डा. केसीलाई धर्मशाला छाड्न कृष्ण मन्दिर व्यवस्थापन समितिको पत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ८, २०८३
|
|
३०० पटक हेरिएको
Shares
डा. केसीलाई धर्मशाला छाड्न कृष्ण मन्दिर व्यवस्थापन समितिको पत्र

सारांश

  • धनगढीको कृष्ण मन्दिर व्यवस्थापन समितिले बिहीबारदेखि सत्याग्रह थालेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई धर्मशाला छाड्न भन्दै पत्र थमाएको छ ।
  •  धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले केसीलाई शुक्रबार बिहान पत्र काट्दै अनसनरत केसीलाई छाड्न अनुरोध गरेको हो ।
  •  अध्यक्ष पन्तले केसीलाई धर्मशाला छाड्न पत्र दिइएको कुरा पुष्टि गरेका छन् ।

८ साउन, धनगढी ।

धनगढीको कृष्ण मन्दिर व्यवस्थापन समितिले बिहीबारदेखि सत्याग्रह थालेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई धर्मशाला छाड्न भन्दै पत्र थमाएको छ । धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले केसीलाई शुक्रबार बिहान पत्र काट्दै अनसनरत केसीलाई छाड्न अनुरोध गरेको हो । अध्यक्ष पन्तले केसीलाई धर्मशाला छाड्न पत्र दिइएको कुरा पुष्टि गरेका छन् । ‘उहाँ बास बस्छु भनेर आउनुभएको थियो तर कुनै जानकारी बिना अनसन नै बस्नुभयो,’ पन्तले भने, ‘धार्मिक संस्थामा अनसन बस्न किन दिएको भनेर दबाब आउन थाल्यो । त्यसैले उहाँलाई धर्मशाला छाड्नुहोस् भनेका हौं ।’

दबाब कसले दियो भन्ने कुरा भने पन्तले खुलाएन । बिहीबार बिहान अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काले पन्तलाई डाक्टर केसीलाई धर्मशालामा अनसन बस्न नदिन अनुरोध गरेका थिए ।  व्यवस्थापन समितिले धर्मशाला छाड्न पत्र नै थमाएपछि डाक्टर गोविन्द केसी विकल्पबारे छलफल गरिररहेको उनका सहयोगी डा. अमृत जैशीले बताए । जैसीले डाक्टर केसी पूर्व जानकारी दिएरै धर्मशालामा अनसन बसेको तर अहिले व्यवस्थापन समितिले के–कति कारण ठाउँ छाड्न भन्यो भन्ने कुरा थाहा नभएको बताए । डाक्टर केसी विभिन्न पाँच बुँदे माग राख्दै बिहीबारदेखि अनिश्चितकालीन सत्याग्रहमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध
कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध
सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरीका जवान सुरज साउदको श*व भेटियो
सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरीका जवान सुरज साउदको श*व भेटियो
यू-१९ महिला विश्‍वकप : बंगलादेश विरुद्ध नेपाल ब्याटिङ गर्दै
यू-१९ महिला विश्‍वकप : बंगलादेश विरुद्ध नेपाल ब्याटिङ गर्दै
अन्तरिम सरकार गठनबारे शुक्रबार बिहानदेखि पुन: छलफल
अन्तरिम सरकार गठनबारे शुक्रबार बिहानदेखि पुन: छलफल
निरन्तर घटेको सुनको मूल्य आज बढ्‌यो
निरन्तर घटेको सुनको मूल्य आज बढ्‌यो
१४ किलो चाँदीसहित २ जना पक्राउ
१४ किलो चाँदीसहित २ जना पक्राउ
उपरदाङगढी बन्यो चितवनको नयाँ पर्यटकीय गन्तव्य
उपरदाङगढी बन्यो चितवनको नयाँ पर्यटकीय गन्तव्य
असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल’ बैठक बस्दै
असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल’ बैठक बस्दै
चार महिनामा नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी कर्मचारीले दिए राजीनामा
चार महिनामा नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी कर्मचारीले दिए राजीनामा
२ अर्ब ९२ करोड लगानी गर्दै नेपाल राष्ट्र बैंकः प्रश्ताव पठाउन बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान
२ अर्ब ९२ करोड लगानी गर्दै नेपाल राष्ट्र बैंकः प्रश्ताव पठाउन बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान