अञ्जनी कुमार पोखरेल सशस्त्रको एआईजी बढुवामा सिफारिस
सारांश
- सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरे अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् ।
- यही जेठ ५ गते मंगलबार बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।
- एआईजी बढुवा सिफारिसविरुद्ध चित्त नबुझे उजुरी गर्न सकिनेछ ।
६ जेठ, काठमाडौं ।
सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरे अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् । यही जेठ ५ गते मंगलबार बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।

एआईजी बढुवा सिफारिसविरुद्ध चित्त नबुझे उजुरी गर्न सकिनेछ । त्यसका लागि सिफारिस भएको मितिले ७ दिनभित्र उजुरी-निवेदन दर्ता गरिसक्नुपर्ने छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया