वीरगञ्ज सुक्खा बन्दरगाहको राजस्वमा वृद्धि, नौ महिनामा करिब ३६ अर्ब संकलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २०, २०८२
|
|
२८ पटक हेरिएको
Shares
वीरगञ्ज सुक्खा बन्दरगाहको राजस्वमा वृद्धि, नौ महिनामा करिब ३६ अर्ब संकलन

सारांश

  • सिर्सिया वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको नौ महिनामा ३६ अर्ब ८३ करोड ५८ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
  • कार्यालयले यस अवधिमा वार्षिक लक्ष्यको ६१.
  • ३४ प्रतिशत राजस्व संकलन गरेको छ ।

 

२० वैशाख, वीरगञ्ज ।

सिर्सिया वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको नौ महिनामा ३६ अर्ब ८३ करोड ५८ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले यस अवधिमा वार्षिक लक्ष्यको ६१.३४ प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले पछिल्ला महिनामा राजस्व संकलनमा बढोत्तरी हुँदै आएको जानकारी दिए ।

कार्यालयले साउनमा तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड, असोजमा चार अर्ब ३६ करोड, कात्तिकमा तीन अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । त्यस्तै मंसिरमा तीन अर्ब २२ करोड, पुसमा तीन अर्ब ५६ करोड, माघमा चार अर्ब २९ करोड, फागुनमा चार अर्ब ६८ करोड र चैतमा चार अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सार विभागले कार्यालयलाई वर्षभरिमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?