेछ’, अभियानका अध्यक्ष कुशलब केसीले भनेका छन्, ‘त्यसैले हाम्रो निर्णायक आन्दोलन मंसिर ५ मा हो । हामी आन्दोलनमा उत्रिने बाध्यता सरकारले बनायो ।’

सहकारी पीडितले बुधबार डिपुटी गर्भनरसहित बसेको क्याबिनेट छलफलमा पनि आफूहरूको प्रतिनिधि नराखी सम्झौता गरेको आरोप लगाएका छन् । उनीहरुले पटकपटक सम्पर्क गर्दा पनि सरकारी पक्ष सम्पर्कमा आउन नचाहेको बताएका छन् ।

‘हाम्रो समस्याको सम्बोधन गर्ने क्रममा चासो नदेखाउने र फोन सम्पर्क गर्दासमेत नउठाउने सरकार अनुत्तरदायी भएका कारण आन्दोलनको घोषणा गर्नुपर्ने बाध्यता भएको हो’, उनले भनेका छन् ।

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन आयोगप्रति गरिएको टिप्पणीप्रति आयोगको आपत्ति
निर्वाचन आयोगप्रति गरिएको टिप्पणीप्रति आयोगको आपत्ति
निःशुल्क शिक्षा माग्दै विद्यालय बन्द, ७० लाख विद्यार्थीको पढाइ प्रभावित
निःशुल्क शिक्षा माग्दै विद्यालय बन्द, ७० लाख विद्यार्थीको पढाइ प्रभावित
नेता रिहाइका लागि राप्रपाले आमसभा गर्ने, दबाबका कार्यक्रम निरन्तर चल्ने
नेता रिहाइका लागि राप्रपाले आमसभा गर्ने, दबाबका कार्यक्रम निरन्तर चल्ने
रुसको पूर्वी तटमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट
रुसको पूर्वी तटमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट
यातायात कार्यालय चितवनमा अख्तियारको छापा, झन्डै २ लाख नगदसहित २ जना पक्राउ
यातायात कार्यालय चितवनमा अख्तियारको छापा, झन्डै २ लाख नगदसहित २ जना पक्राउ
राष्ट्र बैंकले अर्थ मन्त्रालयमा बुझायो पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन
राष्ट्र बैंकले अर्थ मन्त्रालयमा बुझायो पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन
सिरहा–धनुषा जोड्ने कमला पुल पुनःनिर्माण अन्तिम चरणमा, असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य
सिरहा–धनुषा जोड्ने कमला पुल पुनःनिर्माण अन्तिम चरणमा, असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य
पाटेबाघको छालासहित एकजना पक्राउ
पाटेबाघको छालासहित एकजना पक्राउ
वैदेशिक रोजगारीमा अमेरिका पठाई दिने भन्दै रकम ठगी गरेको आरोपमा महिला पक्राउ
वैदेशिक रोजगारीमा अमेरिका पठाई दिने भन्दै रकम ठगी गरेको आरोपमा महिला पक्राउ
जापानी सहयोगका विषयमा ऊर्जामन्त्रीले गरे राजदूतसँग छलफल
जापानी सहयोगका विषयमा ऊर्जामन्त्रीले गरे राजदूतसँग छलफल