Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ११, २०८१
|
|
३९ पटक हेरिएको
Shares
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी

सारांश

  •    गएराति २ बजेदेखि साङ्ग्रिला प्लाई उद्योगमा सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।
  • दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको सो उद्योगमा लागेको आगो हालसम्म पनि नियन्त्रणमा आउन नसकेको हो ।
  •   अझैसम्म पनि उद्योगमा लागेको आगलागी पूर्ण नियन्त्रणमा आउन नसकेको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनुभयो ।

११ चैत, दाङ ।  

गएराति २ बजेदेखि साङ्ग्रिला प्लाई उद्योगमा सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको सो उद्योगमा लागेको आगो हालसम्म पनि नियन्त्रणमा आउन नसकेको हो ।  अझैसम्म पनि उद्योगमा लागेको आगलागी पूर्ण नियन्त्रणमा आउन नसकेको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनुभयो । उहाँका अनुसार हाल सात वटा दमकलले आगो निभाइरहेका छन् ।


दाङको घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका तथा बर्दियाको बाँसगढी नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र रुपन्देहीबाट एउटा दमकल ल्याएर आगो निभाउने क्रम जारी छ । प्लाई बनाउन प्रयोग हुने धेरै सामग्री भएकाले आगो निभाउन ढिलाइ भएको प्रजिअ लम्सालको भनाइ छ । “प्लाईका धेरै सामग्री छन्, आगो बलिरहेको छ”, उहाँले भन्नुभयो, “निभाउन अझै समय लाग्ने देखिन्छ ।”


आसपासमा बस्ती भए पनि त्यो बस्तीका लागि जोखिम भने टरेको प्रजिअ लम्सालले बताउनुभयो । आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ । यद्यपी अझै पनि क्षतिको विवरण आइपुगेको छैन । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित सुरक्षा निकाय, स्थानीयलगायतले आगो नियन्त्रण गरिरहेका छन् ।

(रासस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इण्डोनेसियाली सामानहरूमा १९ प्रतिशत कर लाग्ने ट्रम्पको घोषणा
इण्डोनेसियाली सामानहरूमा १९ प्रतिशत कर लाग्ने ट्रम्पको घोषणा
हरिवनमा डाइभर्सन बगाउँदा अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्ग पुन: सञ्चालन
हरिवनमा डाइभर्सन बगाउँदा अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्ग पुन: सञ्चालन
नकारात्मक सोचले देश बन्दैनः परराष्ट्रमन्त्री
नकारात्मक सोचले देश बन्दैनः परराष्ट्रमन्त्री
बलात्कारको आरोपमा हेटौंडाबाट ७ जना युवा पकाउ
बलात्कारको आरोपमा हेटौंडाबाट ७ जना युवा पकाउ
सुजन बिकका आफन्तले गृहमन्त्री गुरुङसँग राखे न्यायको माग
सुजन बिकका आफन्तले गृहमन्त्री गुरुङसँग राखे न्यायको माग
जनयुद्धमा महिलाका त्याग र बलिदानले नेपालमा गणतन्त्र सम्भव भएको हो : प्रचण्ड
जनयुद्धमा महिलाका त्याग र बलिदानले नेपालमा गणतन्त्र सम्भव भएको हो : प्रचण्ड
राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने
राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने
ध्वस्त भयो कोशीको प्रदेश सभा, आगोले नभेटेका सामान चोरी
ध्वस्त भयो कोशीको प्रदेश सभा, आगोले नभेटेका सामान चोरी
आज कोशी र गण्डकी प्रदेशका हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना 
आज कोशी र गण्डकी प्रदेशका हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना 
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?