इलाम उपनिर्वाचन : उम्मेदवारले गरे मतदान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १५, २०८१
|
|
३५ पटक हेरिएको
Shares
इलाम उपनिर्वाचन : उम्मेदवारले गरे मतदान

सारांश

  • उपनिर्वाचन अन्तर्गत इलाम- २ मा प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ ।
  • बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।
  • मतदान सुरु भएसँगै प्रमुख दलका र मुख्य प्रतिस्पर्धी भनिएका उम्मेदवारहरूले मतदान गरिसकेका छन् ।

१५ वैशाख, काठमाडौं । उपनिर्वाचन अन्तर्गत इलाम- २ मा प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । मतदान सुरु भएसँगै प्रमुख दलका र मुख्य प्रतिस्पर्धी भनिएका उम्मेदवारहरूले मतदान गरिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ-२ दहगाउँस्थित जनता कल्याण आधारभुत विद्यालयको ‘ख’ केन्द्रबाट मतदान गरेका छन् । सोही मतदानस्थलको ‘क’ केन्द्रमा इलामका जिल्ला समन्वय समिति प्रमुख जय प्रकाश राईले पनि मतदान गरेका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले आफ्नै जन्मथलो फाकफोकथुम गाउँपालिका -३ स्थित सिंहदेबी मा.बि. शुक्रबारे (क) मतदान केन्द्रमा पहिलो मतदान गरेका छन् ।

एमाले उम्मेदवार सुहाङ नेम्वाङले महेन्द्ररत्न बहुमुखी क्याम्पसको ‘ग’ केन्द्रबाट मतदान गरेका छन् । त्यही क्याम्पसको केन्द्रबाट सांसाद महेश बस्नेतले पनि मतदान गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले पनि मतदान गरिसकेका छन् । उनले  महेन्द्र रत्न बहुमुखी क्याम्पसकै ‘क’ केन्द्रबाट मतदान गरेका हुन् । आयोगका अनुसार इलाम-२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । तीमध्ये ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन् ।

आयोगबाट प्रकाशित अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । इलाम-२ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
टी–२० विश्वकप : नेपालको लगातार तेस्रो हार, एक खेल अगावै वेस्ट इन्डिज सुपर एटमा, नेपाल बाहिरियो
टी–२० विश्वकप : नेपालको लगातार तेस्रो हार, एक खेल अगावै वेस्ट इन्डिज सुपर एटमा, नेपाल बाहिरियो
धनकुटामा पिकअप गाडी दुर्घटना, १७ जना घाइते
धनकुटामा पिकअप गाडी दुर्घटना, १७ जना घाइते
माधव नेपाललाई मुद्दा दायर हुनुमा सरकारको कुनै भूमिका छैन: सञ्चारमन्त्री गुरुङ
माधव नेपाललाई मुद्दा दायर हुनुमा सरकारको कुनै भूमिका छैन: सञ्चारमन्त्री गुरुङ
पुर्पक्षका लागि थुनामा रहेका टोपबहादुर रायमाझीसहित १० जनाको रिटमा सुनुवाइ हुँदै
पुर्पक्षका लागि थुनामा रहेका टोपबहादुर रायमाझीसहित १० जनाको रिटमा सुनुवाइ हुँदै
स्मार्ट टेलिकमको ठगीमा संलग्न भेटिए राजनीतिक जीवनबाट बिदा लिन्छु – जगदिश खरेल
स्मार्ट टेलिकमको ठगीमा संलग्न भेटिए राजनीतिक जीवनबाट बिदा लिन्छु – जगदिश खरेल
क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
एमाले संसद विघटनविरुद्ध सर्वोच्च नजाने
एमाले संसद विघटनविरुद्ध सर्वोच्च नजाने
मोटरसाईकल दुर्घटनामा एकको मृ*त्यु, एक घाइते
मोटरसाईकल दुर्घटनामा एकको मृ*त्यु, एक घाइते