इजरायल घटना: ३ नेपाली घाइते १२ सम्पर्कबिहीन,

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २१, २०८०
|
|
२३ पटक हेरिएको
Shares
इजरायल घटना: ३ नेपाली घाइते १२ सम्पर्कबिहीन,

सारांश

  •   आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै परराष्ट्रमन्त्री साउदले इजरायलमा रहेका नेपालीहरूको अवस्थाको बारेमा जानकारी गराएका हुन्।
  • नेपाली राजदूतावासका अनुसार इजरायलमा हालसम्म ४ हजार ५ सय नेपाली केयर गिभरको रुपमा कार्यरत रहेको परराष्ट्रमन्त्री साउदले जानकारी दिए।
  • २६५ जना नेपाली विद्यार्थीहरू इजरायल सरकारको लर्न एन्ड अर्न कार्यक्रममार्फत् गएका थिए।

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले इजरायल आक्रमणबारे संसदमा जानकारी गराएका छन्।  आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै परराष्ट्रमन्त्री साउदले इजरायलमा रहेका नेपालीहरूको अवस्थाको बारेमा जानकारी गराएका हुन्। नेपाली राजदूतावासका अनुसार इजरायलमा हालसम्म ४ हजार ५ सय नेपाली केयर गिभरको रुपमा कार्यरत रहेको परराष्ट्रमन्त्री साउदले जानकारी दिए। २६५ जना नेपाली विद्यार्थीहरू इजरायल सरकारको लर्न एन्ड अर्न कार्यक्रममार्फत् गएका थिए।

मन्त्री साउदका अनुसार कृषि विश्वविद्यालयबाट ११९,त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट  ४९ जना विद्यार्थीहरू गएका थिए। उनीहरूमध्ये सुदूरपश्चिम विश्वविद्लायबाट गएका १७ विद्यार्थीहरू दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययरत थिए। नेपाली दूतावासका अनुसार सुदूरपश्चिम विश्वविद्लायबाट गएका विद्यार्थीमध्ये आक्रमणमा परी  ३ जना  घाइते भएका छन् भने २ जना सकुशल रहेको मन्त्री साउदले जानकारी दिए।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बाँकी रहेका १२ जनामध्ये केही सम्पर्कमा नरहेको  र केही हताहत भएको हुनसक्ने आशंका गरिएको छ। यो स्थान गाजा क्षेत्रबाट नजिक रहेको र त्यहाँ हमास समूहले आक्रमण गरिरहेको छ। शनिबार बिहान प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलका विभिन्न सहरमा आक्रमण गरिरहेका छन्।इजरायलका २२ सहर र सेनाको आधार शिविरमा हमासले रकेट प्रहार गरिरहेको छ। यहाँ आक्रमणबाट २५० जना इजरायली र २३० जना प्यालेस्टाइनीको मृत्यु भएको जनाइएको छ। ३ हजार बढि मानिस घाइते भएको अन्तराष्ट्रिय मिडियाहरूले जनाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक
कानूनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण र लगानी वृद्धि सरकारको प्राथमिकतामाः प्रधानमन्त्री
कानूनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण र लगानी वृद्धि सरकारको प्राथमिकतामाः प्रधानमन्त्री
निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील छ : गृहमन्त्री
निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील छ : गृहमन्त्री
सर्लाहीको मनुसमारा आसपासमा २२३ मिलिमिटर वर्षा, बागमतीको ३५ ढोका खोलियो
सर्लाहीको मनुसमारा आसपासमा २२३ मिलिमिटर वर्षा, बागमतीको ३५ ढोका खोलियो
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शून्य बेरुजु
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शून्य बेरुजु
क्यानडाविरुद्धको एकदिवसीय सिरिज नेपालले गर्‍यो क्लिनस्वीप
क्यानडाविरुद्धको एकदिवसीय सिरिज नेपालले गर्‍यो क्लिनस्वीप
सरकारले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने तयारी
सरकारले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने तयारी
कास्की र तनहूँ कारागारबाट भागेका ६ कैदीबन्दी गोरखाबाट पक्राउ
कास्की र तनहूँ कारागारबाट भागेका ६ कैदीबन्दी गोरखाबाट पक्राउ
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ
जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ