कास्की र तनहूँ कारागारबाट भागेका ६ कैदीबन्दी गोरखाबाट पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २८, २०८२
|
|
२१ पटक हेरिएको
Shares
कास्की र तनहूँ कारागारबाट भागेका ६ कैदीबन्दी गोरखाबाट पक्राउ

सारांश

  • जेनजी आन्दोलनका क्रममा कास्की र तनहूँ कारागारबाट भागेका ६ जना कैदीवन्दी गोरखाबाट पक्राउ परेका छन् ।
  • जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई बिभिन्न स्थानबाट पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेमा चुमुनव्री गाउँपालिका–६ चुम्चेतका सोनम दोर्जे लामा, छेवाङ लामा, सोनम घ्याल्जेन लामा र तेन्जीन रिक्तेल लामा रहेका छन् ।

२८ भदौ, गोरखा।

जेनजी आन्दोलनका क्रममा कास्की र तनहूँ कारागारबाट भागेका ६ जना कैदीवन्दी गोरखाबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई बिभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा चुमुनव्री गाउँपालिका–६ चुम्चेतका सोनम दोर्जे लामा, छेवाङ लामा, सोनम घ्याल्जेन लामा र तेन्जीन रिक्तेल लामा रहेका छन् । कर्तव्य ज्यान मुद्दामा विगत आठ बर्षदेखि उनीहरु कास्की कारागारमा रहेर सजाय भुक्तान गरिरहेका थिए। आन्दोलनको क्रममा कारागारबाट भागेर आएका रहेछन्,’ प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले भने, ‘बिशेष सूचनाको आधारमा बुधवार उनीहरुलाई हामीले पक्राउ गरेका हौ ।’

कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका भीमसेन थापा गाउँपालिका–१ मसेलका राजेश विश्व सुनार पनि पक्राउ परेको प्रहरीले जनाएको छ । कास्की कारागारबाटै भागेर आएका उनलाई शुक्रवार पक्राउ गरिएको बताइएको छ । तनहूँ कारागारबाट भागेर आएका सिरानचोक गाउँपालिका–८ का बिशाल उपरकोटी पनि पक्राउ परेका छन् । चोरी मुद्दाका उनी थुनुवा रहेको डिएसपी सुवेदीले बताए। ‘उपरकोटी थुनुवा र बाँकी सबै कैदी हुन्, उनीहरु सबैलाई सम्बन्धित कारागारमा पठाउने तयारी गरिरहेका छौ,’ उनले भने। आन्दोलनको क्रममा बिभिन्न जिल्लाका कारागारबाट भागेका कैदीवन्दीहरु गोरखा आएको हुनसक्नै भन्दै निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज कुन विदेशी मुद्राको भाउ कति ?
आज कुन विदेशी मुद्राको भाउ कति ?
प्रधानमन्त्री र सभामुखसँगको वार्तापछि पनि शिक्षकले छाडेनन् सडक
प्रधानमन्त्री र सभामुखसँगको वार्तापछि पनि शिक्षकले छाडेनन् सडक
एसिसी यू-१९ एसिया कपमा‌ नेपालले बंगलादेशसँग खेल्दै
गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन- जनताको अधिकारलाई वंशमा केन्द्रित गर्ने प्रयास हुँदैछ
गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन- जनताको अधिकारलाई वंशमा केन्द्रित गर्ने प्रयास हुँदैछ
प्रधानमन्त्री सुशीला कार्कीले ४४ देशका राजदूतसँग छलफल गर्दै
प्रधानमन्त्री सुशीला कार्कीले ४४ देशका राजदूतसँग छलफल गर्दै
क्षमता अनुसार मन्त्री र मन्त्रालयको बाँडफाँट हुन्छ : मनिष झा
क्षमता अनुसार मन्त्री र मन्त्रालयको बाँडफाँट हुन्छ : मनिष झा
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
स्वास्थ्यमन्त्रीको दुखेसो : नेताकै दबाबमा चिकित्सकको सरुवा अड्कियो
स्वास्थ्यमन्त्रीको दुखेसो : नेताकै दबाबमा चिकित्सकको सरुवा अड्कियो
ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्न सीआईबीले अघि बढायो प्रक्रिया
ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्न सीआईबीले अघि बढायो प्रक्रिया
कञ्चनपुरमा एक लाख नगदसहित १२ जना जुवाडे पक्राउ
कञ्चनपुरमा एक लाख नगदसहित १२ जना जुवाडे पक्राउ