खेलकुद विकासका लागि चीनले दियो ठूलो रकमको खेल सामग्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ३१, २०८२
|
|
२८ पटक हेरिएको
Shares
खेलकुद विकासका लागि चीनले दियो ठूलो रकमको खेल सामग्री

सारांश

  •   नेपाली खेलकुदका लागि चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले खेल सामाग्री र स्वास्थ्य परीक्षणको उपकरणसहित ठूलो मूल्य बराबरको सहयोग गरेको छ ।
  • सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलवार एक कार्यक्रमबीच चीनको युनान खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई उक्त सामग्री सहयोग स्वरूप हस्तान्तरण गरेको हो ।
  • सो कार्यक्रममा नेपालस्थित चिनियाँ दुतावासका डेपुटी चिफ दी मिसन वाङ झिनले राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई उक्त सामग्री हस्तान्तरण गरेका छन् ।

३१ असार, काठमाडौं । 

नेपाली खेलकुदका लागि चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले खेल सामाग्री र स्वास्थ्य परीक्षणको उपकरणसहित ठूलो मूल्य बराबरको सहयोग गरेको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलवार एक कार्यक्रमबीच चीनको युनान खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई उक्त सामग्री सहयोग स्वरूप हस्तान्तरण गरेको हो । सो कार्यक्रममा नेपालस्थित चिनियाँ दुतावासका डेपुटी चिफ दी मिसन वाङ झिनले राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई उक्त सामग्री हस्तान्तरण गरेका छन् । विभिन्न ३४ प्रकारका उक्त सामाग्री करिव ८५ लाख रुपैयाँ बराबर रहेको राखेपले जनाएको छ ।

यसअघि नै यो सामग्री किन्नका लागि चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले चेक प्रदान गरेको थियो । गत वर्ष कात्तिक २४ गते पोखरामा सम्पन्न एक कार्यक्रमका बीच युनान प्रादेशिक खेलकुद ब्युरोले तत्कालीन समयमा राखेपकी निमित्त सदस्यसचिव अञ्जना श्रेष्ठ मास्केलाई उक्त चेक हस्तान्तरण गरेको थियो । सोही रकम बराबरको खेल सामाग्री मंगलबार राखेपलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा चिनियाँ दूतावासका कन्सुल वाङ दोङ, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपका सदस्य अञ्जन धमला, प्रकाशकुमार कुसारी र हिमालकुमार श्रेष्ठ, विभिन्न विभागका प्रमुख, मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका खेलाडी र प्रशिक्षक लगायतको उपस्थित थिए ।

सो अवसरमा राखेपका उपाध्यक्ष ध्रुव आचार्यले सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिँदै सामग्रीले खेलाडीको प्रशिक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । सदस्यसचिव टंकलाल घिसिङले नेपाल र चीनबीच धेरै क्षेत्रमा राम्रो सम्बन्ध स्थापित भएको उल्लेख गर्दै हरेक वर्ष सहयोगले निरन्तरता पाउने प्रतिवद्धता पाएको विश्वास व्यक्त गरेका छन् । साथै घिसिङले २० औं एशियाली खेलकुद आउन १३ महिना मात्र बाँकी रहेको र दृढ संकल्पका साथ प्रशिक्षण अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले अबको दुई हप्ताको अवधिमा मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका खेलाडीहरूको शारीरिक र खेलगत अवस्थाको परीक्षण गरिने पनि उल्लेख गरे । साथै उनले त्यसपछि खेल संघसँग समन्वय गरी प्रशिक्षणलाई अगाडि बढाइने बताएका छन् । डेपुटी चिफ दि मिसन वाङले नेपाली खेलकुदको विकास थोरै भए पनि टेवा पुग्ने उल्लेख गर्दै विगतमा पनि खेल क्षेत्रमा सहयोग गरेको स्मरण गरे । युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामचरित्र मेहताले चीन सरकारले विगतका दिनमा सहयोग गर्दै आएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कवाडी व्यवसायी र महानगर प्रहरीबीच झडप, ४ जना घाइते
कवाडी व्यवसायी र महानगर प्रहरीबीच झडप, ४ जना घाइते
खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियरको मृ*त्यु
खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियरको मृ*त्यु
माओवादीको केन्द्रीय कार्यालय पनि जल्यो
माओवादीको केन्द्रीय कार्यालय पनि जल्यो
प्रचण्डको राजीनामा माग्दै डा. केसीले सुरु गरे अनशन
प्रचण्डको राजीनामा माग्दै डा. केसीले सुरु गरे अनशन
प्रतिनिधिसभामा प्रश्नोत्तरः यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने प्रधानमन्त्रीद्वारा जानकारी
प्रतिनिधिसभामा प्रश्नोत्तरः यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने प्रधानमन्त्रीद्वारा जानकारी
प्रहरीको ब्यारिकेडमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
प्रहरीको ब्यारिकेडमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
कर्णाली राजमार्ग जुम्ला खण्डमा सुख्खा पहिरो, तीन घण्टा देखि यातायात सेवा ठप्प
कर्णाली राजमार्ग जुम्ला खण्डमा सुख्खा पहिरो, तीन घण्टा देखि यातायात सेवा ठप्प
मन्त्रीको ‘घुस डिल’ प्रकरणबारे छानबिन गर्न रास्वपाको माग
मन्त्रीको ‘घुस डिल’ प्रकरणबारे छानबिन गर्न रास्वपाको माग
 मोरङको मौलिबारीमा महिला र पुरुष एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला
 मोरङको मौलिबारीमा महिला र पुरुष एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला
पक्राउ परेका मिलनले गरे बुवा र भाइको हत्या गरेको स्वीकार
पक्राउ परेका मिलनले गरे बुवा र भाइको हत्या गरेको स्वीकार