सर्लाहीमा १३१ उम्मेदवार कायम

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ १०, २०८२
|
|
२६ पटक हेरिएको
Shares
सर्लाहीमा १३१ उम्मेदवार कायम

सारांश

  • आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही जिल्लामा १३१ जना उम्मेदवार कायम भएका छन् ।
  • चारवटै निर्वाचन क्षेत्रमा १३३ जनाको उम्मेदवारी दर्ता भएकामा निर्वाचन आयोगले तोकेको समयसीमाभित्र दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि १३१ जना उम्मेदवार कायम भएका हुन् ।
  • मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाका अनुसार सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बनेका भरत कुमार थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

१० माघ, सर्लाही ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही जिल्लामा १३१ जना उम्मेदवार कायम भएका छन् । चारवटै निर्वाचन क्षेत्रमा १३३ जनाको उम्मेदवारी दर्ता भएकामा निर्वाचन आयोगले तोकेको समयसीमाभित्र दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि १३१ जना उम्मेदवार कायम भएका हुन् ।

मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाका अनुसार सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बनेका भरत कुमार थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले लालबन्दीस्थित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भइ उम्मेदवारी फिर्ता लिँदै पार्टीका आधिकारिक उम्मेदवार प्रमोदकुमार साहलाई समर्थन जनाएका छन् । थापा बागमती नगरपालिकाका निलम्बित नगरप्रमुखसमेत हुन् । यस्तै, क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका महेश प्रसाद यादवले उम्मेदवारी फिर्ता लिएका छन् ।

अन्तिम सूची अनुसार सर्लाहीमा ६१ जना विभिन्न राजनीतिक दलका उम्मेदवार रहेका छन् भने ७० जना स्वतन्त्र उम्मेदवार छन् । कुल उम्मेदवारमध्ये ६ जना महिला रहेका छन्। जिल्लामा अब क्षेत्र नम्बर १ मा २८ जना, क्षेत्र नम्बर २ मा ३१ जना, क्षेत्र नम्बर ३ मा ३४ जना र क्षेत्र नम्बर ४ मा सबैभन्दा धेरै ३८ जना उम्मेदवार रहेका छन् । उम्मेदवारको अन्तिम नामावली टुंगिएसँगै अब दल तथा स्वतन्त्र उम्मेदवारका चुनाव चिन्हसहित मतपत्र छपाइका लागि निर्वाचन आयोगमा विवरण पठाइने मुख्य निर्वाचन अधिकृत थपलियाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?