सम्पदाहरुलाई जोगाएर नेपाललाई खुला संग्राहलय जस्तो बनाउन सकिन्छ : मन्त्री पाण्डे

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २४, २०८१
|
|
२९ पटक हेरिएको
Shares
सम्पदाहरुलाई जोगाएर नेपाललाई खुला संग्राहलय जस्तो बनाउन सकिन्छ : मन्त्री पाण्डे

सारांश

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पुर्खाहरुले निर्माण गरेका सम्पदाहरुको महत्वलाई बढाउनुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन् ।
  • आइतबार ललितपुरमा देगुतलेजु मन्दिरको पुनः निर्माण तथा जिर्णोद्धार सम्पन्नपछिको शिलापत्र अनावरण कार्यक्रममा उनले संस्कृति र सम्पदामा गौरव गर्ने अवस्था आइपुगेकाले ंसम्पदाहरुको महत्वलाई बढाउनुपर्ने बताएका हुन् ।
  • उनले भने, ‘संस्कृति र सम्पदामा हामी आज गौरव गर्ने अवस्थामा छौं ।

२४ चैत, काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पुर्खाहरुले निर्माण गरेका सम्पदाहरुको महत्वलाई बढाउनुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन् । आइतबार ललितपुरमा देगुतलेजु मन्दिरको पुनः निर्माण तथा जिर्णोद्धार सम्पन्नपछिको शिलापत्र अनावरण कार्यक्रममा उनले संस्कृति र सम्पदामा गौरव गर्ने अवस्था आइपुगेकाले ंसम्पदाहरुको महत्वलाई बढाउनुपर्ने बताएका हुन् । उनले भने, ‘संस्कृति र सम्पदामा हामी आज गौरव गर्ने अवस्थामा छौं ।

हाम्रा पूर्खाहरुले निर्माण गरेका सम्पदाहरुको महत्वलाई हामीले कसरी बढाउन सकिन्छ त्यो गर्नुपर्ने आवश्यक छ ।’ साथै उनले प्रकृतिपनि हाम्रो विविधतापूर्ण रहेकाले यसलाई पनि विश्वव्यापी प्रचार गर्नुपर्ने बताए । उनले अभौतिक र भौतिक सम्पदा दुइ वटालाई जोडेर र जोगाएर सिंगो नेपाललाई एउटा खुला संग्राहलय जस्तो बनाएर लिएर जानुपर्ने अवस्था आएको बताए । उनले भने, ‘हाम्रो जुन विविधतापूर्ण संस्कृति छ यसलाई जोगाउनका लागि निरन्तर निर्वाह गर्नुपर्ने भूमिका आफ्नो आफ्नो ठाउँमा निर्वाह गर्नुपर्छ । प्रकृति पनि हाम्रो विविधतापूर्ण छ । यसलाई पनि हामीले विश्वव्यापी प्रचार गर्नुपर्ने छ । प्रचार भयो भने संसारभरीका मानिसहरु नेपालमा आउने र हाम्रो प्रकृतिबाट लाभावन्वित हुने छन् । हामीसँग धेरै भाषा, भेषभूषा छन् । धेरै संस्कृति चाडपर्व छन् । विभिन्न खानपानका परिकारहरु छन् ।

यी र यस्ता अभौतिक र भौतिक सम्पदा दुइ वटैलाई जोडेर र जोगाएर सिंगो नेपाललाई एउटा खुला संग्राहलय जस्तो बनाएर जानुपर्ने अवस्था छ ।’ त्यस्तै ललितपुर महाननगरपालिकाका मेयर चिरिबाबु महर्जनले हाल आफ्नो दोस्रो कार्यकाल भएतापनि विश्राम नलिई लगातार विकास निर्माणका काम गर्दै आइरहेको बताए । उनले मन्दिरको पुनः निर्माणको काम चाँडै सुरु गरिने पनि जानकारी गराए ।
उनले भने,‘मेरो यो दोस्रो कार्यकाल हो । तरपनि विश्राम लिएका छैनौं । लगातार धेरै काम गर्दै आइरहेको छौं । यहाँको सम्पदा भनेको विश्व सम्पदामा सूचीकृत हो । तर विगत कयौं वर्षदेखि यो ठाउँमा सुइमिङ पुल बन्थ्यो । जलमग्न हुन्थ्यो । तर हामीले यसलाई पृथक बनायौं । अब काम सुरु हुन गइरहेको छ ।’ मन्दिर पुनः निर्माणको लागि ८० प्रतिशत आर्थिक सहयोग नेपाली राजदुतावास जापानको रहेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन सहसचिवको सरुवा, शिक्षक सेवा आयोगका अधिकारी शिक्षा मन्त्रालयमा
तीन सहसचिवको सरुवा, शिक्षक सेवा आयोगका अधिकारी शिक्षा मन्त्रालयमा
नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड
नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड
रासायनिक मल अभावको समस्याका विषयमा प्रधानमन्त्रीले कृषि मन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्दै
रासायनिक मल अभावको समस्याका विषयमा प्रधानमन्त्रीले कृषि मन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्दै
बुद्धको शिक्षालाई आत्मसाथ गर्ने बेला आयो : प्रधानमन्त्री
बुद्धको शिक्षालाई आत्मसाथ गर्ने बेला आयो : प्रधानमन्त्री
नेपालले सामोआलाई दियो २१२ रनको विशाल लक्ष्य
नेपालले सामोआलाई दियो २१२ रनको विशाल लक्ष्य
इजरायलद्वारा ‘वेस्ट बैंक’ मा ठूलो आक्रमण, कम्तीमा ११ जनाको ज्यान गयो
इजरायलद्वारा ‘वेस्ट बैंक’ मा ठूलो आक्रमण, कम्तीमा ११ जनाको ज्यान गयो
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने
सुनसरीमा दाम्पत्य झगडाका क्रममा महिलाको हत्या, प्रधानाध्यापक पति पक्राउ
सुनसरीमा दाम्पत्य झगडाका क्रममा महिलाको हत्या, प्रधानाध्यापक पति पक्राउ
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा
रास्वपाको केन्द्रीय समिति बैठक सुरू
रास्वपाको केन्द्रीय समिति बैठक सुरू