Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

विपद व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बस्दै, राहत वितरणसहित ९ एजेण्डा तय

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २१, २०८२
|
|
३८ पटक हेरिएको
Shares
विपद व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बस्दै, राहत वितरणसहित ९ एजेण्डा तय

सारांश

  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बस्दै छ ।
  • प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मंगलबार बिहान साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा परिषदको बैठक बस्न लागेको हो ।
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार बैठकमा बाढीपहिरोबाट आइपरेको विपत्तीका विषयमा छलफल हुनेछ ।

२१ असोज, काठमाडौं ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मंगलबार बिहान साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा परिषदको बैठक बस्न लागेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार बैठकमा बाढीपहिरोबाट आइपरेको विपत्तीका विषयमा छलफल हुनेछ । बैठकका लागि पीडित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक सञ्चालन गर्ने लगायतका ९ एजेण्डा तय गरिएको छ ।

बैठकमा विपदमा भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै सडक तथा अत्यावश्यक सेवा सुरुचारु गर्ने, राहत वितरण गर्ने, मृतक र बेपत्ताका परिवारलाई कानुन बमोजिम राहत उपल्ब्ध गराउने  विपद पश्चात फैलिन सक्ने महामारीजन्य रोग व्यवस्थापन गर्ने, अस्थायी आवास निर्माण गर्ने लगायतका एजेण्डामा छलफल तथा निर्णय गर्ने तयारी छ । असोज १७, १८ र १९ गतेको मौसमी प्रणालीका कारण भारी वर्षासँगै आएको बाढी पहिरोले ६० जनाकोृ ज्यान गएको थियो । सबैभन्दा धेरै क्षति इलाममा भएको छ । बाटाघाटा, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनामा पनि करोडौंको क्षति पुगेको छ । बैठकमा अर्थमन्त्री, ऊर्जा मन्त्री, गृह मन्त्री, उद्योग मन्त्री, शिक्षा मन्त्री, कृषि मन्त्री, सञ्चार मन्त्रीसहित सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई पनि बोलाइएको छ । साथै विज्ञ सदस्यको रुपमा पूर्वमन्त्री डा. गंगालाल तुलाधर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, प्रधानसेनापति र गृहमन्त्रालयका सचिव पनि बैठकमा सहभागी हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा
लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा
पाल्पामा बुवा र दिदीको कुटपिटबाट एक युवकको मृत्यु
पाल्पामा बुवा र दिदीको कुटपिटबाट एक युवकको मृत्यु
तेस्रो दिन पनि मधेश प्रदेश सभामा विपक्षीको अवरोध निरन्तर
तेस्रो दिन पनि मधेश प्रदेश सभामा विपक्षीको अवरोध निरन्तर
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी
सम्पदाहरुलाई जोगाएर नेपाललाई खुला संग्राहलय जस्तो बनाउन सकिन्छ : मन्त्री पाण्डे
सम्पदाहरुलाई जोगाएर नेपाललाई खुला संग्राहलय जस्तो बनाउन सकिन्छ : मन्त्री पाण्डे
आज रामनवमी पर्व मनाइँदै, सार्वजनिक बिदा
आज रामनवमी पर्व मनाइँदै, सार्वजनिक बिदा
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
मधेशमा मुख्यमन्त्री नियुक्ति विवादबारे सर्वोच्चमा आज सुनुवाइ
मधेशमा मुख्यमन्त्री नियुक्ति विवादबारे सर्वोच्चमा आज सुनुवाइ
सामाजिक सद्भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे सर्कुलर जारी
सामाजिक सद्भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे सर्कुलर जारी
एमालेमा खुला प्रतिस्पर्धा हुन्छ,उम्मेदवारी घोषणा गर्न कसैले रोक्दैन : ओली
एमालेमा खुला प्रतिस्पर्धा हुन्छ,उम्मेदवारी घोषणा गर्न कसैले रोक्दैन : ओली