प्रधानमन्त्रीको भारत भ्रमणबाट पञ्चेश्वर परियोजना अघि बढाउने गृहकार्य हुँदैछ : उर्जामन्त्री खड्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १३, २०८२
|
|
४३ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको भारत भ्रमणबाट पञ्चेश्वर परियोजना अघि बढाउने गृहकार्य हुँदैछ : उर्जामन्त्री खड्का

सारांश

  • ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले वर्षौंदेखि अलपत्र बहुप्रतिक्षित पञ्चेश्वर परियोजनालाई दुई देशको हितमा हुने गरी  गर्न गृहकार्य भइरहेको बताएका छन् ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजनालाई अघि बढाउन महत्त्वपूर्ण सम्झौता गर्न मन्त्रालयले गृहकार्य गरिरहेको बताए ।
  • प्रेस युनियन कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।

१३ साउन, धनगढी ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले वर्षौंदेखि अलपत्र बहुप्रतिक्षित पञ्चेश्वर परियोजनालाई दुई देशको हितमा हुने गरी  गर्न गृहकार्य भइरहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजनालाई अघि बढाउन महत्त्वपूर्ण सम्झौता गर्न मन्त्रालयले गृहकार्य गरिरहेको बताए । प्रेस युनियन कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।

उनले पञ्चेश्वर परियोजना अघि बढाउन नेपाल र भारतबीच सम्झौता भएको २० वर्ष भएपनि अघि नबढ्दा अहिलेसम्म नेपाललाई एक खर्ब घाटा व्यहोरिसकेको बताए । त्यसैले पञ्चेश्वर परियोजना लगायतका आयोजनाबारे दुईपक्षीय हितमा रहेर वार्ता गर्ने र प्रधानमन्त्रीको भारत भ्रमणका क्रमका पञ्चेश्वरमा नमिलेका विषय टुंग्याउने गरी मन्त्रालयले गृहकार्य गरिरहेको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ मा हुने तयारी छ । नेपालको उर्जा क्षेत्रमा ठूलो सम्भावना भएपनि स्रोतसाधन, आर्थिक समस्या र कानुन अड्चनले पश्चिम सेती जस्ता महत्त्वपूर्ण परियोजना लामो समयदेखि अघि बढ्न नसकेको खड्काले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपक्षी दलहरूद्वारा मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरोध
विपक्षी दलहरूद्वारा मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरोध
लागूऔषधसहित तीन जना भारतीय पक्राउ
लागूऔषधसहित तीन जना भारतीय पक्राउ
सभापति वा प्रधानमन्त्री पदको लोभ छैन, कांग्रेसको एकताको लागि आवाज उठाउनेछु: शेखर कोइराला
सभापति वा प्रधानमन्त्री पदको लोभ छैन, कांग्रेसको एकताको लागि आवाज उठाउनेछु: शेखर कोइराला
भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन : बालेन
भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन : बालेन
स्वास्थ्य बीमा बोर्डमा करार सेवा : ११० मेडिकल अधिकृतले गरे नियुक्ति अस्वीकार
स्वास्थ्य बीमा बोर्डमा करार सेवा : ११० मेडिकल अधिकृतले गरे नियुक्ति अस्वीकार
राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा
राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा
राष्ट्रपति पौडेल द्वारा ब्रह्माकुमारी ज्ञानसरोवर एकेडेमी उद्घाटन
राष्ट्रपति पौडेल द्वारा ब्रह्माकुमारी ज्ञानसरोवर एकेडेमी उद्घाटन
जुम्ला चिकित्सा शिक्षा अध्ययनको नयाँ गन्तव्य बन्दै, भारतसहित देशभरका विद्यार्थी पुगे
जुम्ला चिकित्सा शिक्षा अध्ययनको नयाँ गन्तव्य बन्दै, भारतसहित देशभरका विद्यार्थी पुगे
संसदबाट मन्त्रिमण्डल गठन गर्ने कुनै उपाय भएनः राष्ट्रपति पौडेल
संसदबाट मन्त्रिमण्डल गठन गर्ने कुनै उपाय भएनः राष्ट्रपति पौडेल
कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक
कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक