सुझबुझका साथ देश चलाउन कांग्रेस तयार छ : गगन थापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन १७, २०८२
|
|
२७ पटक हेरिएको
Shares
सुझबुझका साथ देश चलाउन कांग्रेस तयार छ : गगन थापा

सारांश

  • नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकलाई स्थिरता, संयम र जिम्मेवारीपूर्ण नेतृत्व आवश्यक रहेको बताएका छन् ।
  • नेपाली कांग्रेसको विशेष चुनावी आमसभालाई सम्बोधन गर्दै थापाले आगामी पाँच वर्ष सुझबुझका साथ देश सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
  • उनले भने, ‘कांग्रेसले यो पाँच वर्ष अब सुझबुझका साथ देश चलाउँछ ।

१७ फागुन,काठमाडौं ।

नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकलाई स्थिरता, संयम र जिम्मेवारीपूर्ण नेतृत्व आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेसको विशेष चुनावी आमसभालाई सम्बोधन गर्दै थापाले आगामी पाँच वर्ष सुझबुझका साथ देश सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘कांग्रेसले यो पाँच वर्ष अब सुझबुझका साथ देश चलाउँछ । कांग्रेसले यो पाँच वर्षमा अर्को भाद्र २३ गते निम्तिन दिँदैन । कुनैपनि जनताले गोली खाएर मर्न बाध्य अवस्था  दिने छैनौं ।’

उनले मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा घृणा र उत्तेजनाको भाषाले समस्या समाधान नहुने धारणा राखे । ‘यति ठूलो अप्ठ्यारोमा परेको यो देशलाई सम्हाल्नका निम्ति केवल घृणाको भाषाले हुँदैन, उत्तेजनाको भाषाले हुँदैन,’ उनले भने । थापाले नेपाली राजनीति विकृतितर्फ उन्मुख भएको टिप्पणी गर्दै चुनावमा को जित्छ वा हार्छ भन्नेभन्दा देशको भविष्य र राजनीतिक संस्कार महत्वपूर्ण हुने बताए । ‘नेपाली राजनीति एउटा ठूलो विकृति बनेको छ । को जित्छ, के हार्छ चुनावमा त्यो महत्वपूर्ण कुरा होइन,’ उनले स्पष्ट पार्दै भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण
सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण
करण केसी र वर्षा बस्नेत वैवाहिक बन्धनमा
करण केसी र वर्षा बस्नेत वैवाहिक बन्धनमा
भारतीय अभिनेत्री शिल्पा शेट्टीविरुद्ध ६० करोड ठगीको आरोप, घन्टौं लिइयो बयान
भारतीय अभिनेत्री शिल्पा शेट्टीविरुद्ध ६० करोड ठगीको आरोप, घन्टौं लिइयो बयान
अर्थमन्त्रीलाई सांसद केसीको आग्रह– विकास कोषका नाममा हामीलाई बदनाम नगर्नुहोला
अर्थमन्त्रीलाई सांसद केसीको आग्रह– विकास कोषका नाममा हामीलाई बदनाम नगर्नुहोला
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
दुबई एयर शो २०२५ मा प्रभावशाली हवाई प्रदर्शन
दुबई एयर शो २०२५ मा प्रभावशाली हवाई प्रदर्शन
प्रतिनिधिसभाको बैठक बस्दै, कस्तो छ कार्यसूची ?
प्रतिनिधिसभाको बैठक बस्दै, कस्तो छ कार्यसूची ?
बालेनले सप्तरीदेखि सिराहा, धनुषा हुँदै महोत्तरीसम्मको यात्रा गर्ने
बालेनले सप्तरीदेखि सिराहा, धनुषा हुँदै महोत्तरीसम्मको यात्रा गर्ने
एउटै प्लेनमा धनगढी पुगे प्रचण्ड र आरजु
एउटै प्लेनमा धनगढी पुगे प्रचण्ड र आरजु
मिटरब्याज पीडित र दुध किसानको समस्या समाधान नभए संसदको अर्को बैठक अवरुद्ध पार्छौंः अध्यक्ष लिङ्देन
मिटरब्याज पीडित र दुध किसानको समस्या समाधान नभए संसदको अर्को बैठक अवरुद्ध पार्छौंः अध्यक्ष लिङ्देन