प्रथम लालबन्दी मेयर गोल्डकप प्रतियोगिताको आयव्यय सार्वजनिक

अमलेश शर्मा अमलेश शर्मा
|
आइतबार, चैत्र २९, २०८२
|
|
२८९ पटक हेरिएको
Shares
प्रथम लालबन्दी मेयर गोल्डकप प्रतियोगिताको आयव्यय सार्वजनिक

सारांश

  • प्रतियोगिता आयोजक जीवेश्वर युवा क्लब लालबन्दी–१, नवलपुरले शनिवार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण आयव्यय विवरण सार्वजनिक गरेको हो ।
  • प्रतियोगितामा सरकारी तथा गैर सरकारी संघ संस्था सहित व्यक्तिगत दाताहरुबाट ३३ लाख २९ हजार ७६ रुपैंया आर्थिक सहयोग प्राप्त भएको तथा २७ लाख ७६ हजार ८०६ रुपैंया खर्च भएको आयोजक क्लबका अध्यक्ष दीप बहादुर बुढाथोकी (दिपेन्द्र)ले जानकारी दिए ।
  • जिल्लामा यसअघि हुँदै आएको राजर्षि जनक कप लगायत अन्य प्रतियोगिताका आयोजकहरुले आयव्यय विवरण सार्वजनिक नगर्ने प्रचलन तोड्दै जीवेश्वर युवा क्लबले सम्पूर्ण आयव्यय विवरण सार्वजनिक गरेको हो ।

प्रथम लालबन्दी मेयर गोल्डकप फुटबल प्रतियोगिता २०८२ को आयव्यय विवरण सार्वजनिक गरिएको छ ।

प्रतियोगिता आयोजक जीवेश्वर युवा क्लब लालबन्दी–१, नवलपुरले शनिवार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण आयव्यय विवरण सार्वजनिक गरेको हो । प्रतियोगितामा सरकारी तथा गैर सरकारी संघ संस्था सहित व्यक्तिगत दाताहरुबाट ३३ लाख २९ हजार ७६ रुपैंया आर्थिक सहयोग प्राप्त भएको तथा २७ लाख ७६ हजार ८०६ रुपैंया खर्च भएको आयोजक क्लबका अध्यक्ष दीप बहादुर बुढाथोकी (दिपेन्द्र)ले जानकारी दिए । जिल्लामा यसअघि हुँदै आएको राजर्षि जनक कप लगायत अन्य प्रतियोगिताका आयोजकहरुले आयव्यय विवरण सार्वजनिक नगर्ने प्रचलन तोड्दै जीवेश्वर युवा क्लबले सम्पूर्ण आयव्यय विवरण सार्वजनिक गरेको हो ।

प्रतियोगिता स्थल रंगशालामा आयोजित पत्रकार सम्मेलन क्लबका अध्यक्ष बुढाथोकीको अध्यक्षता, लालबन्दी नगरपालिका–१ का वडाध्यक्ष हहिर भट्टाराईको प्रमुख आतिथ्यतामा भएको थियो । गणेश बस्नेतको सञ्चालन रहेको कार्यक्रममा क्लबका सल्लाहकार राजु राईसहित पदाधिकारीहरुलाई प्रतियोगित सफल रुपले सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै कदर पत्रले सम्मान गरिएको छ ।

माघ १६ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको प्रथम प्रतियोगितालाई नै सफल रूपले सम्पन्न गर्नका लागि आर्थिक, भौतिक लगायत हरेकखाले सहयोग गर्ने र स्वयंसेवक लगायत अन्य भूमिकासहित सहयोग गर्ने सम्पूर्णमा क्लबका अध्यक्ष बुढाथोकीले धन्यवाद प्रकट गरे । प्रमुख अतिथि भट्टराईले प्रथम गोल्डकप सफल रुपले सम्पन्न भएको र आगामी दिनमा यस प्रतियोगितालाई अझ फराकिलो दायरा सहित निरन्तरता दिनका लागि सबै पक्ष, तह र तप्कालाई सहयोग गर्न आग्रह गरे । क्लबका सल्लाहकार राईले आगामी प्रतियोगिताहरुमा अझ स्तरीय टिमहरुको सहभागिता गराईने र पुरस्कार राशीमा समेत वृद्धि गरिने बताए ।

प्रथम गोल्डकप प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो । सर्लाहीबाट आयोजक जीवेश्वर यूवा क्लबसहित वीरगन्ज युनाइटेड पर्सा, रतनपुर युनाइटेड यूथ क्लब बारा, नेपाल खेलकुद क्लब रौतहट, ब्याङ्गखाडी यूवा क्लब महोत्तरी, धनुषा–११ धनुषा, गोलबजार स्पोर्टस् क्लब सिरहा र न्यू त्रियूगा स्पोर्टस् क्लब सप्तरी रहेका थिए ।

त्यसैगरी मधेश प्रदेशका यि आठ टिमबाहेक गाइघाट यूवा क्लब उदयपुर, इनरुवा फुटबल क्लब सुनसरी, भरतपुर फूटबल क्लब चितवन र मकवानपुर जिल्ला फुटबल संघ हेटौंडाको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेता ब्याङ्गखाडी महोत्तरीले तीन लाख तथा उपबिजेता सर्लाहीले एक लाख ५० हजार प्राप्त गरेका थिए ।

हेर्नुहोस् , दाताहरु तथा खर्च विवरण

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
अमलेश शर्मा
अमलेश शर्मा
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबारे अमरेशको टिप्पणी- घण्टी बज्यो, नेताहरू सच्चिनु पर्छ
टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबारे अमरेशको टिप्पणी- घण्टी बज्यो, नेताहरू सच्चिनु पर्छ
कोशीमा उदय परियोजना सुरू, ३ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य
कोशीमा उदय परियोजना सुरू, ३ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य
सुन तस्करी आरोपमा समातिएकी अभिनेत्रीलाई धरौटीमा छाड्ने आदेश तर जेलबाट निस्कन नपाउने
सुन तस्करी आरोपमा समातिएकी अभिनेत्रीलाई धरौटीमा छाड्ने आदेश तर जेलबाट निस्कन नपाउने
नवनिर्वाचित सांसदहरूको झोलामा के छ ?
नवनिर्वाचित सांसदहरूको झोलामा के छ ?
पोखरा विमानस्थल भ्रष्टाचार : अधिकारीलाई ५लाख र भण्डारीसँग १ लाख धरौटी माग
पोखरा विमानस्थल भ्रष्टाचार : अधिकारीलाई ५लाख र भण्डारीसँग १ लाख धरौटी माग
वीरगञ्जमा राजस्व उठाउन घरदैलो अभियान
वीरगञ्जमा राजस्व उठाउन घरदैलो अभियान
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
मकवानपुरमा बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृ*त्यु
मकवानपुरमा बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृ*त्यु
प्रधानमन्त्री बन्नेलाई कान समाएर उठबस गराउने वाचा खुवाउनुपर्छ : वामदेव
प्रधानमन्त्री बन्नेलाई कान समाएर उठबस गराउने वाचा खुवाउनुपर्छ : वामदेव
भारतमा रेल दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ४ नेपालीको सनाखत
भारतमा रेल दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ४ नेपालीको सनाखत