एसिसी महिला प्रिमियर कप : नेपालको विजयी सुरुवात

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २०, २०८३
|
|
२८४ पटक हेरिएको
Shares
एसिसी महिला प्रिमियर कप : नेपालको विजयी सुरुवात

सारांश

  • नेपालले एसिसी महिला प्रिमियर कपमा  विजयी सुरुवात गरेको छ ।
  •   मलेसियाको कोल्जे टुङ्गुर जाफर ओभल मैदानमा बुधबार भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले हरायो ।
  •  जितका लागि कतारले दिएको ७७ रनको सामान्य लक्ष्य नेपालले १०.

२० जेठ, काठमाडौं ।

नेपालले एसिसी महिला प्रिमियर कपमा  विजयी सुरुवात गरेको छ ।  मलेसियाको कोल्जे टुङ्गुर जाफर ओभल मैदानमा बुधबार भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले हरायो । जितका लागि कतारले दिएको ७७ रनको सामान्य लक्ष्य नेपालले १०.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि विन्दु रावलले सर्वाधिक ३३ रन बनाउनुभयो । यस्तै उपकप्तान पूजा महतोले अविजित २८ र कप्तान इन्दु बर्माले ६ रन बनाउनुभयो । बलिङ कतारका लागि शाहरीनवाब खान र खादिजा अमदले एक एक विकेट लिनुभयो ।  यसअघि पहिले ब्याटिङ गरेको कतारले १६.५ ओभरमा सबै विकेटको क्षतिमा ७६ रन बनारोजेपछि पहिले ब्याटिङ गरेको कतारले १६.५ ओभरमा सबै विकेट गुमाएर ७६ रनको बनाएको थियो ।  कतारका लागि ओपनर गितरुडु चण्डिरुले सर्वाधिक २५ रन बनाउनुभयो ।

यस्तै कप्तान आयसाले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।  बलिङमा नेपालकी रुबिना क्षेत्रीले तीन विकेट लिनुभयो । कविता कुवँर, रिया शर्मा र पूजा महतोले एक एक विकेट लिनुभयो । समूह ‘डी’ मा रहेको नेपालले दोस्रो खेल बिहीबार भुटानसँग खेल्ने छ । समूह ‘डी’ नेपालसहित कतार, हङकङ र भुटान छ ।  १८ देशको सहभागिता रहेको प्रतियोगितामा सहभागी देशलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘ए’ मा थाइल्यान्ड, म्यानमार, जापान, बहराइन र मङ्गोलिया रहेको छ । समूह ‘बी’ युएई, ओमान, चीन, फिलिपिन्स र साउदी अरब रहेको छ ।  समूह ‘सी’ मा इन्डोनेसिया, मलेसिया, कुवेत र सिङ्गापुर रहको छ । समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । क्वार्टरफाइनल खेलका विजेता एसिसी एसिया कपमा छनोट हुने छन् । यसअघि मलेसियामै सम्पन्न एसियन गेम्स छनोटबाट नेपाल बाहिरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अल्लु अर्जुन १४ दिन न्यायिक हिरासतमा बस्ने
अल्लु अर्जुन १४ दिन न्यायिक हिरासतमा बस्ने
वन तथा वातावरण मन्त्रालयको लागि १८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन
वन तथा वातावरण मन्त्रालयको लागि १८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन
गाजामा भएको नरसंहारविरुद्ध यमनमा विशाल प्रदर्शन
गाजामा भएको नरसंहारविरुद्ध यमनमा विशाल प्रदर्शन
ढुङ्गाले लागेर गुल्मीमा विद्यालय जाँदै गरेकी ८ वर्षीया बालिकाकाे ज्यान गयाे
ढुङ्गाले लागेर गुल्मीमा विद्यालय जाँदै गरेकी ८ वर्षीया बालिकाकाे ज्यान गयाे
सरकारले ९ महिनामा ८ खर्ब २१ अर्ब राजस्व संकलन गर्‍यो
सरकारले ९ महिनामा ८ खर्ब २१ अर्ब राजस्व संकलन गर्‍यो
भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै
भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै
कांग्रेसको चियापानमा एमाले अध्यक्ष ओलीले भने- हामीमाथि प्रश्न उठाउने कोशिस गरिएको छ
कांग्रेसको चियापानमा एमाले अध्यक्ष ओलीले भने- हामीमाथि प्रश्न उठाउने कोशिस गरिएको छ
शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकबारे कति दफामा जुट्यो सहमति ?
शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकबारे कति दफामा जुट्यो सहमति ?
यू-१९ महिला एसिया कप : आज नेपाल भारतसँग भिड्दै
यू-१९ महिला एसिया कप : आज नेपाल भारतसँग भिड्दै
राप्तीसोनारीमा मोटरसाइकल दुर्घटना: तीनको मृत्यु, दुई घाइते
राप्तीसोनारीमा मोटरसाइकल दुर्घटना: तीनको मृत्यु, दुई घाइते