मलाई एमाले र जनताको झोले बन्नुमा गर्व छ : प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १७, २०८२
|
|
३४ पटक हेरिएको
Shares
मलाई एमाले र जनताको झोले बन्नुमा गर्व छ : प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी एमालेलाई एकल बहुमत ल्याउन कसैले पनि रोक्न नसक्ने बताएका छन् ।
  • शनिबार नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्ने क्रममा अध्यक्ष समेत रहेका ओलीले एमालेलाई सिध्याइदिन्छु र भित्तामा लगेर टाँसिदिन्छु भन्नेहरूको हैसियत नै नभएको पनि बताए ।
  • ‘व्यक्तिगत महत्वकांक्षा छोडेर राष्ट्रिय हित र परिवर्तनको हित एवं समृद्ध नेपाललाई ध्यान दिएर अगाडि बढेमा एमालेको एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन ।

१७ जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी एमालेलाई एकल बहुमत ल्याउन कसैले पनि रोक्न नसक्ने बताएका छन् । शनिबार नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्ने क्रममा अध्यक्ष समेत रहेका ओलीले एमालेलाई सिध्याइदिन्छु र भित्तामा लगेर टाँसिदिन्छु भन्नेहरूको हैसियत नै नभएको पनि बताए । ‘व्यक्तिगत महत्वकांक्षा छोडेर राष्ट्रिय हित र परिवर्तनको हित एवं समृद्ध नेपाललाई ध्यान दिएर अगाडि बढेमा एमालेको एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन । विभाजन हुँदा पनि हामी लोकप्रिय पार्टी बन्न सकेका छौँ,’ ओलीले भने, ‘आज एमालेलाई सिध्याइदिन्छु र भित्तामा लगेर टाँसिदिन्छु भन्ने कसैको हैसियत छैन ।

त्यसकारण हामी मिसन २०८४ मा अघि बढेका छौँ । यसमा जो जहाँ छौँ, त्यहाँबाट योगदान गरौँ ।’ प्रधानमन्त्री ओलीले सही कुराको समर्थन गर्दा कसैले झोले भनेर आलोचना गरे पनि परिवर्तन र जनताको झण्डा बोक्न नछोड्न आग्रह गरे । मलाई अलिकति पनि अप्ठेरो लाग्दैन, म जनताको झोला बोकेर हिँड्ने मान्छे हुँ । जनताको हिटहरूको झोला बोक्ने, जनताको हितको झाला बोक्ने, गौरवको झोला बोक्ने, परिवर्तनको झण्डा उठाउने झोले हुँ, के भयो त झोले बन्दा ?’, ओलीले भने । प्रधानमन्त्री ओलीले देशभित्र र बाहिरका अनेकथरी स्वार्थको टक्कर गर्नेहरुले मोर्चाबन्दी गरेर एमालेका विरुद्धमा लागेर झण्डै दुई तिहाइमा पुगेको पार्टीलाई विभाजन गराइए पनि त्यस स्थितिबाट अब पार्टी सुदृढ भइसकेको पनि बताए ।

देश संक्रमणकालमा रहेको रसही निकास खोजिरहेकाले परिस्थितिमा सुधारका लागि बुद्धिजीवीको भूमिका रहने भएकाले त्यस अनुसार सक्रिय हुन आग्रह पनि उनले गरे । म एमालेको झोले हुँ । यस देशका जनताको झोले हुँ । अब भयो चित्त बुझ्यो प्रतिक्रियावादीहरूलाई ? यतिभन्दा एमालेको विरोधीहरूलाई चित्त बुझ्छ होला । म यो झोलामा देश र जनताको परिवर्तनको चाहनालाई बोकेर हिँड्छु । यसमा मलाई गर्व छ,’ प्रधानमन्त्री ओलीले भने । जे मा पनि खोट देख्ने तथाकथित आलोचनात्मक चेतबाट माथि उठ्न उनले आग्रह गरे । ‘ढुक्क भएर राष्ट्रिय एकता र परिवर्तनको सही विचारलाई गौरवका साथ बोकेर हिँड्नुस् । तपाईँहरु बुद्धि बेचेर खाने वर्ग मात्रै होइन, बौद्धिक वर्ग हो । देशलाई नोक्सान पार्ने र बेठिक गर्नेहरुको विरोध गर्नुस् । सही विचार बोक्नेहरुलाई अझ सुधारका लागि उपयुक्त सुझाव दिनुस्,’ प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस नेता दिव्यमणिले गरे पुनर्निर्माण कोषमा ५१ लाख सहयोग
कांग्रेस नेता दिव्यमणिले गरे पुनर्निर्माण कोषमा ५१ लाख सहयोग
हमासद्वारा विपीनसहित चार बन्धकको श*व फिर्ता
हमासद्वारा विपीनसहित चार बन्धकको श*व फिर्ता
राजनीतिक अस्थिरताको दुश्चक्रमा फ्रान्स, एक वर्षमा ४ प्रधानमन्त्रीको राजीनामा
राजनीतिक अस्थिरताको दुश्चक्रमा फ्रान्स, एक वर्षमा ४ प्रधानमन्त्रीको राजीनामा
थप आन्दोलनको तयारीबारे समीक्षा गर्न रास्वपा नेताहरू अनौपचारिक छलफलमा
थप आन्दोलनको तयारीबारे समीक्षा गर्न रास्वपा नेताहरू अनौपचारिक छलफलमा
नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना छ : संयोजक प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना छ : संयोजक प्रचण्ड
इरान र अमेरिकाबीच वार्ताको प्रयासः इरानी विदेशमन्त्री पाकिस्तानमा
इरान र अमेरिकाबीच वार्ताको प्रयासः इरानी विदेशमन्त्री पाकिस्तानमा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै
राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरीः प्रचण्ड
राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरीः प्रचण्ड
वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
यी हुन् दर्ता भएर पनि चुनावमा भाग नलिने २६ दल
यी हुन् दर्ता भएर पनि चुनावमा भाग नलिने २६ दल