बमको धम्की आएपछि एयर इन्डियाको अर्को विमान थाइल्याण्डमा आपतकालीन अवतरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • एयर इन्डियाको उडान नम्बर एआई-३७९लाई फुकेट विमानस्थलमा शुक्ररबा आपतकालीन अवतरण गराएको हो यो विमानमा बम भएको सूचना प्राप्त भएपछि यस्तो निर्णय लिइएकोहो ।
  • विमानमा १५६ जना सवार थिए।
  • जहाज फुकेटबाट दिल्ली आउँदै थियो।

काठमाडौं- एयर इन्डियाको अर्को विमानले थाइल्याण्डको फुकेट अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरेको छ। एयर इन्डियाको उडान नम्बर एआई-३७९लाई फुकेट विमानस्थलमा शुक्ररबा आपतकालीन अवतरण गराएको हो यो विमानमा बम भएको सूचना प्राप्त भएपछि यस्तो निर्णय लिइएकोहो । विमानमा १५६ जना सवार थिए। जहाज फुकेटबाट दिल्ली आउँदै थियो।

समाचार एजेन्सी रोयटर्सले फ्लाइट ट्र्याकर ‘फ्लाइट्राडर२४’ लाई उद्धृत गर्दै बताएअनुसार एयर इन्डियाको जहाजले फुकेट विमानस्थलबाट भारतीय समयानुसार बिहान साढे ९ बजे (स्थानीय समयानुसार दिउँसो २: ३० बजे) उडान भरेको थियो। विमान अण्डमान सागरमाथि फन्को लगाउँदै थाइल्यान्ड नै फर्किएको थियो। त्यसपछि फुकेटमा सुरक्षित आपतकालीन अवतरण गरेर चेकजाँच गरिएको छ। विमानका सबै यात्रु र चालक दल सुरक्षित छन् । नेशन थाइल्याण्डले बताएअनुसार बमको धम्की आएपछि फुकेट विमानस्थलले विमानस्थल आकस्मिक योजना (एसीपी) सक्रिय भएको हो । विमानस्थलका अधिकारीहरूले धम्की आएपछि सुरक्षाका सबै आवश्यक कदमहरू चालिएका छन्। एयर इन्डियाको अर्को विमान लण्डन जाने क्रममा भारतको गुजरातस्थित अहमदाबादमा बिहीबार दुर्घटनाग्रस्त भएको थियो। यसमा सवार २४१ जनाको मृत्यु भएको छ । अरू पाँचजना ५ मृतक जहाज खसेको मेडिकल होस्टलका छन् ।

विमान बीजे मेडिकल कलेज होस्टलमा खसेको थियो, त्यहाँ ५० भन्दा बढी व्यक्ति थिए। यद्यपि, अहिलेसम्म होस्टलमा कतिको मृत्यु भयो भन्ने स्पष्ट भएको छैन। ४ एमबीबीएस विद्यार्थी र एक डाक्टरकी पत्नीको मृत्यु भएको खबर आएको छ। एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर फ्लाइट एआई-१७१ ले बिहीबार दिउँसो १:३८ बजे अहमदाबादबाट लन्डनका लागि उडान भरेको थियो। यसमा १६९ भारतीय, ५३ ब्रिटिश, ७ पोर्चुगिज र एक क्यानेडाली नागरिकसहित कुल २३० यात्रु सवार थिए। अरू १२ जना चालक दलका सदस्य थिए । तर जहाज दुई मिनेटमै दुर्घटनामा परेको हो । mतीमध्ये १०३ पुरुष, ११४ महिला, ११ बालबालिका र २ नवजात थिए। बाँकी १२ चालक दलका सदस्य थिए। मृतकहरूमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपाणी पनि छन्, यो दुर्घटनामा केवल एक यात्रुको ज्यान बाँचेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन महिनादेखि अदानचुली गाउँपालि प्रमुख प्रशासकीय अधिकृतविहीन
तीन महिनादेखि अदानचुली गाउँपालि प्रमुख प्रशासकीय अधिकृतविहीन
शिक्षकहरुले बुधबारदेखि अनिश्चितकालिन सडक आन्दोलन सुरु गर्ने
शिक्षकहरुले बुधबारदेखि अनिश्चितकालिन सडक आन्दोलन सुरु गर्ने
नेम्वाङको निधनमा शोक मनाउन एमालेका सबै कार्यक्रम स्थगित 
नेम्वाङको निधनमा शोक मनाउन एमालेका सबै कार्यक्रम स्थगित 
फागुन २१ मा निर्वाचन हुन्छ, उज्यालो नेपाल पार्टीले बहुमत ल्याउँछ : कुलमान घिसिङ
फागुन २१ मा निर्वाचन हुन्छ, उज्यालो नेपाल पार्टीले बहुमत ल्याउँछ : कुलमान घिसिङ
रेशमलाई अल्पकालीन नभइ दीर्घकालीन र रणनीतिक क्षेत्रका रूपमा अघि बढाऔं : मन्त्री डा.परियार
रेशमलाई अल्पकालीन नभइ दीर्घकालीन र रणनीतिक क्षेत्रका रूपमा अघि बढाऔं : मन्त्री डा.परियार
राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै
राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै
हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति
हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति
नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
सिरियामा जातीय हिंसामा १२ जनाको मृत्यु
सिरियामा जातीय हिंसामा १२ जनाको मृत्यु
रास्वपाको संसदीय दलको बैठक बस्दै
रास्वपाको संसदीय दलको बैठक बस्दै