मोटरसाइकल दुर्घटनामा घाइते युवक पेस्तोलसहित प्रहरी नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १९, २०८३
|
|
३ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा घाइते युवक पेस्तोलसहित प्रहरी नियन्त्रणमा

सारांश

  • प्रहरीका अनुसार २०८३ असोज १९ गते राति करिब १ बजे दुर्घटना भएको भए पनि घटनाबारे बिहान ४ः५० बजे सूचना प्राप्त भएको थियो।
  • सूचना पाएलगत्तै सशस्त्र प्रहरी पोस्ट हेमपुर पचगछिया र इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
  • प्रहरीले घटनास्थलमा जाँच गर्ने क्रममा BR30Y 2853 नम्बरको मोटरसाइकल चालक कबिलासी नगरपालिका–३ मदनपुर निवासी महादेव ठाकुरका करिब ३३ वर्षीय छोरा तुलसी ठाकुरलाई फेला पारेको जनाएको छ।

सर्लाही — सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवक पेस्तोलसहित फेला परेका छन्। प्रहरीका अनुसार २०८३ असोज १९ गते राति करिब १ बजे दुर्घटना भएको भए पनि घटनाबारे बिहान ४ः५० बजे सूचना प्राप्त भएको थियो। सूचना पाएलगत्तै सशस्त्र प्रहरी पोस्ट हेमपुर पचगछिया र इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घटनास्थलमा जाँच गर्ने क्रममा BR30Y 2853 नम्बरको मोटरसाइकल चालक कबिलासी नगरपालिका–३ मदनपुर निवासी महादेव ठाकुरका करिब ३३ वर्षीय छोरा तुलसी ठाकुरलाई फेला पारेको जनाएको छ। जनकपुरबाट आफ्नो घर मदनपुरतर्फ आउँदै गर्दा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक विवरणमा उल्लेख छ।

दुर्घटनामा ठाकुरको दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीसँग मोटरसाइकल चलाउने अनुमतिपत्र रहेको र जाँचका क्रममा मादक पदार्थ सेवन गरेको अवस्थामा भेटिएका थिए।

त्यसै क्रममा उनको साथबाट गोली नभएको एक थान सिक्सर पेस्तोल फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान तथा सोधपुछ भइरहेको र युवक तथा बरामद हतियार सशस्त्र प्रहरी पोस्ट हेमपुर पचगछियाको नियन्त्रणमा रहेको विवरणमा उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?