मेची भन्सारबाट ५ महिनामा २० अर्बको आयात हुँदा निर्यात पौने १० अर्ब मात्रै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष ८, २०८२
|
|
४१ पटक हेरिएको
Shares
मेची भन्सारबाट ५ महिनामा २० अर्बको आयात हुँदा निर्यात पौने १० अर्ब मात्रै

सारांश

  • चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् ।
  • मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा एक अर्ब ४१ करोड ७६ लाख अर्थात् ७.
  • ५७ प्रतिशतले बढी हो ।

८ पुस, भद्रपुर (झापा) ।

चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा एक अर्ब ४१ करोड ७६ लाख अर्थात् ७.५७ प्रतिशतले बढी हो । गत आवको पहिलो पाँच महिनामा १८ अर्ब ७२ करोड ६३ लाखबराबरको वस्तु तथा सामान आयात भएको थियो ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । उक्त अवधिमा १० अर्ब ७१ करोड ५४ लाखबराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही अवधिमा ११ अर्ब ४७ करोड ९३ लाखको वस्तु तथा सामान निर्यात भएको थियो । यो नाकाबाट निर्यात ६.६५ प्रतिशतले घटेको छ ।

पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पातालगायत छन् भने आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, तयारी कपडा, तरकारी, यातायातका साधन र तिनका पाटपुर्जा, सिमेन्ट क्लिङ्कर, शृङ्गारका सामान, कफी, प्लास्टिकका कच्चा पदार्थ, जुत्ता तथा चप्पल र खनिज उत्पादनलगायत छन् । कार्यालयको तथ्याङ्क अनुसार चालु आव २०८२/८३ को मङ्सिर मसान्तसम्ममा आयात निर्यातबाट रु छ अर्ब ८२ करोड दुई लाख ७१ हजार राजस्व सङ्कलन भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदन गुरुङलाई रवि लामिछानेले भने– ‘मलाई अन्याय भयो, जेनजी मुभमेन्टको साथमा छौँ’
सुदन गुरुङलाई रवि लामिछानेले भने– ‘मलाई अन्याय भयो, जेनजी मुभमेन्टको साथमा छौँ’
संयुक्त राष्ट्र संघमा नेतन्याहु बोल्ने बेला विरोध प्रदर्शन गर्दा हलिउडका २ अभिनेत्री पक्राउ
संयुक्त राष्ट्र संघमा नेतन्याहु बोल्ने बेला विरोध प्रदर्शन गर्दा हलिउडका २ अभिनेत्री पक्राउ
मौसम खराबीले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित
मौसम खराबीले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित
एसईईमा मधेश प्रदेशका ३१ हजार विद्यार्थी नन् ग्रेडेड
एसईईमा मधेश प्रदेशका ३१ हजार विद्यार्थी नन् ग्रेडेड
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने
पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने
पीएम कप महिला क्रिकेटमा एपीएफको लगातार दोस्रो जित
पीएम कप महिला क्रिकेटमा एपीएफको लगातार दोस्रो जित
सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो
सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो
देशका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
देशका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
फराकिलो अन्तरले सातदोबाटोलाई हराउँदै प्लानिङ ब्वाइज इटहरी गोल्ड कपको फाइनलमा
फराकिलो अन्तरले सातदोबाटोलाई हराउँदै प्लानिङ ब्वाइज इटहरी गोल्ड कपको फाइनलमा