ठूला दुई दल मिलेर बनेको स्थिर सरकारले आक्रमक ढंगबाट काम गर्न आवश्यक : मन्त्री खड्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र १९, २०८२
|
|
१८ पटक हेरिएको
Shares
ठूला दुई दल मिलेर बनेको स्थिर सरकारले आक्रमक ढंगबाट काम गर्न आवश्यक : मन्त्री खड्का

सारांश

  • उर्जा ,जल श्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले ठूला दुई दल मिलेर बनेको स्थिर सरकार भएको कारण आक्रमक ढंगबाट काम गर्न आवश्यक रहेको बताएका छन् ।
  • बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय लघु तथा साना जलविद्युत उपभोक्ता समाजको ८औं वार्षिक साधारण सभा समारोमा बोल्दै उनले वर्तमान सरकारले आक्रमक ढंगबाट काम गर्न आवश्यक रहेको बताउँदै त्यहि लक्ष्यकासाथ सरकार अगाडि बढेको बताए ।
  • उनले भने,‘ठूला दलहरु मिलेर बनेको स्थिर सरकार छ ।

१९ भदौ, काठमाडौं ।

उर्जा ,जल श्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले ठूला दुई दल मिलेर बनेको स्थिर सरकार भएको कारण आक्रमक ढंगबाट काम गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय लघु तथा साना जलविद्युत उपभोक्ता समाजको ८औं वार्षिक साधारण सभा समारोमा बोल्दै उनले वर्तमान सरकारले आक्रमक ढंगबाट काम गर्न आवश्यक रहेको बताउँदै त्यहि लक्ष्यकासाथ सरकार अगाडि बढेको बताए । उनले भने,‘ठूला दलहरु मिलेर बनेको स्थिर सरकार छ । यतिखेर हिजो नभएका कामहरु आक्रमक ढंगबाट हुन सक्नुपर्छ । हामी त्यहि लक्ष्यकासाथ काम गरिरहेको छौं ।

सरकार जनताले निर्माण गरेको हो,जनताकै सहयोग सरकारलाई चाहिन्छ । त्यो सहयोग सरकारलाई दिँदै गर्दा जनताकै लागि हुन्छ । समस्याको सम्बोधन गर्ने ,आवश्यक कानुन परिमार्जन गरेर समयसापेक्षित बनाउने,सुशासन कायम गर्ने र मूलुकलाई आर्थिक हिसाबले दरिलो बनाउन सक्यो भने तपाई हाम्रो योगदानको उच्च कदर हुने छ ।’ त्यस्तै उनले लघु तथा साना जलविद्युत उपभोक्ता समाज हिजोको दिनमा बढि सहयोगी र सेवाको दृष्किोणमा सञ्चालन भइरहेको बताउँदै अब व्यवसायीक पनि बन्न आवश्यक रहेको बताए ।

ठूला संस्थाहरुले काम गर्दै गर्दा मूलुकमा केही राजस्व पनि संलन होस् भन्ने इच्छा सरकारको भएको बताउँदै मन्त्री खड्काले सहयोगी हुँदाहुँदै व्यवसायीक कसरी बनाउने भन्नेतर्फ ध्यान दिन जरुरी रहेको बताए । ‘हिजोको दिनमा बढि सहयोगीको हिसाबले सेवाको दृष्किोणले यहाँहरुले गर्नुभयो होला । अब यसलाई व्यवसायीक पनि थोरै बनाइएन भने यो संस्था बाच्न पनि गाह्यो हुन्छ ।

त्यसैले यसलाई सहयोगि हुँदाहुँदै व्यवसायीक कसरी हुन्छ त्यो सोच्नुपर्छ । यति ठूला संस्थाहरुले काम गर्दै गर्दा मूलुकमा केही राजस्व पनि संलन होस् भन्ने इच्छा सरकारको पनि हुन्छ ।’उनले भने अहिले सबै कुरामा अनुदान कुरा आउने गरेको भन्दै उनले अनुदानमा धेरै विश्वास गर्न नहुने धारणा राखे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद
भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद
हङकङ सिरिजको पहिलो खेलमा नेपाल आठ विकेटले विजयी
हङकङ सिरिजको पहिलो खेलमा नेपाल आठ विकेटले विजयी
संविधान संशोधन सबैदलको सहमतिमा हुन्छ : गृहमन्त्री लेखक
संविधान संशोधन सबैदलको सहमतिमा हुन्छ : गृहमन्त्री लेखक
उपनिर्वाचनका ४१० उम्मेदवारमध्ये २ जनाविरुद्ध  उजुरी, को हुन् ती ? के छ आरोप ?
उपनिर्वाचनका ४१० उम्मेदवारमध्ये २ जनाविरुद्ध उजुरी, को हुन् ती ? के छ आरोप ?
पहिरोले सडक भाँसिदा कालीगण्डकी करिडोर अवरुद्ध
पहिरोले सडक भाँसिदा कालीगण्डकी करिडोर अवरुद्ध
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
मन्त्रीका स्वकीय सचिवको मृत्यु,संसदीय छानबिन गर्न तीन दलको माग
मन्त्रीका स्वकीय सचिवको मृत्यु,संसदीय छानबिन गर्न तीन दलको माग
नेपाल नेशनल अस्पताललाई काठमाडौं महानगरले तिरायो १ लाख जरिवाना
नेपाल नेशनल अस्पताललाई काठमाडौं महानगरले तिरायो १ लाख जरिवाना
कोप २८ मा नेपालले याचना होइन, सशक्त दाबी गर्नेछ : प्रधानमन्त्री
कोप २८ मा नेपालले याचना होइन, सशक्त दाबी गर्नेछ : प्रधानमन्त्री
सैन्य भर्ना तालिम लिइरहेका युवकको कोठाबाट पेस्तोल बरामद
सैन्य भर्ना तालिम लिइरहेका युवकको कोठाबाट पेस्तोल बरामद